Tuesday, October 27, 2020

Tuesday, October 27, 2020
शिक्षा स्नातक/ स्नातकोत्तर तहको नियमित परीक्षा सञ्चालनबारे अनलाइन अभिमुखीकरण

स्नातक/ स्नातकोत्तर तहको नियमित परीक्षा सञ्चालनबारे अनलाइन अभिमुखीकरण

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले वैकल्पिक विधिबाट सञ्चालन गर्न लागेको स्नातक/स्नातकोत्तर तहको नियमित परीक्षा सञ्चालनबारे मङ्गलबार ख्वप इन्जिनियरिङ कलेजका प्राध्यापक र कर्मचारीहरूबीच अनलाइन अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।

ख्वप इन्जिनियरिङ कलेजको आयोजनामा भएको अभिमुखीकरण कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोभिड–१९ को कारण बन्द शिक्षण संस्था खुल्ने अवस्था नरहेको हुँदा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूले अनलाइन कक्षा नियमितरूपमा सञ्चालन गरिरहेको र विद्यार्थीले घरबाटै शिक्षा हासिल गरिरहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रमार्फत नगर र देशभरिका विद्यार्थीको लागि प्रविधिमैत्री शिक्षा प्रदान गर्न अनुसन्धानात्मक शिक्षामा जोड दिंदै आइरहेको बताउनुभयो । उहाँले कोभिड–१९ का कारण शैक्षिक क्षेत्रमा परेको असरले गर्दा वैकल्पिक शिक्षा अवलम्बन गर्नु आजको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवाल, उपप्राचार्य रविन्द्र फोँजुलगायतले बोल्नुभएको थियो ।

कलेजका विभागीय प्रमुखहरूले लकडाउनको समयमा विभागले सञ्चालन गरेको शैक्षिक गतिविधि, अनलाइन कक्षा र परीक्षा विधिबारे पार्नुभयो ।

सम्बन्धित समाचार

भूकम्पपीडितलाई घर बनाउन लालपूर्जा दिने तयारी

जग्गाधनी प्रमाणपूर्जा नभएका तनहुँका २७ भूकम्पपीडित घरधुरीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने भएको छ।

पल शाहले सियोनाको लागि दशै दक्षिणा स्वरुप टिकाकै दिन १ लाख प्रदान

यतिबेला दशैको माहौल छ । मान्यजनबाट टीका र आशीर्वाद लिने क्रम चलिरहेको छ । यता सेलिब्रेटिहरुले पनि आफ्नो दशै टिकाको तस्वीरहरुलाई सामाजिक संजाल फेसबुकमा सार्बजनिक गरिरहेका छन् ।

हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउने नेपालकी एक मात्र महिला उद्धार पाइलट

३१ वर्षकी प्रिया अधिकारी नेपालकी एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथाको उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् ।

संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए राष्ट्र हराउँछ

पूर्णिकाराज्यलक्ष्मी शाह, पूर्व अधिराजकुमारी। संस्कार एक कर्म हो, जसले व्यक्तिलाई गुणवान बनाउन तथा दो’षहरुबाट मु’क्त बनाउन मद्दत पुर्याउँदछ ।

ताजा समाचार

भूकम्पपीडितलाई घर बनाउन लालपूर्जा दिने तयारी

जग्गाधनी प्रमाणपूर्जा नभएका तनहुँका २७ भूकम्पपीडित घरधुरीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने भएको छ।

पल शाहले सियोनाको लागि दशै दक्षिणा स्वरुप टिकाकै दिन १ लाख प्रदान

यतिबेला दशैको माहौल छ । मान्यजनबाट टीका र आशीर्वाद लिने क्रम चलिरहेको छ । यता सेलिब्रेटिहरुले पनि आफ्नो दशै टिकाको तस्वीरहरुलाई सामाजिक संजाल फेसबुकमा सार्बजनिक गरिरहेका छन् ।

खान छा’डेर होइन खाने तरिका मिलाएर हुन्छ तौ’ल नि’यन्त्रण

जब राम्ररी च’पाएर खानेकुरा सेवन गरिन्छ, अर्थात ठो’स खानेकुरालाई मु’खमै त’रल बनाएर निल्छौं, तब मो’टोपन बढ्ने संभावना कम हुन्छ ।