Tuesday, October 27, 2020

Tuesday, October 27, 2020
आर्थिक खाली ग्यास सिलिण्डरको मूल्य २१ सय तोकियो

खाली ग्यास सिलिण्डरको मूल्य २१ सय तोकियो

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: अब खाना पकाउने नयाँ ग्यास सिलिण्डर किन्दा २१ सय तिर्नुपर्ने भएको छ। नेपाल ग्यास उद्योग संघले एलपीजी ग्यासको खाली सिलिन्डरको धरौटी रकम दुई हजार एक सय रुपैयाँ कायम गरेको जनाएको छ।

संघले असोज २८ गतेदेखि लागु हुने गरी देशैभरीका उद्योगहरुको सिलिण्डरको मूल्य प्रतिसिलिण्डर दुई हजार एक सय रुपैयाँ तोकेको जनाएको छ।बिक्रेताहरुले ग्यासको ब्राण्ड अनुसार जथाभावी मूल्य लिन थालेपछि संघले धरौटी रकममा एकरुपता कायम गरेको हो।

यसअघि संघले बागमति प्रदेशका लागि सोही मूल्य तोकेको थियो। अब देशैभर सोही मूल्यमा मात्र उद्योगले बिक्री गर्न पाउने भएका छन्।

संघको साधारणसभाले दुर्गम जिल्लाबाहेक देशभर धरौटी मूल्य एकै प्रकारको बनाएको हो। अब उद्योगहरुले तोकिएको भन्दा बढि रकम लिन पाउँदैनन्।

संघले सार्वजनिक सूचना जारी गरी उपभोक्ताहरुलाई नयाँ सिलिन्डर खरिद गर्दा बिक्रीताहरुबाट उद्योगको धरौटी रसिद लिन पनि आग्रह गरेको छ।

धरौटी रसिद नलिएका सिलीन्डरको दायित्व उद्योगले नलिने जारी सूचनामा उल्लेख छ।नेपाल आयल निगमका अनुसार हाल ५६ वटा ग्यास उद्योगका एक करोड भन्दा बढी ग्यास सिलिन्डर रहेका छन्।

सम्बन्धित समाचार

भूकम्पपीडितलाई घर बनाउन लालपूर्जा दिने तयारी

जग्गाधनी प्रमाणपूर्जा नभएका तनहुँका २७ भूकम्पपीडित घरधुरीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने भएको छ।

पल शाहले सियोनाको लागि दशै दक्षिणा स्वरुप टिकाकै दिन १ लाख प्रदान

यतिबेला दशैको माहौल छ । मान्यजनबाट टीका र आशीर्वाद लिने क्रम चलिरहेको छ । यता सेलिब्रेटिहरुले पनि आफ्नो दशै टिकाको तस्वीरहरुलाई सामाजिक संजाल फेसबुकमा सार्बजनिक गरिरहेका छन् ।

हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउने नेपालकी एक मात्र महिला उद्धार पाइलट

३१ वर्षकी प्रिया अधिकारी नेपालकी एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथाको उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् ।

संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए राष्ट्र हराउँछ

पूर्णिकाराज्यलक्ष्मी शाह, पूर्व अधिराजकुमारी। संस्कार एक कर्म हो, जसले व्यक्तिलाई गुणवान बनाउन तथा दो’षहरुबाट मु’क्त बनाउन मद्दत पुर्याउँदछ ।

ताजा समाचार

भूकम्पपीडितलाई घर बनाउन लालपूर्जा दिने तयारी

जग्गाधनी प्रमाणपूर्जा नभएका तनहुँका २७ भूकम्पपीडित घरधुरीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने भएको छ।

पल शाहले सियोनाको लागि दशै दक्षिणा स्वरुप टिकाकै दिन १ लाख प्रदान

यतिबेला दशैको माहौल छ । मान्यजनबाट टीका र आशीर्वाद लिने क्रम चलिरहेको छ । यता सेलिब्रेटिहरुले पनि आफ्नो दशै टिकाको तस्वीरहरुलाई सामाजिक संजाल फेसबुकमा सार्बजनिक गरिरहेका छन् ।

खान छा’डेर होइन खाने तरिका मिलाएर हुन्छ तौ’ल नि’यन्त्रण

जब राम्ररी च’पाएर खानेकुरा सेवन गरिन्छ, अर्थात ठो’स खानेकुरालाई मु’खमै त’रल बनाएर निल्छौं, तब मो’टोपन बढ्ने संभावना कम हुन्छ ।