Sunday, October 25, 2020

Sunday, October 25, 2020
नेपाल घरमा दशैं मनाउने सपना अधुरै, भारतबाट घर फर्किएका पाँच जनाको दुर्घटनामा नि’धन

घरमा दशैं मनाउने सपना अधुरै, भारतबाट घर फर्किएका पाँच जनाको दुर्घटनामा नि’धन

Published:

On: Nepal

काठमाडौं । घरमा रमाइलोसंग दशैं मनाउन भन्दै भारतवाट नेपाल फर्कदै गरेका ५ जना नेपालीको दुर्घटनामा परि निधन भएको छ । घटनामा अन्य थप ३ जना घाइते भएका छन् । उदयपुरको कटारी नगरपालिका–१४ भदौरे भिरमा जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै निधन भएको छ ।

शनिवार राती १ बजेतिर भैरहवाबाट कटारी हुँदै ओखलढुंगा मानेभन्ज्याङ्क जान लागेको बा २० प ७१७१ नम्वरको जीप दुर्घटना भएको हो । दुर्घटनामा परि चालक सहित अन्य तीन जना भने घाइते भएका छन् । निधन हुनेमा मानेभन्ज्याङ्का ४५ वर्षीय रामबहादुर सार्की र कर्ने सार्कीको भने सनाखत भइसकेको छ । अन्यको पहिचान खुलेको छैन ।

‘पाँच जनाको घटनास्थलमै निधन भएको हो । तीन जनलाई थप उपचारको लागि विराटनगर पठाएका छौं’, जिल्ला प्रहरी कार्यालय उदयरपुरका डीएसपी वेदप्रसाद गौतमले भने ।

गाडीमा यान्त्रिक गडबढी हुँदा दुर्घटना भएको प्रारम्भिक रुपमा देखिएको प्रहरीले जानकरी दिएको छ । गाडी सडकबाट करिब १ मिटर तल खसेको छ ।

गाडी चालक रुपन्देही त्रिगम्बा नगरपालिका ४ का २८ वर्षीय पवन खड्का गम्भिर घाइते भएका छन् । उनीहरु भारतबाट दशैं मनाउन घर फर्किएको खुलेको छ । भैरहवामा केही दिन क्वारेन्टाइन बसेर जीप रिजर्भ गरेर आएको डीएसपी गौतमले बताए ।

सम्बन्धित समाचार

दशैंको टीका लगाउँदा अनिवार्य अपनाउनै पर्ने विज्ञका १२ सुझाव

कोरोना भाइरसको जोखिम कामय नै रहेको समयमा नेपालमा हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशैं तिहार जस्ता चाड आएको छ ।

मन्त्रीज्यू, दशैं आयो त ! खै मेलम्चीको पानी ?

यस वर्षको दशैँ एक महिना लम्बिएर आयो । सरकारी दाबीअनुसार यतिबेला काठमाडौँ उपत्यकाका धारामा मेलम्चीको पानी झर्नुपर्ने थियो तर बोनसमा एक महिना पाउँदा पनि मेलम्चीको पानी धारामा चुहिएन ।

पेटभरी खान पाए, हाम्रा लागि त्यही दसैं हुन्थ्यो (पहिरो पी’डित परिवार)

गत असारमा गएको पहिरोमा आमाबाबु र दुई बहिनी गरी घरका चारजना गुमाएर एक्लै बाँचेका बारेकोट ४ सार्कीटोलका कृष्णबहादुर सार्कीलाई त्यो पीडाले अहिले पनि पछ्याइरहेको छ ।

सम्भव हुनेले आर्थिक सहयोग, नहुनेले सेयर गरेर मलाई बचाउनुहोस् : म बाँच्न चाहान्छु

मेरो नाम डिना परियार हो म २४ वर्षकी भए मेरो घर नेपालगञ्ज बाके खजुरा हो । मलाई ११ महिना देखि ब्लड क्यान्सर भएको छ । म अहिले काठमाडौंको टिचिङ अस्पतालमा भर्ना भएकी छु ।

ताजा समाचार