Wednesday, October 28, 2020

Wednesday, October 28, 2020
नेपाल काठमाडौं र भक्तपुरका यी ठाउँमा आज जाँदैछ बिजुली

काठमाडौं र भक्तपुरका यी ठाउँमा आज जाँदैछ बिजुली

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा आज (शनिबार) बढीमा तीन घण्टा बिजुली जाँदै छ।

बिहान १० बजेदेखि १२ बजेसम्म काठमाडौंको बालाजु, कुलेश्वर, कलंकी लगायतका क्षेत्रमा बिजुली काटिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

त्यस्तै बालाजु क्षेत्रको वनस्थली, माछापोखरी, बाइपास, गुम्बाचौकी, मनमैजु पुल, लोकतान्त्रिकचोक, इन्द्रेणी पुल आसपासमा मर्मतका लागि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बत्ती काटिने प्राधिकरणका सूचना अधिकारी लिला अर्यालले जानकारी दिए।

अर्यालका अनुसार ट्रान्सफर्मर जोड्नु पर्ने तथा रुख काट्नु पर्ने भएकाले कुलेश्वर कलंकी क्षेत्रमा पर्ने सालिक चोक, पार्टीचोक, अमर ज्योती स्कुल, हंसटार, मालपोत क्षेत्रमा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बत्ती काटिँदै छ।

त्यसैगरी भक्तपुरको ठिमी, चारदोबाटो, कोरियन अस्पताल, गठ्ठाघर, कौशलटार लगायतका क्षेत्रमा पनि बिहान १० बजेदेखि १२ बजेसम्म बिजुली नआउने अर्यालले बताए।

सम्बन्धित समाचार

भूकम्पपीडितलाई घर बनाउन लालपूर्जा दिने तयारी

जग्गाधनी प्रमाणपूर्जा नभएका तनहुँका २७ भूकम्पपीडित घरधुरीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने भएको छ।

पल शाहले सियोनाको लागि दशै दक्षिणा स्वरुप टिकाकै दिन १ लाख प्रदान

यतिबेला दशैको माहौल छ । मान्यजनबाट टीका र आशीर्वाद लिने क्रम चलिरहेको छ । यता सेलिब्रेटिहरुले पनि आफ्नो दशै टिकाको तस्वीरहरुलाई सामाजिक संजाल फेसबुकमा सार्बजनिक गरिरहेका छन् ।

हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउने नेपालकी एक मात्र महिला उद्धार पाइलट

३१ वर्षकी प्रिया अधिकारी नेपालकी एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथाको उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् ।

संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए राष्ट्र हराउँछ

पूर्णिकाराज्यलक्ष्मी शाह, पूर्व अधिराजकुमारी। संस्कार एक कर्म हो, जसले व्यक्तिलाई गुणवान बनाउन तथा दो’षहरुबाट मु’क्त बनाउन मद्दत पुर्याउँदछ ।

ताजा समाचार

भूकम्पपीडितलाई घर बनाउन लालपूर्जा दिने तयारी

जग्गाधनी प्रमाणपूर्जा नभएका तनहुँका २७ भूकम्पपीडित घरधुरीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने भएको छ।

पल शाहले सियोनाको लागि दशै दक्षिणा स्वरुप टिकाकै दिन १ लाख प्रदान

यतिबेला दशैको माहौल छ । मान्यजनबाट टीका र आशीर्वाद लिने क्रम चलिरहेको छ । यता सेलिब्रेटिहरुले पनि आफ्नो दशै टिकाको तस्वीरहरुलाई सामाजिक संजाल फेसबुकमा सार्बजनिक गरिरहेका छन् ।

खान छा’डेर होइन खाने तरिका मिलाएर हुन्छ तौ’ल नि’यन्त्रण

जब राम्ररी च’पाएर खानेकुरा सेवन गरिन्छ, अर्थात ठो’स खानेकुरालाई मु’खमै त’रल बनाएर निल्छौं, तब मो’टोपन बढ्ने संभावना कम हुन्छ ।