Tuesday, October 27, 2020

Tuesday, October 27, 2020
अन्तर्राष्ट्रिय मंगलग्रहलाई आज पृथ्वीबाटै सबैभन्दा ठूलो र चम्किलो देख्न सकिने, यस्तो छ कारण

मंगलग्रहलाई आज पृथ्वीबाटै सबैभन्दा ठूलो र चम्किलो देख्न सकिने, यस्तो छ कारण

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं । नासाको जानकारी अनुसार १३ अर्थात् अर्थात् आज मंगल ग्रह पृथ्वीबाट सबैभन्दा ठूलो र चम्किलो रङको देखिनेछ । वास्तवमा यो एक यस्तो दुर्लभ खगोलीय घटना हो जसमा मंगल ग्रह, पृथ्वी र सूर्य एउटै रेखामा हुनेछन् ।

यसको अर्थ यो हो कि तीनै ग्रह १८० डिग्रीमा हुनेछन् । यो घटनालाई खगोलशास्त्रीको भाषामा मंगल ग्रहको ‘अपोजिशन’ भनिन्छ । मंगल ग्रहको अपोशिजनको घ’टना प्रत्येक दुई वर्ष ९२६ महिना० मा हुन्छ ।

नासाका अनुसार मंगल ग्रह र पृथ्वी नजिक हुने खगोलीय घटना हरेक दुई वर्ष ९लगभग २६ महिना० मा एक पटक हुन्छ । त्यसैले अर्को पटक मंगल ग्रह र पृथ्वी दुबै एक अर्काको नजिक डिसेम्बर २०२२ भन्दा अघि आउने छैनन् ।

अपोजिशनको खगोलीय घ’टना १३ अक्टोबर भइरहे पनि गत मंगलबार अर्थात् ६ अक्टोबरमा पनि मंगल ग्रह पृथ्वीको सबैभन्दा नजिक आएको थियो । यद्यपि, नजिक आउँदा पनि पृथ्वीबाट मंगल ग्रहको दुरी ३८।६ मिलियन मिल थियो । अब सन् २०३५ सम्म मंगल र पृथ्वी यति नजिक आउने छैनन् ।

सन् २००३ मा मंगल ग्रह पृथ्वीभन्दा ३४।८ मिलियन मिलको दुरीसम्म पुगेको थियो जुन पछिल्लो ५९ हजार ६ सय १९ वर्षमा सबैभन्दा नजिक थियो । अब सन् २२८७ सम्म यो पृथ्वीको यति नजिक आउने छैन । यो घ’टनालाई खगोल विज्ञानमा ‘मार्स क्लोज एप्रोच’ भनिन्छ ।

जब मार्स क्लोज एप्रोचको घ’टना हुन्छ तब मंगल ग्रह राती चन्द्रमा जति ठूलो देखिन्छ भनेर अ’फवा’ह फैलन्छ जुन वास्तविक होइन । तपाईंले टेलिस्कोपको माध्यमले यो पक्कै पनि देख्न सक्नुहुन्छ ।

यदि तपाईं यसलाई अझ राम्रो तरिकाले हेर्न चाहनुहुन्छ भने तपाईं आफ्ना वरिपरिको तारा घर वा एस्ट्रोनोमी सेन्टरबाट यसलाई हेर्न सक्नु हुन्छ । हरेक दुई वर्षमा यो खगोलीय घ’टना हुने भएकोले मंगल ग्रहमा जाने मिशन साधारणतया दुई वर्षको अन्तरालमा पठाइन्छ ।

यसो गर्दा कम दुरीको यात्रा गर्नुपर्छ, यात्रामा समय र ऊर्जा कम लाग्छ । हाल मंगल ग्रहका तीन मिशन सक्रिय छन् । यी तीनैलाई यसै वर्ष जुलाईमा पठाइएको थियो ।

संयुक्त अरब इमिरेट्सको ‘होप’ अर्बाइटर, चीनको ‘तियानवेन’ अर्बाइटर एण्ड रोवर र अमेरिकाको ‘पर्सिवियरेन्स’ रोवर । युरोप र रुसले पनि आफ्नो रोजालिन्ड फ्रेंकलिन रोवरलाई पठाउने बारे सोचेको थियो तर उसले आफ्नो मंगल मिशन लञ्च गर्न सकेन ।

अब उनीहरुले यसका लागि सन् २०२२ सम्म प्रतिक्षा गर्नुपर्नेछ । यूएई, चीन र अमेरिकाको मंगल मिशन फेब्रुअरी २०२१ मा मंगल ग्रहमा पुग्नेछ । यसअघि मार्स क्लोज एप्रोचको घ’टना सन् २०१८ जुलाई ३१ मा भएको थियो ।

