Tuesday, October 27, 2020

Tuesday, October 27, 2020
विज्ञान र प्रविधि ग्राहकले जान्नैपर्ने टेलिकमका युएसएसडी कोड, यसरी लिनुहोस् सेवा

ग्राहकले जान्नैपर्ने टेलिकमका युएसएसडी कोड, यसरी लिनुहोस् सेवा

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: नेपाल टेलिकमका ग्राहकले ब्यालेन्स चेक गर्दा *४००# डायल गर्छन् । तर, यसलाई के भनिन्छ भन्ने विषयमा भने सबैलाई जानकारी नहुन सक्छ । त्यस्तो कोडलाई युएसएसडी कोड अर्थात क्विक कोड अथवा फिचर कोड पनि भनिन्छ ।

यस्ता कोडको प्रयोग गरी टेलिकमका धेरै सेवा लिन सकिन्छ । जसको बारेमा हामीलाई थाहा नहुन पनि सक्छ । त्यसैले यहाँ हामी तपाईंहरुलाई युएसएसडी कोडमार्फत नेपाल टेलिकममा लिन सकिने सेवाको बारेमा जानकारी गराउँदै छौं ।

जसमा ब्यालेन्सको जानकारी लिने त एउटा भइहाल्यो । फोरजी एक्टlभेसन, प्याकेज सब्सक्रिप्सन, जीएसएम मोबाइल रिचार्ज, ब्यालेन्स ट्रान्सफर, मिस्कल अलर्ट, कल रिङब्याक टोन लगायतका छन् । उक्त सेवा कसरी लिने त ?

मोबाइलको ब्यालेन्स चेक गर्न : *४००# तपाईंले आफ्नो मोबाइलमा रहेको ब्यालेन्स बारे जानकारी लिन सक्नुहुनेछ ।

फोरजी एक्टीभेसन : *४४४# डायल गरी तपाईंले आफ्नो सिमकार्डलाई फोरजीमा परिवर्तन गर्न सक्नुहुनेछ । यदि तपाईंको सिममकार्ड फोरजीको लागि उपयुक्त छैन भने त्यसले उक्त जानकारी पनि दिनेछ । त्यस्तो भएको खण्डमा भने सिमकार्ड परिवर्तन गर्नुपर्ने हुन्छ । त्यसका लागि तपाईंले कम्पनीको कार्यलयमा जानु पर्ने हुन्छ ।

प्याकेज सब्सक्रिप्सन : *१४१५# यो डायल गरी तपाईंले टेलिकमले उपलब्ध गराउँदै आएको विभिन्न प्याक खरिद गर्न सकिन्छ ।

जीएसएम मोबाइल रिचार्ज : *४१२*पिन नम्बर# डायल गरी तपाईंले मोबाइल रिचार्ज गर्न सक्नु हुन्छ ।

ब्यालेन्स ट्रान्सफर (प्रिपेड) : *४२२*सेक्युरीटी कोड*मोबाइल नम्बर*अमाउण्ट# डायल गरी तपाईंले कसैलाई पैसा पठाउन सक्नु हुनेछ ।

मिसकल अलर्ट सर्भिस : *१४००# यो डायल गरी याे सेवा लिन सकिन्छ । यसबाट कसैले तपाईंलाई फोन ट्राइ गरेको खण्डमा जानकारी दिने काम गर्छ ।

कल रिङब्याक टोन(सीआरबीटी) : *१४५५# डायल गरी तपाईंले कल रिङब्याक टोन एक्टिभ गर्न सक्नु हुनेछ ।

सम्बन्धित समाचार

भूकम्पपीडितलाई घर बनाउन लालपूर्जा दिने तयारी

जग्गाधनी प्रमाणपूर्जा नभएका तनहुँका २७ भूकम्पपीडित घरधुरीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने भएको छ।

पल शाहले सियोनाको लागि दशै दक्षिणा स्वरुप टिकाकै दिन १ लाख प्रदान

यतिबेला दशैको माहौल छ । मान्यजनबाट टीका र आशीर्वाद लिने क्रम चलिरहेको छ । यता सेलिब्रेटिहरुले पनि आफ्नो दशै टिकाको तस्वीरहरुलाई सामाजिक संजाल फेसबुकमा सार्बजनिक गरिरहेका छन् ।

हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउने नेपालकी एक मात्र महिला उद्धार पाइलट

३१ वर्षकी प्रिया अधिकारी नेपालकी एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथाको उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् ।

संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए राष्ट्र हराउँछ

पूर्णिकाराज्यलक्ष्मी शाह, पूर्व अधिराजकुमारी। संस्कार एक कर्म हो, जसले व्यक्तिलाई गुणवान बनाउन तथा दो’षहरुबाट मु’क्त बनाउन मद्दत पुर्याउँदछ ।

ताजा समाचार

भूकम्पपीडितलाई घर बनाउन लालपूर्जा दिने तयारी

जग्गाधनी प्रमाणपूर्जा नभएका तनहुँका २७ भूकम्पपीडित घरधुरीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने भएको छ।

पल शाहले सियोनाको लागि दशै दक्षिणा स्वरुप टिकाकै दिन १ लाख प्रदान

यतिबेला दशैको माहौल छ । मान्यजनबाट टीका र आशीर्वाद लिने क्रम चलिरहेको छ । यता सेलिब्रेटिहरुले पनि आफ्नो दशै टिकाको तस्वीरहरुलाई सामाजिक संजाल फेसबुकमा सार्बजनिक गरिरहेका छन् ।

खान छा’डेर होइन खाने तरिका मिलाएर हुन्छ तौ’ल नि’यन्त्रण

जब राम्ररी च’पाएर खानेकुरा सेवन गरिन्छ, अर्थात ठो’स खानेकुरालाई मु’खमै त’रल बनाएर निल्छौं, तब मो’टोपन बढ्ने संभावना कम हुन्छ ।