Sunday, October 25, 2020

Sunday, October 25, 2020
स्वास्थ्य अनियन्त्रित खानाले यसरी गर्छ कलेजोलाई हानी

अनियन्त्रित खानाले यसरी गर्छ कलेजोलाई हानी

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: एकथरीको धारणा हुन्छ, जति धेरै खानेकुरा खाइन्छ शरीर उत्तिनै बलियो हुन्छ । अर्काथरी हुन्छन्, खानाका सौखिन । र, तेस्रोथरी हुन्छन् जो मीठोमसिनो भनेपछि आफुलाई रोक्न सक्दैनन् ।

यी तीन किसिमका प्रवृत्ति हानिकारक छ, खासगरी कलेजोको लागि ।

चाडपर्व सुरु हुने बेला छ । यसैपनि चाडपर्वमा हरेकको भान्सामा मीठोमसिनो खानेकुरा पाक्छ । त्यसमाथि दशैं भनेपछि मासुजन्य परिकार खासगरी खसीको पक्कु नभइ हुन्छ । दशैंको बेला नेपाली समाजले अत्याधिक मासु र मदिरा खपत गर्छ । परिवारसँग बस्ने, रमाउने र मीठोमसिनो खाने पर्व हो यो ।

यद्यपि यतिबेला ख्याल राख्नुपर्ने कुरा, आश्वयक्ता भन्दा बढी खानेकुराले शरीरका भित्री अंगहरुमा नराम्रो असर पुग्छ । अझ दीर्घरोगी जस्तो कि उच्च रक्तचाप, मधुमेह छ भने त खानपानमा सर्तकता अपनाउनै पर्छ ।

कलेजोको काम:

कलेजोको मूख्य काम नै खानेकुरा पचाउने हो । त्यस क्रममा यसले पित्त उत्पादन गर्छ । पित्त एक तरल पदार्थ हो, जुन पित्तथैलीमा जम्मा भएको चिल्लो तथा वासोलाई पचाउन मद्दत गर्छ ।

साथै यसले रगत छान्न समेत मद्दत गर्छ । विशेषगरी कलेजोले कार्बोहाइड्रट्सलाई ग्लाइकोजनको रुपमा जम्मा गर्छ र आवश्यक्ता परेको बेलामा त्यसलाई ग्लूकोजको रुपमा निकाल्दछ ।

साथै हामीले खाएका कतिपय खराब तत्वलाई निष्कृय बनाउनुका साथै शरीरमा पर्याप्त मात्रामा प्रोटिनको उत्पादन गर्दछ, जसले शरीरमा विभिन्न रोगको संक्रमण हुनबाट तथा रक्तश्राव हुनबाट जोगाउँछ । कलेजोमा नै शरीरका लागि आवश्यक पर्ने भिटामिन, मिनरल्स भण्डारण गर्ने भएकोले कलेजोको ख्याल राख्न जरुरी छ ।

कलेजोलाई हानी:

अत्याधिक मात्रामा वोसोयुक्त आहारको सेवनले रक्तनलीमा वोसो जम्ने गर्छ र कलेजोले सही तरीकाले काम गर्न नसक्दा शरीरमा विकार जम्मा हुने गर्छ । आवश्यक्ता भन्दा धेरै परिणाममा खाना खाँदा पेट बढ्नुका साथै तौल समेत बढ्ने गर्छ । अझ खानामा पनि एनिमल फ्याटको अधिक सेवनले कलेजोको आर्टरी मोटो हुने गर्छ, जसका कारण पित्तथैलीमा पत्थरी हुने सम्भावना हुने गर्छ ।

केही सर्तकता:

कलेजोलाई स्वस्थ राख्न खानपानमा विशेष ध्यान दिन जरुरी छ । आवश्यक्ता अनुसार मात्र खाना खाने, सन्तुलित भोजन गर्ने, कलेजोलाई स्वस्थ राख्ने तत्वको सेवन गर्ने तथा वोसोयुक्त खानेकुरा कम खानु पर्दछ ।

