Thursday, November 26, 2020

Thursday, November 26, 2020
नेपाली कांग्रेस मध्यपश्चिम विश्वविद्यालयबाट गिरफ्तार गरिएका विद्यार्थी नेताहरुलाई रिहा गर्न नेविसंघको माग

मध्यपश्चिम विश्वविद्यालयबाट गिरफ्तार गरिएका विद्यार्थी नेताहरुलाई रिहा गर्न नेविसंघको माग

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रनतृ गठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले मध्य पश्चिम विश्वविद्यालयबाट गिरफ्तार गरिएका विद्यार्थी नेताहरुलाई तुरुन्त रिहा गर्न माग गरेको छ ।

नेविसंघका अध्यक्ष राजीव ढुंगानाले विहीबार एक विज्ञप्ति जारी गरी मध्य पश्चिम विश्वविद्यालयका उपकुलपतीलाई विद्यार्थीका समस्याहरु तथा शैक्षिक मुद्दाहरु उपर ध्यानाकार्षण गराउन जाँर्दा विद्यार्थी नेताहरुमाथि निर्घात कुटपिटको गराइएको बताएका हुन् ।।

चैत्र यता विश्वविद्यालय बन्द रहेकाले यस अवधिको शुल्क मिनाहा गर्नुपर्ने लगायतका विद्यार्थीका समस्याहरु उठान गर्दै गर्दा केस अनिल शाही लगायत सबिन चालिसे, सुरेन्द्र काफ्ले, रोशन कटवाल, सुरेन्द्र जैसी र राजकुमार घिमिरेमाथि सांघातिक आक्रमण भएको भन्दै नेविसंघले घटनाको घोर भत्सर्ना गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘उक्त आक्रमणमा संलग्न भाडाका गुण्डाहरु र प्रहरीमाथि कडा भन्दा कडा कारबाही गर्न सरकार सँग जोडदार माग गर्दछौं ।

सत्ताको चरम दुरुपयोग गर्दै उपकुलपतीको ईसारामा घाइते बनाइएका विद्यार्थी नेताहरुलाई उपचार गर्नुका सट्टा उल्टै प्रहरीले गिरफ्तार गरी लगेको घटनाको घोर निन्दा र भत्सर्ना गर्दै गिरफ्तार गरिएका विद्यार्थी नेताहरुलाई तुरुन्त रिहा गर्न जोडदार माग गर्दछौं ।’

अन्यथा उपकुलपतीले मच्चाएको सत्ता आतंक तथा प्रहरी संरक्षित गुण्डागर्दीविरुद्ध कडा आन्दोलनमा उत्रने चेतावनी नेविसंघको चेतावनी छ ।

सम्बन्धित समाचार

कोलम्बियामा थपियो ब’ज्रपात: विमान दु’र्घटना हुँदा १४ जनाको मृ’त्यु,

कोलम्बियामा एउटा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । भिल्लाभिसेन्सियोबाट ताराइरा जाँदै गरेको डाउग्लास डीसी–थ्री विमान दुर्घटनामा परेको हो ।

“म छोरी मान्छे भएर, मैले दिएको दागबत्तीले नै मलाई चिनाएको हो’ सपना रोका मगर

‘जब म पहिलो पल्ट काठमाण्डौको महाराजगन्जस्थित त्रीवि शिक्षण अस्पतालको शव गृहमा पुगेकी थिएँ । त्यतिबेल म निकै डराएँकी थिए र अत्तालिएकी पनि थिएँ ।

बेपत्ता भएका डीएसपी हाेटेलमा युवतीसँग यस्ताे हर्कत गर्दागर्दै प्रहरीकाे टाेली पुगे पछि…

इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतबहादुर चौधरी मंगलबार राति एकाएक सम्पर्कविहीन भए।

बिबिसीका १०० प्रभावशाली महिलाको सूचीमा १८ वर्षीया सपना

बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा म्याग्दीकी १८ वर्षीया सपना रोका मगर परेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार