Tuesday, October 20, 2020

Tuesday, October 20, 2020
नेपाल मोरङमा दसैँको सप्तमीदेखि पूर्णिमासम्म निषेधाज्ञा

मोरङमा दसैँको सप्तमीदेखि पूर्णिमासम्म निषेधाज्ञा

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले चाडपर्वलाई लक्षित गर्दै कात्तिक ७ गते सप्तमीको दिनदेखि १५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ।

मोरङमा बढ्दै गएको संक्रमितको अवस्था हेर्दै प्रशासनले चाडपर्वका बेला अवस्था थप गम्भीर हुनसक्ने भन्दै स्थानीयलाई सजग गराएको मोरङका जिल्ला प्रमुख कोषहरि निरौलाले जानकारी दिए।

प्रशासन कार्यालयमा आइतबार सम्पन्न सुरक्षा समितिको बैठकले कात्तिक ७ गतेबाट १५ गतेसम्मका लागि मुख्यतः मठ मन्दिर तथा शक्तिपीठमा गरिने पूजाआजा, सामूहिक चियापान तथा शुभकामना आदानप्रदानका कार्यक्रम, सामूहिक शिलान्यास, उद्घाटन, सम्मेलन लगायतका कार्यमा रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए।

यसक्रममा जिल्लाभर राति ८ बजेबाट बिहान ५ बजेसम्म राजमार्गमा चल्ने लामोदूरीका बाहेक अन्य सवारीको आवतजावतमा रोक लगाएको उनले बताए।

चाडपर्वका क्रममा जिल्लाभरका मठ मन्दिर, पण्डाल, गुम्बा, चर्च, मस्जिदमा दैनिक रुपमा नित्य पूजा, प्रार्थना बाहेक सामूहिक रुपमा पूजा प्रार्थना, भजन किर्तन, रथ तथा कलश यात्रा, बली पूजा, मूर्ति विर्सजन जस्ता कार्य गर्न नपाउने गरी निषेधाज्ञा लगाइएको उनले जानकारी दिए।

यद्यपि दसैँका लागि घर आउने तथा जानेहरुका लागि हाल रोक नगाइएको प्रशासनले जनाएको छ। बैठकले जारी गरेको आदेश उल्लंघन नगर्न आग्रह गर्दै प्रशासनले आदेश उल्लंघन गर्ने वा आदेश पालना गर्ने गराउने कार्यमा अवरोध गर्नेलाई कारबाही गरिने चेतावनी दिएको छ।

सम्बन्धित समाचार

येस्ता ठाउँ जान नपाइने दशैँमा काहाँ-काहाँ निषेधाज्ञा छ

यस वर्षको दशैँमा हुने भीडभाड, मेला पर्व र शक्तिपीठ मन्दिर दर्शनमा निषेधाज्ञा जारी गरिएको छ ।

दशैं लक्षित गर्दै आज देखि लागू हुने गरि कात्तिक १५ गते सम्म यस क्षेत्रमा हुने भयो कडा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय मोरङले कात्तिक ३ गतेदेखि १५ गतेसम्म दशैं लक्षित निषेधाज्ञा जारी गरेको छ । नजिकिदै गएको चाडपर्वमा भीडभाडका कारण संक्रमण बढ्नसक्ने भएकाले भेला भएर कुनै पनि कार्य नगर्न प्रशासनले आग्रह गरेको छ ।

यसै सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ ।

दशैंमा घर जाने भनेर तयारी अवस्थामा हुनुहुन्छ भने आयो एकदमै दुखको खबर!

विगतका दसैंमा यातायात व्यवसायीले भाडा वृद्धी लगायतका मुद्धा उठाएर सरकारसगँ वार्गे निङ गरेका थिए। यो वर्ष भने यातायात व्यवस्था विभाग र यातायात व्यवसायी दुवै पक्ष अग्रिम टिकट नखोल्ने मन स्थितीमा छन्।

ताजा समाचार

कोभिडसँग ल’डने क्ष’मता विकासका लागि कस्तो खाने ? यस्तो छ विज्ञहरुको सुझाव

कोभिड संक्रमणबाट जो’गिन दैनिक गतिविधिमा सु’धार गर्दै खानपिनमा ध्यान दिनुपर्नेमा विज्ञहरुले जो’ड दिएका छन् ।

X