अझ मधुमेह वा मोटोपनाको समस्या हुने व्यक्तिले चिकित्सकको सल्लाह अनुसार डाइट चार्ट फलो गर्ने तथा खाना खाँदा थोरै तर पटक-पटक खाने गर्नु पर्दछ ।

जीवनशैलीमा साधारण परिवर्तन गरेर पनि कलेजो सम्बन्धि समस्याबाट जोगिन सकिन्छ । जीवनशैली परिवर्तन गर्ने भन्नाले सन्तुलित आहारको सेवन, पर्याप्त निद्रा, नियमित व्यायाम भन्ने बुझिन्छ ।

धेरै खाने व्यक्तिले नियमित रुपमा व्यायाम गर्न जरुरी छ । नियमित व्यायाम गर्नाले शरीरमा वजन बढ्न पाउँदैन । तर नियमित व्यायाम गर्दा सन्तुलित आहार सेवन गर्नु जरुरी छ ।

सम्बन्धित समाचार

पछिल्लो २४ घण्टामा थप २२२५ जनामा कोरोना संक्रमण, १३ जनाको मृ’त्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २२ सय २५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल १ लाख ५५ हजार २३३ पुगेको छ । शनिबार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो ।

रु’घा खो’कीको औ’षधि घरकै भा’न्सामा सहजै उपलब्ध हुन्छ। यसरी प्र’योग गर्नुहोस्

अहिले रु’घाखोकी लाग्नसाथ धेरैको मनमा आ’शंका पैदा हुन्छ, कतै को’रोनाको कारण त होइन ।

छा’तीमा क’फ ज’मेको छ ? यस्तो छ घरेलु उ’पचार

अहिले स्वा’स्थ्यमा कुनै स’मस्या देखिए धेरैलाई चि’न्ता हुन्छ, को’रोना त होइन । तर, मौ’सम बद्लिने यो समयमा सामन्य स्वा’स्थ्य स’मस्या देखापर्छ ।

२४ घन्टामा ४४ सय ९९ जनामा कोरोना संक्रमण, १७ को मृ’त्यु

नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ। पछिल्लो २४ घण्टामा ४४ सय ९९ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

ताजा समाचार

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ, सानैमा बाबु बितेपछि असइ बन्ने गोविन्दको सपना पुरा गर्ने दाइ भक्कानीदै सुनाए विगतका ति दु-खहरु,भिडियो मा हेर्नुहोस,सानी अंश घटनाबारे एकचोटी पढेर अन्तिममा भिडियो हेर्नुहोला१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको ‘ह ‘त्या गरिएको छ ।

दशैंको टीका लगाउँदा अनिवार्य अपनाउनै पर्ने विज्ञका १२ सुझाव

कोरोना भाइरसको जोखिम कामय नै रहेको समयमा नेपालमा हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशैं तिहार जस्ता चाड आएको छ ।

मन्त्रीज्यू, दशैं आयो त ! खै मेलम्चीको पानी ?

यस वर्षको दशैँ एक महिना लम्बिएर आयो । सरकारी दाबीअनुसार यतिबेला काठमाडौँ उपत्यकाका धारामा मेलम्चीको पानी झर्नुपर्ने थियो तर बोनसमा एक महिना पाउँदा पनि मेलम्चीको पानी धारामा चुहिएन ।

पेटभरी खान पाए, हाम्रा लागि त्यही दसैं हुन्थ्यो (पहिरो पी’डित परिवार)

गत असारमा गएको पहिरोमा आमाबाबु र दुई बहिनी गरी घरका चारजना गुमाएर एक्लै बाँचेका बारेकोट ४ सार्कीटोलका कृष्णबहादुर सार्कीलाई त्यो पीडाले अहिले पनि पछ्याइरहेको छ ।