सन् २०१८ को मे मा नासाले मंगल ग्रह मिशन लञ्च गरेको थियो । पृथ्वी र मंगल ग्रहबीच दुरीमा यो परिवर्तन ग्रहको अण्डाकार कक्षाका कारण हुने गर्छ । अन्य ग्रहको गुरुत्वाकर्षणका कारण पनि ग्रहको कक्षामा लगातार हल्का–फुल्का परिवर्तन भइरहन्छन् ।

विशेषगरी वृशस्पतिको गुरुत्वाकर्षण बल जुन कक्षामा मंगल ग्रह परिक्रमा गर्छ, त्यसलाई प्रभावित गर्छ । मंगल ग्रहलाई रातो ग्रहको नामले पनि चिनिन्छ किनभने यसको सतहमा आइरन अक्साइड ठूलो परिणाममा पाइन्छ जसका कारण यो रातो देखिन्छ । मंगल ग्रह सूर्य मण्डलको दोस्रो सानो ग्रह हो ।

पृथ्वी जस्तै मंगल ग्रहमा उत्तर र दक्षिण ध्रुव छ जुन बरफले ढाकिएका छन् । यहाँ तापक्रम –१४० डिग्री सेल्सियससम्म पुग्छ । मंगल ग्रहमा उच्चतम तापक्रम २० डिग्री सेल्सियस हुन्छ ।

मंगल ग्रहमा २५ घण्टाभन्दा थोरै समयको दिन हुन्छ तर यहाँ वर्ष भने पृश्थपीको वर्षभन्दा करिब दोब्बर लामो हुन्छ किनभने सूर्यको परिक्रमा गर्न मंगल ग्रहलाई ६८७ दिन लाग्छ ।

सम्बन्धित समाचार

विश्व स्वास्थ्य संगठनको चेतावनी : आगामी महिना कोभिडको समस्या थप बढ्न सक्छ

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिएका छन् ।

नेहा कक्करले गरिन् विवाह, रिसेप्सन पार्टी अक्टोबर २६ मा

भारतीय सञ्चार माध्यमका अनुसार शनिबार उनीहरूले दिल्लीमा विवाह गरेका हुन्। आफन्त र साथीहरू उपस्थितमा उनीहरूले ‘फेरा’ लिएका छन्।

नाम चलेको यी २ अभिनेत्री होटलबाट प’क्राउ

कोरोना भाइरस (कोभिड–१९) पछि कलाकारिता क्षेत्रमा लागेका धेरै बेरोजगार भएका छन् । विश्वको सबैभन्दा ठुलो सिने उद्योग मानिएको बलिउडमा पनि धेरै जना बेरोजगार भएर आम्दानीका लागि २ नम्बरी बाटो रोज्न थालेका छन् ।

आगामी आठ दिनमा रुसले ३ लाख डोज कोरोनाविरुद्धको भ्याक्सीन उत्पादन गर्ने

रुसले आगामी आठ दिन भित्र कोरोना भाइरसविरुद्धको भ्याक्सिनका झण्डै ३ लाख डोज उत्पादन गर्ने भएको छ । रुसी उद्योगमन्त्री डेनिस मन्टुरोभले रोसिया २४ टिभी न्युज च्यानलसँगको कुराकानीमा यस्तो खुलासा गरेका हुन् ।

ताजा समाचार

भूकम्पपीडितलाई घर बनाउन लालपूर्जा दिने तयारी

जग्गाधनी प्रमाणपूर्जा नभएका तनहुँका २७ भूकम्पपीडित घरधुरीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने भएको छ।

पल शाहले सियोनाको लागि दशै दक्षिणा स्वरुप टिकाकै दिन १ लाख प्रदान

यतिबेला दशैको माहौल छ । मान्यजनबाट टीका र आशीर्वाद लिने क्रम चलिरहेको छ । यता सेलिब्रेटिहरुले पनि आफ्नो दशै टिकाको तस्वीरहरुलाई सामाजिक संजाल फेसबुकमा सार्बजनिक गरिरहेका छन् ।

खान छा’डेर होइन खाने तरिका मिलाएर हुन्छ तौ’ल नि’यन्त्रण

जब राम्ररी च’पाएर खानेकुरा सेवन गरिन्छ, अर्थात ठो’स खानेकुरालाई मु’खमै त’रल बनाएर निल्छौं, तब मो’टोपन बढ्ने संभावना कम हुन्छ ।

हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउने नेपालकी एक मात्र महिला उद्धार पाइलट

३१ वर्षकी प्रिया अधिकारी नेपालकी एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथाको उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् ।