Thursday, November 26, 2020

Thursday, November 26, 2020
कोरोना भाइरस आज नेपालमा थपिए ३७९० कोरोना संक्रमित, १८ को मृत्यु, २३३५ जना डिस्चार्ज

आज नेपालमा थपिए ३७९० कोरोना संक्रमित, १८ को मृत्यु, २३३५ जना डिस्चार्ज

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको बताएका छन् । यो सँगै देशभरि सक्रिय संक्रमितको संख्या हालसम्म ४० हजार ७ सय ७८ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार ३ सय ३५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ९४ हजार ५ सय १ जना पुगेको छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ४ सय ७० जना रहेकाे छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका २ हजार ३८८ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। काठमाडौंमा २००८ , ललितपुरमा ९९ र भक्तपुरमा २८१ गरी २ हजार ३८८ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

यस्तै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ। पछिल्लो २४ घण्टामा उपत्यकाका २ हजार ३८८ सहित ३ हजार ७९० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

४० हजार ७७८ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १३ हजार ८५१ जना रहेका छन् भने २६ हजार ९२७ होम आइसोलेसनमा छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ४७० जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५ हजार ७४३ नमूनाको पीसीआर परीक्षण भएको छ। आइतबार २३ सय ३५ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ।

आइसीयूमा २८२ र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ७५७ जनाको मृत्यु भएको छ। सोमबार मात्रै १८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

सम्बन्धित समाचार

कोलम्बियामा थपियो ब’ज्रपात: विमान दु’र्घटना हुँदा १४ जनाको मृ’त्यु,

कोलम्बियामा एउटा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । भिल्लाभिसेन्सियोबाट ताराइरा जाँदै गरेको डाउग्लास डीसी–थ्री विमान दुर्घटनामा परेको हो ।

“म छोरी मान्छे भएर, मैले दिएको दागबत्तीले नै मलाई चिनाएको हो’ सपना रोका मगर

‘जब म पहिलो पल्ट काठमाण्डौको महाराजगन्जस्थित त्रीवि शिक्षण अस्पतालको शव गृहमा पुगेकी थिएँ । त्यतिबेल म निकै डराएँकी थिए र अत्तालिएकी पनि थिएँ ।

बेपत्ता भएका डीएसपी हाेटेलमा युवतीसँग यस्ताे हर्कत गर्दागर्दै प्रहरीकाे टाेली पुगे पछि…

इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतबहादुर चौधरी मंगलबार राति एकाएक सम्पर्कविहीन भए।

बिबिसीका १०० प्रभावशाली महिलाको सूचीमा १८ वर्षीया सपना

बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा म्याग्दीकी १८ वर्षीया सपना रोका मगर परेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार