Tuesday, December 1, 2020

Tuesday, December 1, 2020
खेलकुद चेन्नईले राजस्थानविरुद्ध पहिला ब्याटिङ गर्ने

चेन्नईले राजस्थानविरुद्ध पहिला ब्याटिङ गर्ने

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: इन्डियन प्रिमियर लिग (आइपिएल) को ३७ औं खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । चेन्नईले टोलीमा दुई परिवर्तन गरेको छ । अलराउन्डर ड्वेन ब्राभो चोटका कारण बाहिरिएका छन् । ब्राभो बाहिँरिदा अर्का तीव्र गतिका बलर जोश हेजलवुडलाई मौका दिएको छ ।

त्यस्तै स्पिनर करण शर्माको स्थानमा पियुष चवलालाई मौका दिएको छ । राजस्थाले टोलीमा एक परिवर्तन गरेको छ । रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध ४ ओभरमा ४६ रन खर्चेका जयदेव उनादकटको स्थानमा राजस्थानले अंकित राजपूतलाई मौका दिएको छ ।

प्ले अफको सम्भावना कायमै राख्न दुबै टोलीलाई आजको खेल जित्नै पर्ने दबाब छ । चेन्नई ९ खेलमा ६ मा हार र ३ मा जित सहित सातौं स्थानमा छ । राजस्थान ९ खेलमा ६ मा हार र ३ मा जित सहित पुछारमा छ । दुबै टोली चोथो जितको सोचमा हुने छन् ।

यसअघि लिग चरणको पहिलो खेलमा राजस्थानले चेन्नईलाई १६ रनले पराजित गरेको थियो । राजस्थानले प्रस्तुत गरेको २ सय १७ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले ६ विकेटको क्षतिमा २ सय रन बनाएको थियो ।

राजस्थान लिग चरणको जितलाई निरन्तरता दिन चाहान्छ । चेन्नई उक्त हारको पाठ सिक्दै दोस्रो खेलमा जित निकाल्न चाहान्छ । आइपिएलमा चेन्नई र राजस्थानबीच २२ खेल भएको छ । जसमा चेन्नई १४ खेलमा विजयी हुँदा ८ खेलमा पराजित भएको छ ।

राजस्थानको प्लेइङ ११ – जस बटलर (विकेटकिपर), रोबिन उथप्पा, स्टिभ स्मिथ (कप्तान), सन्जु स्यामसन, रियान पराग, राहुल टेवाटिया, जोफ्रा आर्चर, कार्तिक त्यागि, श्रेयस गोपाल, अंकित राजपुत र बेन स्टोक्स

चेन्नई प्लेइङ ११ – अम्बाती रायुडू, शेन वाटसन, फाफ डु प्लेसिस, शार्दुल ठाकुर, पियुष चवला, महेन्द्र सिंह धोनी (कप्तान तथा विकेटकिपर), रविन्द्र जडेजा, साम करन, दीपक चहर, केदार जाधव र जोश हेजलवुड ।

सम्बन्धित समाचार

सन्दिप लामिछानेलाई खेल्न नदिने सुनिलको गरे सन्दिपले धुलाई

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तगर्त कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १९५ रनको लक्ष्य दिएको छ ।

क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

विश्व चर्चित खेलाडी तथा पोर्चुगल राष्‍ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

आइपिएलमा सुनिल नारनको बलिङ एक्सन शंकास्पद !

वेस्टइण्डिजका अलराउन्डर सुनिल नारनको बलिङ एक्सन शंकास्पद पाइएको छ ।

टर्कीले जर्मनीलाई बराबरीमा रोक्यो

केनन कारामनले इन्जुरीमा समयमा गोल गरेपछि टर्कीले जर्मनीलाई बराबरीमा रोकेको छ। टर्कीले जर्मनीसँग ३-३ को बराबरी खेलेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।

देशभर श्रृंखलाबद्ध प्रदर्शन राजतन्त्रको पक्षमा कसले गर्दैछ ?

नेपालमा राजतन्त्रको विधिवत अन्त भएको १२ वर्ष भएको छ । तर, केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । सोमबार काठमाडौंमा पनि राजतन्त्रको माग गर्दै प्रदर्शन भयो ।

प्रहरी बोलाइन् आफ्नै घरको दराज फोरिन्, लाखौं मुल्यका गहना अन्तै लुकाएर चोरी भयो भन्दै

श्रीमानसंग सम्बन्ध विग्रदै गएपछि उनीसंग अलग हुन गरेको नाटक एकै छिनमा खुलेपछि महिला पक्राउ परेकी छन् । दिनभरी प्रहरी कार्यालयमा श्रीमानले या त ना दिएको भन्दै छलफल गर्न बसेकी महिला घर फर्कने वित्तिकै घरमा चोरी भएको भनेर फेरी प्रहरी गुहारीन् ।

बुबाले नै सु’टर मार्फत गो’ली प्र’हार ग’री प्रेममा परेकी अमृतालाई ह’त्या गरेको खु’लासा

नेपाल अनलाइन पत्रिका | काठमाडौं: रौतहटहमा प्रेमीसंग भागे इ'ज्जत जा'ने ड'रले बुबाले आफ्नै छो'रीको सु'टर मार्फत गो'ली प्र'हार गराइ ह'त्या गरेको रह'स्य खुलेको छ...