Tuesday, October 27, 2020

Tuesday, October 27, 2020
प्रचण्ड ओली-प्रचण्डले गुजारे नेकपा एकीकरणको तेस्रो म्याद !

ओली-प्रचण्डले गुजारे नेकपा एकीकरणको तेस्रो म्याद !

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: एक महिनाअघि (भदौ २६) सम्पन्न स्थायी कमिटी बैठकको निर्णयअनुसार शुक्रबार (आज) सम्म सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकताका बाँकी काम टुंग्याउनुपर्ने थियो ।

समय तोकेरै पार्टी एकता प्रक्रिया टुंग्याउनेबारे तेस्रो पटक दिइएको म्याण्डेट ओली-प्रचण्डबाट फेरि उल्लङ्घन भएको छ ।

मन्त्रिपरिषद् पुनर्गठन गरिएको दिन (बुधबार दिउँसो) देखि नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सम्वाद रोकिएको छ ।

शुक्रबार प्रधानमन्त्री ओली प्रहरी दिवसको उत्सवमा सहभागी भए भने प्रचण्डचाहिँ कर्णाली प्रदेशका नेताहरुसँग सम्वादमा बसे । तर, पार्टी एकताको टुंगो लगाउने म्याद सकिने दिन यसबारे अध्यक्षद्वयवीच कुनै छलफल भएन ।

अध्यक्षद्वयको सम्वाद रोकिनुमा एकता प्रक्रिया टुंग्याउनेबारे मस्यौदा तयार पारिरहेका विष्णुप्रसाद पौडेल अर्थमन्त्री हुनु पनि एक कारण भएको बताइन्छ । मन्त्री भएपछि महासचिव पौडेलले अब पार्टीको काममा धेरै समय दिन सक्ने अवस्था छैन ।

उत्कर्षमा पुगेको पार्टी विवाद हल गर्दै आगामी चैत अन्तिम साता एकताको महाधिवेशन गर्ने निर्णय महासचिवको सत्तारोहणले गर्दा पनि प्रभावित हुने देखिएको छ ।

नेकपामा अब बन्दैन पोलिटब्यूरो !

एकीकरण भएको २८ महिनासम्म नटुंगिएको एकतालाई पूर्णता दिने स्थायी कमिटीको म्याद गुज्रे पनि पार्टीको नीति तथा कार्यक्रमबारे बहस हुने महत्वपूर्ण निकाय पोलिटब्यूरो गठन नगर्नेमा भने लगभग सहमति जुटेको छ ।

जबकि, सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी, प्रदेश र जिल्ला कमिटी बनिसकेकाले पोलिटब्यूरो गठनबारे नेकपा नेताहरुमा धेरै चासो देखिन्छ । कम्युनिष्ट पार्टीमा पोलिटब्यूरो सदस्य हुनुको अर्थ भएकले चासो देखिएको केन्द्रीय सदस्य अरुण नेपाल बताउँछन् ।

तर, स्रोतका अनुसार, दुई अध्यक्ष र महासचिव बीच पोलिटब्यूरो गठनबारे गृहकार्य शुरू नै भएको छैन । स्रोत भन्छ, ‘संभवतः नेकपामा पोलिटब्यूरो बन्ने छैन, पार्टीमा तीन तह (सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी) को संरचना बनिसकेकाले पोलिटब्यूरो जरुरी नभएको निष्कर्षमा दुई अध्यक्ष देखिन्छन् ।’

महासचिव बिष्णु पौडेल पनि पोलिटब्यूरोबारे निर्णय हुन सक्ने सम्भावना नरहेको संकेत गर्छन् । ‘पोलिटब्यूरो बन्ने वा नबन्ने भन्नेबारे कुनै निर्णय भएको छैन, यसबारे छलफल गर्न बाँकी छ’, उनी भन्छन् ।

तर, गएको माघ १५-१९ को केन्द्रीय कमिटी बैठकले भने पोलिटब्यूरो गठन गर्ने निर्णय गरेको थियो ।

तत्कालीन एमालेका पूर्वपोलिटब्यूरो सदस्य रहेका नेता नेपाल पोलिटब्यूरो नराख्ने तयारी विधान विपरीत भएको बताउँछन् । उनी भन्छन्, ‘पोलिटब्यूरोको औचित्व छैन भन्नु विधान विपरीत तर्क हो, कम्युनिष्ट पार्टीभित्र यस्तो तर्क हुनु हुन्न ।’

