Thursday, November 26, 2020

Thursday, November 26, 2020
नेपाल सार्वजनिक सवारीसाधनबाट ठगिदै यात्रु

सार्वजनिक सवारीसाधनबाट ठगिदै यात्रु

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: प्रदेश नं. २ का लामो रुटमा चल्ने सार्वजनिक सवारी साधनले सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड उल्लङ्घन गर्दैँ यात्रु कोचेर राख्दा पनि थप ५० प्रतिशत भाडासमेत लिने गरेको गुनासो बढेकोे छ ।

त्यस्ता सवारी साधनमा भाडादर नराखिएको, सरकारले तोकेको स्वास्थ्य मापदण्ड पनि पालना नगरेको र भाडामा थप ५० प्रतिशत वृद्धि गरेर लिएको वीरगन्ज–जनकपुर चल्ने बसमा सवार यात्रु कबिर महतोले बताए । अनुगमन गर्ने सम्बन्धित निकाय कानमा तेल हालेर निदाइरहेको उनको आरोप थियो ।

यसक्षेत्रमा चल्ने सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुदेखि चालकसम्मले स्वास्थ्य मापदण्डको पालना नगरी यात्रा गरेपनि नियमनकारी निकायहरूले खासै वास्ता नगर्ने गरेको यात्रु महतोको भनाइ थियो ।

मन लागेको समयमा ट्राफिक प्रहरीले सवारी साधन रोकेर यात्रुका गुनासा सनेजस्तो गरेपनि समस्या समाधानमा कसैको ध्यान नपुगेको अर्का यात्रु प्रकाश पोख्रेलले बताए ।

नेपालीको महान चाड बडादशैँ शुरु भएकाले मन्त्रिपरिषद्को असोज २६ गतेको बैठकले यातायात व्यवसायीको मागअनुसार सिट क्षमताअनुसार नै यात्रुुहरू राख्न पाउने र पुरानै भाडादर ९२०७५ असोज ७ गतेदेखि समायोजन गरिएको भाडादर कायम हुने निर्णय भएको जनाएको थियो तर सरकारको निणर्यलाई भने यातायात व्यावसायीहरूले बेवास्था गरेर थप ५० प्रतिशत भाडा असुलिरहेका हुन् ।

आफूहरूले सवारी साधनको जाँचलाई निरन्तरता दिएको,यात्रुका समस्या समाधानका लागि प्रदेशअन्तर्गत सबै जिल्लाका सबै स्थानमा यात्रु सहायताकक्ष स्थापना गरेको, ट्राफिक नीयम विपरित चल्ने सवारी साधनहरूलाई ट्राफिक नीयमानुसार कार्बाही गरेको पथलैयास्थित २ नं प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरीप्रमुख तथा प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताए ।
उनको अनुसार यात्रुहरूले वास्तविक समस्या नसुनाएका कारण पनि समस्या आएको तर गुनासो आएलगतै कार्बाही गर्ने गरिएको छ ।

लामो समयसम्म थन्किएर बस्नुपरेकाले आफ्ना व्यवसाय फष्टाउन नसकेका कारण पनि यात्रुहरूले खुसीले भाडा दिने गरेको यातायात व्यावसायीसमेत रहेका सवारी चालक विनोद साहले बताए । साथै यात्रुहरूले पनि ट्राफिक प्रहरीले भाडाको विषयमा सोध्दा आफुहरूलाई बचाउने गरेको साहको भनाइ थियो ।

प्रदेश नं २ का आठवटै जिल्लाका पूर्व–पश्चिम लोकमार्ग, भित्री सडक खण्ड, सिमानाका गरी ७९ ट्राफिक प्रहरी युनिट रहेका र प्रदेश प्रदेश नं २ मा मात्र २४४ पूर्व– पश्चिम लोकमार्ग पर्दछ ।

सम्बन्धित समाचार

कोलम्बियामा थपियो ब’ज्रपात: विमान दु’र्घटना हुँदा १४ जनाको मृ’त्यु,

कोलम्बियामा एउटा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । भिल्लाभिसेन्सियोबाट ताराइरा जाँदै गरेको डाउग्लास डीसी–थ्री विमान दुर्घटनामा परेको हो ।

“म छोरी मान्छे भएर, मैले दिएको दागबत्तीले नै मलाई चिनाएको हो’ सपना रोका मगर

‘जब म पहिलो पल्ट काठमाण्डौको महाराजगन्जस्थित त्रीवि शिक्षण अस्पतालको शव गृहमा पुगेकी थिएँ । त्यतिबेल म निकै डराएँकी थिए र अत्तालिएकी पनि थिएँ ।

बेपत्ता भएका डीएसपी हाेटेलमा युवतीसँग यस्ताे हर्कत गर्दागर्दै प्रहरीकाे टाेली पुगे पछि…

इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतबहादुर चौधरी मंगलबार राति एकाएक सम्पर्कविहीन भए।

बिबिसीका १०० प्रभावशाली महिलाको सूचीमा १८ वर्षीया सपना

बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा म्याग्दीकी १८ वर्षीया सपना रोका मगर परेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार