Tuesday, December 1, 2020

Tuesday, December 1, 2020
विज्ञान र प्रविधि नास्टले बनायो एआईमा आधारित नेपालकै अत्याधुनिक रोबोट

नास्टले बनायो एआईमा आधारित नेपालकै अत्याधुनिक रोबोट

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मा आधारित रोबोट बनाएको छ । नास्टका मेकानिकल इन्जिनियर रोशन पाण्डेको टिमले यान्त्रिका नामक रोबोट तयार पारेको हो ।

स्वयम्‌सेवी भूमिकामा उतारिएको यो रोबोटलाई ०.१ भर्सनको रुपमा प्रस्तुत गरिएको छ । यान्त्रिका नै नेपालको पहिलो अटोमेटिक, हाइटेक, एआईमा आधारित मानवकारको रोबोट भएको पाण्डको दाबी छ ।

हाल बजारमा नेपाली बजारमा देखिने रोबटकै उन्नत भर्सनको रुपमा नास्टले यो रोबोट तयार पारेको हो । यान्त्रिकाले नास्टमा कोही व्यक्ति आउने वित्तिकै नमस्कार गर्छ । मास्क लगाएको वा नलगाएको समेत यसले आफैं पत्ता लगाउन सक्छ ।

यदि मास्क नलगाएको भए आफूसँग भएको मास्क दिने गर्दछ । यान्त्रिकालाई एउटा स्वयम्‌सेवी लेडी रोबोटको रुपमा तयार पारिएको पाण्डेले जनाए ।

रोबोटलाई झोला बोकाइएको छ । जसमा मास्कहरु राखिएको छन् । मास्क नलगाएको थाहा पाउने वित्तिकै भेन्डिङ मसिनले मास्क झार्छ र रोबोटले त्यसलाई समातेर आगन्तुकलाई लगाउन आग्रह गर्दछ ।

साथै हात सफा गर्न स्यानिटाइजर समेत रोबोटले नै दिने गर्छ । यसले नास्ट प्रवेश गर्ने व्यक्तिहरुको शरीरको तापक्रम पनि आफैं नाप्छ ।

ज्वरो आएको वा शरीरको तापक्रम बढी छ भने रोबोटले नास्टभित्र छिर्नबाट रोक्छ । रोबोटको छातिमा ट्याब्लेट राखिएको छ ।

रोबोटले आफ्नो छातिमा टाँसिएको ट्याब्लेटबाट नास्ट सम्बन्धि जानकारी लिन आग्रह गर्दछ । त्यसो त कतिपय जानकारी सोधेकै भरमा यसले जवाफ समेत दिने गरेको छ ।

आफैं यताउता गर्ने यो रोबोटले आवाजबाट निर्देशन दिएकै भरमा आफूलाई सञ्चालन गर्दछ । विकासकै क्रममा रहेको रोबोटले आउने व्यक्तिको फोटो खिचेर राख्दछ ।

दुई तीन वटा कोणबाट खिचिएको फोटो भएको खण्डमा यो रोबोटले नजिक आउने वित्तिकै नाम लिएरै अभिवादन टक्र्याउँछ । यसमा फिचर थप्दै दशैं लगत्तै सबै फिचरहरु राखिसक्ने योजना रहेको इन्जिनियर पाण्डेले बताए ।

‘यो वर्षभर यान्त्रिका १.० लाई विकास गर्दै लैजाने योजना छ,’ उनले भने, ‘सन् २०२१ सम्म यान्त्रिका २.० सार्वजनिक गर्ने उद्देश्य अनुरुप अगाडि बढिरहेका छौं ।’

यान्त्रिका २.० भर्सन अहिलेको भन्दा दोब्बर उन्नत हुने उनको भनाई छ । ८ साता लगाएर तयार पारिएको यो स्तरको रोबोट बनाउन सामान्यताः २५ देखि ३० लाख रुपैयाँसम्म लाग्ने गरेको छ ।

यान्त्रिका १.० तयार पार्न सबै मोटर, विद्युतीय उपकरण र प्रोसेसर खरिद गरिएको हो । बाँकी सामग्री भने नेपालमै फेब्रिकेटेड गरिएको छ । रोबोट बनाउन पाण्डे सहित इलेक्ट्रोनिक इन्जिनियर, कम्प्युटर इन्जिनयर, कलाकार लगायत ८ जनाको टिम लागेको थियो ।

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीले पनि खोले टिकटक अकाउन्ट , एकैदिनमा भाइरल !

सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ओलीले पनि टिकटक एकाउन्ट खोलेका छन ।उनलेले आइतबार ‘केपी शर्मा ओली अफिसियल’ नामक टिकटक एकाउन्ट खोलेका हुन् ।

यी हुन् बच्चा जन्माउने पहिलो पुरुष, तीन पटक भए सुत्केरी !

विज्ञानले नयाँ नयाँ खोजको विकास गरेको छ । कसैको कल्पनामा पनि नभएका कुराहरु विज्ञानले सम्भव तुल्याइदिएको छ ।

अनलाईन मार्फत iPhone अर्डर गर्दा, घरमा लुगा धुने साबुन आइपुगेपछि….

व्यस्त जीवनशैलीका कारण मानिसले अनलाईन अर्डर गरेर सामान मगाउने गरेका कारण पछिल्लो समय अनलाइन सपिङले राम्रो बजार पाएको छ । त्यतिमात्र होइन बजारमा हुने भीडभाडबाट बच्नका लागि पनि यो उपाय राम्रो देखिएको छ ।

मंगल ग्रहका लागि हरेक दिन ३ उडान, पृथ्वीबाट १० लाख मानिस लगिने (भबिस्य को तयारि )भिडियो सहित

मंगल ग्रहमा जानको लागि हरेक दिन ३ उडान संचालन हुनेछन् । हरेक उडानमा १०० जना मानिसले मंगल ग्रह जान पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।

देशभर श्रृंखलाबद्ध प्रदर्शन राजतन्त्रको पक्षमा कसले गर्दैछ ?

नेपालमा राजतन्त्रको विधिवत अन्त भएको १२ वर्ष भएको छ । तर, केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । सोमबार काठमाडौंमा पनि राजतन्त्रको माग गर्दै प्रदर्शन भयो ।

प्रहरी बोलाइन् आफ्नै घरको दराज फोरिन्, लाखौं मुल्यका गहना अन्तै लुकाएर चोरी भयो भन्दै

श्रीमानसंग सम्बन्ध विग्रदै गएपछि उनीसंग अलग हुन गरेको नाटक एकै छिनमा खुलेपछि महिला पक्राउ परेकी छन् । दिनभरी प्रहरी कार्यालयमा श्रीमानले या त ना दिएको भन्दै छलफल गर्न बसेकी महिला घर फर्कने वित्तिकै घरमा चोरी भएको भनेर फेरी प्रहरी गुहारीन् ।

बुबाले नै सु’टर मार्फत गो’ली प्र’हार ग’री प्रेममा परेकी अमृतालाई ह’त्या गरेको खु’लासा

नेपाल अनलाइन पत्रिका | काठमाडौं: रौतहटहमा प्रेमीसंग भागे इ'ज्जत जा'ने ड'रले बुबाले आफ्नै छो'रीको सु'टर मार्फत गो'ली प्र'हार गराइ ह'त्या गरेको रह'स्य खुलेको छ...