स्थायी कमिटी सदस्य बेदुराम भुसाल पोलिटब्यूरो नराख्ने कल्पना नै गर्न नसकिने बताउँछन् । उनी भन्छन्, ‘बरू, सचिवालय विघटन हुनुपर्छ । सचिवालय पार्टीको कुनै पनि कमिटीबाट बनेको संरचना होइन ।’ आफैं बस्ने कमिटीको निर्णय आफैंले गर्ने भन्ने नहुने नेता भुसालको तर्क छ ।

केन्द्रीय कमिटी सदस्यको एक तिहाइ सदस्य रहनेगरी पोलिटब्यूरो रहने प्रावधान नेकपामा छ । अर्थात्, १४९ सदस्यीय पोलिटब्यूरो कपामा बनाउनुपर्ने हुन्छ ।

केन्द्रीय सदस्य उर्मिला अर्याल, शीर्ष नेताहरुले पोलिटब्यूरो नबनाउनुपर्ने कारण दिएर मात्रै निर्णय लिनुपर्ने बताउँछिन् । उनी भन्छिन्, ‘पोलिटब्यूरोको महत्व अहिले अझै धेरै छ । समाजवाद उन्मुख संविधानअनुसार पार्टीको कार्यक्रम तय गर्न पनि पोलिटब्यूरो जरुरी छ ।’

तहगत पार्टी प्रणालीको निर्माण गर्न र नेतृत्वको विकास गर्न पनि पोलिटब्यूरो रहनुपर्ने नेताहरु बताउँछन् । ‘आफू अल्पमतमा पर्ने डर अथवा उक्त संरचनामा आफ्ना मान्छे नपर्ने भयले पोलिटव्युरो नै नबनाउने कुरा गर्नु हुन्न’, एक स्थायी कमिटी सदस्यले भने ।

झनै बढ्यो समस्या

विभाजनको डिलमै पुगेर जोगिएको नेकपामा भदौ २६ को स्थायी कमिटी बैठकको निर्णयलाई नयाँ कोर्षको थालनीकै संज्ञा दिइएको थियो । नेकपाका नेताहरू ठूलो दुर्घटनाबाट पार्टी जोगिएकाले अब नयाँ गति लिनेमा आशावादी थिए । हुन पनि त्यही स्थायी कमिटी बैठकबाटै समूह केन्द्रित संघर्षबाट सहमतिको मार्गप्रशस्त भएको थियो । तर, एक महिना नबित्दै आशंकाहरू फेरि सतहमा आयो ।

विशेष गरी कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता र असोज २७ मा प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठनले नेकपाभित्र असन्तुष्टि देखिएको छ । यिनै कारणले असोज २२ देखि दुई अध्यक्ष र महासचिवबीच शुरू भएको पार्टी एकता टुंग्याउने मस्यौदा प्रस्तावमाथिको छलफल रोकिन पुगेको छ ।

मन्त्रिपरिषद् पुनर्गठन स्थायी कमिटीकै निर्णय हो । जसअनुसार, एकता प्रक्रिया टुंग्याउने अरु विषय थाती राख्दै मन्त्री हेरफेरलाई ओली-प्रचण्डले प्राथमिकतामा राखे र लगातारमा छलफलमा रहे । तर, बुधबार तीन मन्त्री थप र दुई मन्त्रीको जिम्मेवारी हेरफेरसहित पुनर्गठनले भने ओली-प्रचण्डको सम्वाद प्रभावित बनेको छ ।

नेकपामा अहिलेसम्म एकताको महाधिवेशनसम्म अध्यक्ष र पाँच वर्ष नै ओली प्रधानमन्त्री हुने अनि कार्यकारी अध्यक्ष प्रचण्ड रहने बाहेक थप काम हुन सकेको छैन ।

एकता प्रक्रिया टुंग्याउने स्थायी कमिटी बैठकको निर्णयअनुसार, काम हुन नसकेकोमा स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा सहमत छन् । ‘स्थायी कमिटी बैठकको निर्णय र असोज २९ को अपानि (अन्तर पार्टी निर्देशिका) बमोजिम तल्ला कमिटीहरु सक्रिय भयो । तर, एकताको सन्देश माथिबाटै जानुपर्छ, त्यस्तो सन्देश जान सकेको छैन’, उनी भन्छन् ।

