Tuesday, October 27, 2020

Tuesday, October 27, 2020
नेपाल सरकारले निःशुल्क इन्टरनेट जाेडीदिने छोरी भएकाे घरमा | सरकारकाे नयाँ नियम (विवरण सहित)

सरकारले निःशुल्क इन्टरनेट जाेडीदिने छोरी भएकाे घरमा | सरकारकाे नयाँ नियम (विवरण सहित)

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं । प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी थालिएको छ । छोरी शिक्षा बीमा गराएका २६ हजार ९५६ छोरीको घरमा निःशुल्क इन्टरनेट जडानको तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सञ्चालित छोरी शिक्षा बीमा कार्यक्रममा २ माघ २०७६ यता बीमा गराएका छोरीको घरमा इन्टरनेट जडान गर्न लागिएको अभियानकी संयोजक प्रियङ्का यादवले जानकारी दिनुभयो ।

गत माघ २ गतेखि प्रदेश नं २ का १३६ वटै पालिकामा छोरी शिक्षा बीमाको शिविर सञ्चालन गरिएको थियो । संयोजक यादवले अहिले छोरी बीमा गराएका घरमा इन्टरनेट जडान गर्न मोबाइल नम्बर सङ्कलन गर्ने काम भइरहेको बताउनुभयो ।।

उहाँले महोत्तरीको लोहारपट्टि नगरपालिकाको छोरी शिक्षा बीमासम्बन्धी सम्पूर्ण कागजात तयार रहेकाले यस नगरपालिकाबाट छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी भएको बताउनुभयो ।

प्रदेशका सबै १३६ पालिकाले छोरी बीमाको कागजात तयार गरेर मुख्यमन्त्री कार्यालयमा बुझाएपछि ती सबै पालिकाका छोरीको घरमा पालैपालै इन्टरनेट जडान गरिने कार्यालयले जनाएको छ ।

सुविसु इन्टरनेट कम्पनीले बीमा भएका ती छोरीको घरमा इन्टरनेट सेवा जडान गर्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ । छोरी जन्मिने बित्तिकै प्रदेश सरकारले रु ३७ हजार तिरेर रु तीन लाखको बीमा गरिदिने व्यवस्था गरिएको छ ।

उक्त बीमाको रकम छोरीले २० वर्षपछि पाउनेछन् । शुरुमा २०७५ मा योजना एकजना छोरीलाई १३ हजार ६४६ रुपैयाँ १५ पैसा तिरेर रु एक लाखको बीमा प्रदेश सरकारले गर्ने गरेको थियो । अब अर्को बैंकसँग छोरी शिक्षा बीमासम्बन्धी सम्झौता भएपछि बीमा कार्यक्रम शुरु हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

भूकम्पपीडितलाई घर बनाउन लालपूर्जा दिने तयारी

जग्गाधनी प्रमाणपूर्जा नभएका तनहुँका २७ भूकम्पपीडित घरधुरीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने भएको छ।

पल शाहले सियोनाको लागि दशै दक्षिणा स्वरुप टिकाकै दिन १ लाख प्रदान

यतिबेला दशैको माहौल छ । मान्यजनबाट टीका र आशीर्वाद लिने क्रम चलिरहेको छ । यता सेलिब्रेटिहरुले पनि आफ्नो दशै टिकाको तस्वीरहरुलाई सामाजिक संजाल फेसबुकमा सार्बजनिक गरिरहेका छन् ।

हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउने नेपालकी एक मात्र महिला उद्धार पाइलट

३१ वर्षकी प्रिया अधिकारी नेपालकी एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथाको उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् ।

संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए राष्ट्र हराउँछ

पूर्णिकाराज्यलक्ष्मी शाह, पूर्व अधिराजकुमारी। संस्कार एक कर्म हो, जसले व्यक्तिलाई गुणवान बनाउन तथा दो’षहरुबाट मु’क्त बनाउन मद्दत पुर्याउँदछ ।

ताजा समाचार

भूकम्पपीडितलाई घर बनाउन लालपूर्जा दिने तयारी

जग्गाधनी प्रमाणपूर्जा नभएका तनहुँका २७ भूकम्पपीडित घरधुरीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने भएको छ।

पल शाहले सियोनाको लागि दशै दक्षिणा स्वरुप टिकाकै दिन १ लाख प्रदान

यतिबेला दशैको माहौल छ । मान्यजनबाट टीका र आशीर्वाद लिने क्रम चलिरहेको छ । यता सेलिब्रेटिहरुले पनि आफ्नो दशै टिकाको तस्वीरहरुलाई सामाजिक संजाल फेसबुकमा सार्बजनिक गरिरहेका छन् ।

खान छा’डेर होइन खाने तरिका मिलाएर हुन्छ तौ’ल नि’यन्त्रण

जब राम्ररी च’पाएर खानेकुरा सेवन गरिन्छ, अर्थात ठो’स खानेकुरालाई मु’खमै त’रल बनाएर निल्छौं, तब मो’टोपन बढ्ने संभावना कम हुन्छ ।