Tuesday, October 27, 2020

Tuesday, October 27, 2020
विज्ञान र प्रविधि गुगलको नयाँ फिचर, गीत गुनगुनाएरै गुगलमा सर्च गर्न सकिने

गुगलको नयाँ फिचर, गीत गुनगुनाएरै गुगलमा सर्च गर्न सकिने

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: सर्च इन्जिन गुगललाई प्रयोगकर्तामैत्री बनाउने क्रममा समय समयमा नयाँ नयाँ फिचर उपलब्ध गराउँदै आएको छ । यसै क्रममा कम्पनीले नयाँ फिचरको रुपमा भर्खरैमात्र गुगल सर्चमा गीत सर्च गर्नका लागि टाइप गरी राख्नुपर्ने झन्झटको अन्त्य गरेको छ ।

टाइप गरिराख्नु पर्ने झन्झट भन्दा तपाईंहरुले गुगल भ्वाइस सर्च त पहिले देखि नै थियो त भन्न सक्नु हुनेछ । पक्कै पनि, तर त्यसमा तपाईंले यस अघिसम्म गीतको नाम बोलेको खण्डमा मात्रै सर्च हुने अवस्था थियो ।

यो फिचर आईओएस र एन्ड्रोइडका साथै गुगल एसिस्टेन्समा उपलब्ध भएको छ । त्यसका लागि स्मार्टफोन प्रयोगकर्ताले गुगलमा सर्चमा गएर त्यहाँ देखिन माइक्रोफोनमा क्लिक गरी ‘ह्वाट्स दिस सङ’ अथवा ‘सर्च ए सङ’ भन्नुहोस् ।

त्यस पश्चात आफूलाई मनपर्ने गीत १० देखी १५ सेकेण्डको लागि गुनगुनाउनु होस् । त्यो गर्दा तपाईंले गुनगुनाउनु भएको गीतको मेलोडीको आधारमा गुगलले गीत सर्च गर्नेछ ।

गुगलका अनुसार प्रयोगकर्ताले गीत गुनगुनाउँदा उत्कृष्ट नै हुने पर्छ भन्ने छैन् । गुगलले मेलोडीको आधारमा गीत सर्च गर्ने भएकाले गीत उच्चारणले त्यस्तो असर पर्नेछैन ।

सम्बन्धित समाचार

अनलाइनमा यसरी आफैं बनाउनुहोस् आकर्षक शुभकामना कार्ड

विभिन्न अवसरमा दिइने शुभकामनाका लागि अब अनलाइनमा सहजै विभिन्न प्रकारका कार्ड बनाउन सकिने भएको छ । शुभकामना डटकम र शुभकामना-योर अन नेपाली डिजाइन एन्ड कोट्स एपमार्फत सहजै आकर्षक कार्ड बनाउन सकिने भएको हो ।

नास्टले बनायो एआईमा आधारित नेपालकै अत्याधुनिक रोबोट

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मा आधारित रोबोट बनाएको छ । नास्टका मेकानिकल इन्जिनियर रोशन पाण्डेको टिमले यान्त्रिका नामक रोबोट तयार पारेको हो ।

कस्तो होला फाइभजी आएपछिको जिन्दगी ?

आईफोनका पारखीहरुका लागि एप्पलले केही दिनअघि मात्र नयाँ कोसेली सार्वजनिक गर्‍यो । कम्पनीले कोरोना भाइरसका कारण ढिलो गरी आईफोन ट्वेल्भ सिरिजलाई अनलाइन इभेन्टमार्फत सार्वजनिक गरेको थियो ।

काठमाडौं र भक्तपुरका यी ठाउँमा आज जाँदैछ बिजुली

काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा आज (शनिबार) बढीमा तीन घण्टा बिजुली जाँदै छ।

ताजा समाचार

भूकम्पपीडितलाई घर बनाउन लालपूर्जा दिने तयारी

जग्गाधनी प्रमाणपूर्जा नभएका तनहुँका २७ भूकम्पपीडित घरधुरीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने भएको छ।

पल शाहले सियोनाको लागि दशै दक्षिणा स्वरुप टिकाकै दिन १ लाख प्रदान

यतिबेला दशैको माहौल छ । मान्यजनबाट टीका र आशीर्वाद लिने क्रम चलिरहेको छ । यता सेलिब्रेटिहरुले पनि आफ्नो दशै टिकाको तस्वीरहरुलाई सामाजिक संजाल फेसबुकमा सार्बजनिक गरिरहेका छन् ।

खान छा’डेर होइन खाने तरिका मिलाएर हुन्छ तौ’ल नि’यन्त्रण

जब राम्ररी च’पाएर खानेकुरा सेवन गरिन्छ, अर्थात ठो’स खानेकुरालाई मु’खमै त’रल बनाएर निल्छौं, तब मो’टोपन बढ्ने संभावना कम हुन्छ ।

हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउने नेपालकी एक मात्र महिला उद्धार पाइलट

३१ वर्षकी प्रिया अधिकारी नेपालकी एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथाको उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् ।