स्थायी कमिटी सदस्य हरिबोल गजुरेल विधि र प्रणालीका आधारमा काम नभएसम्म नेकपाको पार्टी निर्णय कार्यान्वयनमा चुनौती आइरहने बताउँछन् । ‘अहिले भइरहेको विलम्ब पनि नेताहरू विधि भन्दा व्यक्तिगत स्वार्थ र पदतिर लागेकाले निम्तिएको हो’, उनी भन्छन् ।

अर्का एक स्थायी कमिटी सदस्य स्थायी कमिटी बैठकबाट निर्णय भइरहँदा नै सशंकित रहेको बताउँछन् । ‘निर्णय कार्यान्वयनको जिम्मेवारी सचिवालयलाई दिइयो, सचिवालयले दुई अध्यक्षलाई दियो । जब कि नेकपामा समस्या छन् भने त्यो दुई अध्यक्षमै बढी छ’, उनी भन्छन् ।

असोज ६ को सचिवालय बैठकले १० दिनभित्र एकता प्रक्रियाका बाँकी काम टुंग्याउने गरी मस्यौदा ल्याउन दुई अध्यक्ष र महासचिवलाई जिम्मेवारी दिएको थियो । तर, असोज २२ सम्म मन्त्रिपरिषद् पुनर्गठनकै छलफलबाट दुई अध्यक्ष बाहिर निस्कन सकेन ।

ढिलै भए पनि शुरु भएको छलफल असोज २५ मा कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश भएलगत्तै रोकिन पुग्यो । यसको चार दिनपछि ओलीले आफू निकटका तीन मन्त्री थपेपछि त नेकपामा एकता प्रक्रिया टुंग्याउने विषय नै मोडिन पुगेको छ ।

गुटबन्दी बाधक

२०७४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गरेर भाग लिएको एमाले-माओवादी प्राप्त मत परिणामबाट उत्साहित बन्दै पार्टी एकताकै निष्कर्षमा पुग्यो । प्रदेश र संघमा ओली-प्रचण्ड बीच भागबण्डाका आधारमा सरकार बन्यो । २०७५ जेठ ३ मा त पार्टी एकीकरण गरी नेकपा जन्मियो । पार्टी एकता घोषणा भइरहँदा तीन महिनाभित्र एकीकरण प्रक्रिया टुंग्याउने घोषणा गरिएको थियो ।

तर, ओली र प्रचण्ड नेकपामा तेस्रो खेमाको नेतृत्व गर्ने jरिष्ठ नेता माधवकुमार नेपाल पक्षबारे गम्भीर देखिएनन् । ‘एकता प्रक्रिया टुंग्याइरहँदा दुई अध्यक्ष मिलेपछि अरू कोही होइन भन्नेजस्तो सोच राखियो । यसैबाट एकता प्रक्रियामा विवाद भयो’, नेता नेपाल निकट एक स्थायी कमिटीका नेता भन्छन् ।

आफ्ना निकटलाई जिम्मेवारी दिने सन्दर्भमा किनारामा धकेलिएपछि नेता नेपालले संसदमै उभिएर सरकारको प्रभावकारीबारे गम्भीर प्रश्न उठाएका थिए । तर, भागबण्डामा आधारित ओली-प्रचण्ड बीचको सहमतीय यात्रामा पनि खटपटी देखियो ।

विशेष गरी कृष्णबहादुर महरा पदमुक्त भएपछि अग्नि सापकोटालाई सभामुख बनाउनेबारे नेकपामा लामै समय विवाद भयो । यसपछि पहिलेबाटै ओलीसँग रुष्ट देखिएका नेपाल, बरिष्ठ नेता झलनाथ खनाल र पछि उपाध्यक्ष वामदेव गौतमसँग प्रचण्डको गठबन्धन बन्यो । त्यही गठबन्धनको जगमा २०७६ माघ १५-१९ मा पहिलो पटक केन्द्रीय कमिटी बैठक बसेको थियो । बैठकले फेरि १५ दिनभित्र पार्टी एकताको बाँकी काम टुंग्याउने निर्णय गर्‍यो ।

पहिले ओली-प्रचण्ड गठबन्धनबाट नेता नेपाल किनारा लागेका थिए, यसपटक ओली चरम अल्पमतमा परे । ‘दुई ठूला कम्युनिष्ट पार्टी बीचको सहमतिबाट पार्टी एकता भएपनि नेकपामा बहुमतको खेल शुरु हुनु नै दुखद् थियो, त्यसले धेरै हदसम्म एकता प्रक्रिया अवरुद्ध हुन पुग्यो’, ओलीनिकट एक नेता भन्छन् ।

१५ दिनभित्र पार्टी एकता टुंग्याउने निर्णय कार्यान्वयनको साटो पार्टीलाई विभाजनबाट जोगाउनेतिर नेताहरू लागिपरे । यसपटक भने तीनै पक्षका नेताहरु सम्मिलित कार्यदलले दिएको सुझावका आधारमा पार्टी विवाद हल भएको थियो भने नेकपामा निर्देशक नीति समेत बनेको थियो ।

तर, फेरि पनि दिइएको म्याण्डेट अनुसार, कुनै काम हुने सकेन । जसले नेकपाभित्र केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद, जेष्ठ कम्युनिष्ट मञ्च, पोलिटब्यूरो, केन्द्रीय विभाग, प्रदेश र स्थानीय तहका कमिटी, जनवर्गीय संगठन र प्रवास क्षेत्रको संगठनात्मक एकीकरण प्रक्रिया अधुरै छ ।

संसदीय दलको कार्यालय, निजामति कर्मचारी, सम्पर्क मञ्च, शिक्षक संगठन लगायत अझै पनि एमाले र माओवादीको समानान्तर संगठन तथा गतिविधि चलिरहेकै छ । बरू, पार्टी केन्द्रमा गुटगत विवाद देखिँदा एकीकरण भइसकेका क्षेत्रहरुमा फेरि नयाँ विवाद देखिन थालेको छ ।

सम्बन्धित समाचार

कोरोना संक्रमण बाबुराम भट्टराई र हिसिला यामीलाई

जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ। त्यसैगरी उनकी पत्नी हिसिला यामीलाई पनि संक्रमइ पुष्टि भएको छ।

भेटेको भनेर किन तर्सिंदैछन् नेताहरु ?

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ रअका प्रमुख सामन्तकुमार गोयलबीच बुधबार बालुवाटारमा भेटवार्ता भएको छ ।

तपाईंलाई जे मन लाग्छ त्यहि गर्नुस्

गत बुधबार साँझ प्रधानमन्त्रीले एकाएक तीन जना नयाँ मन्त्री थपेपछि अर्का अध्यक्षले नि’कटस्थहरूलाई दिएको प्रतिक्रिया यस्तो थियो- ‘भन्ने एकथरि, गर्ने अर्कोथरि मात्र होइन, मनपरी।’ लामो समयदेखि मन्त्रिमण्डल पु’नर्गठनको र’स्साकस्सीमा प्रधानमन्त्री केपी शर्मा ओलीले हाललाई तीन रि’क्त पद मात्र पूर्ति गर्ने मुडमा आफू रहेको बताउँदै आउनुभएको थियो।

ओलीलाई हटाउन प्रचण्ड र नेपालले बनाए यस्तो डिजाइन

नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चुलिंदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने डिजाइन बनेको छ । सचिवालय डाकेर ओलीको राजीनामा माग्ने र नमाने हटाउने निर्णय गर्ने गरी नेकपाभित्र डिजाइन भएको हो ।

ताजा समाचार

भूकम्पपीडितलाई घर बनाउन लालपूर्जा दिने तयारी

जग्गाधनी प्रमाणपूर्जा नभएका तनहुँका २७ भूकम्पपीडित घरधुरीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने भएको छ।

पल शाहले सियोनाको लागि दशै दक्षिणा स्वरुप टिकाकै दिन १ लाख प्रदान

यतिबेला दशैको माहौल छ । मान्यजनबाट टीका र आशीर्वाद लिने क्रम चलिरहेको छ । यता सेलिब्रेटिहरुले पनि आफ्नो दशै टिकाको तस्वीरहरुलाई सामाजिक संजाल फेसबुकमा सार्बजनिक गरिरहेका छन् ।

खान छा’डेर होइन खाने तरिका मिलाएर हुन्छ तौ’ल नि’यन्त्रण

जब राम्ररी च’पाएर खानेकुरा सेवन गरिन्छ, अर्थात ठो’स खानेकुरालाई मु’खमै त’रल बनाएर निल्छौं, तब मो’टोपन बढ्ने संभावना कम हुन्छ ।

हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउने नेपालकी एक मात्र महिला उद्धार पाइलट

३१ वर्षकी प्रिया अधिकारी नेपालकी एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथाको उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् ।