Saturday, December 5, 2020

Saturday, December 5, 2020
ads_nepal_online_patrika
कोरोना भाइरस ६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

यही कात्तिक ९ गतेदेखि लागु हुने गरी प्रतिष्ठानले कोरोना सङ्क्रमितलाई चार समूहमा वर्गीकरण गरेर सोहीअनुसारको धरौटी राख्ने व्यवस्था लागु गरेको हो ।

अस्पताल निर्देशक प्रा डा गौरीशंकर साहले एक सूचना प्रकाशन गरी संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशननुसारको शुल्क निर्धारण गरिएको जनाएको छ । उनका अनुसार कुनै लक्षण नभएका सङ्क्रमितले सात हजार रुपैयाँ धरौटी राख्नुपर्ने र प्रतिदिन दुई हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

हल्का लक्षण भएकाहरु रु १२ हजार धरौटी राखेर भर्ना हुन सक्ने र प्रतिदिन रु तीन हजार ५०० शुल्क तिर्नु पर्ने छ । मध्यम लक्षण भएका बिरामीले रु ३५ हजार धरौटी र प्रतिदिन शुल्क रु सात हजार ५ सय तिर्नुपर्नेछ ।

यस्तै गम्भीर लक्षण भएका बिरामीले रु ६० हजार धरौटी राखी दैनिक रु १५ हजार शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।आर्थिक रुपले विपन्न, अशक्त र असहाय, असहाय एकल महिला, अपांगतायुक्त र ज्येष्ठ नागरिकलाई भने लक्षण देखिएमा सिफारिश तथा परिचयपत्रका आधारमा निःशुल्क उपचार गरिने जनाइएको छ ।

प्रतिष्ठानले पिसिआर परीक्षणका लागि रु दुई हजार २ सय शुल्क तोकेको छ । यसअघि प्रतिष्ठानले सङ्क्रमितको उपचार निःशुल्क गर्दै आए पनि मन्त्रालयले शुल्क लिएर उपचार गर्न परिपत्र गरेपछि शुल्क निर्धारण गरेको हो ।

सरकारले कोरोना सङ्क्रमितका हकमा १४ दिनसम्म आइसोलेशनमा बस्ने प्रावधान बनाएकामा अहिले लक्षण नदेखिएका हकमा १० दिनमै घर फिर्ता गराउने र एक सातासम्म बिरामी स्वयंले होम आइसोलेशनमा बस्नुपर्ने मापदण्ड बनाएको छ । प्रतिष्ठानले पनि सोही प्रोटोकललाई लागु गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

३९६ जनाको स्वाब फिर्ता:शुल्क निर्धारण गरिएपछि धरान उपमहानगरपालिकाले बुधबार संकलन गरेको स्वाबको नमूना प्रतिष्ठानले फर्काएको छ ।स्वास्थ्य मन्त्रालयले निःशुल्क नलिनू भनेपछि उपमहानगरले सङ्कलन गरेको स्वाब परीक्षण नगरी फिर्ता गरेको जनाइएको छ ।

सम्बन्धित समाचार

कोरोनाको खोपसहित रसियन उच्चस्तरीय टोली नेपाल आउँदै

अर्को सातादेखि आफ्ना नागरिकलाई कोभिड–१९ विरुद्ध खोप दिने घोषणा गरेको रसियाले ‘ग्लोबल मार्केटिङ’ सँगैसँगै सुरु गर्ने भएकोले अर्को साता आफूले तयार गरेको खोप ‘स्पुतनिक भी’ को नमुनासहित उच्चस्तरीय प्रतिनिधि मण्डल नेपाल आउने भएको छ।

प्रधानमन्त्री ओली समझदारीबिना नजाने सचिवालय बैठकमा

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव फिर्ता नभएसम्म बैठक अघि नबढ्ने अडान कायमै राखेका छन्।

१२१ गोरु लैजाँदै गरेको ५ वटा ट्रक नियन्त्रणमा

प्रहरीले बुटवलबाट ५ ट्रक गोरु नियन्त्रणमा लिएको छ। पश्चिमबाट पूर्वतर्फ लैजाँदै गरेका गोरु बुटवलको अस्पताललाइनबाट नियन्त्रणमा लिइएको हो।

नेकपा सचिवालय बैठक: प्रचण्ड एक घण्टाअघि नै बालुवाटारमा

नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । शनिवार दिउँसो १ बजेका लागि सचिवालय बैठक तय भएकोमा सो भन्दा १ घण्टाअघि नै प्रचण्ड बालुवाटार पुगेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

यस्तो फोटो खिचाएकै कारण जेल परिन् यी सुन्दरी, हेर्नुहोस १६ तस्विर

अहिले हामी २१ ‌‍‍औं शताव्दीमा छौं । अहिले बालक देखि बृद्धसम्मको हातहातमा मोबाईल हुने गरेको छ । बेला न कुबेला मोबाईल निकालेर सेल्फी खिच्न पछि पर्दैनौं ।

कोरोनाको खोपसहित रसियन उच्चस्तरीय टोली नेपाल आउँदै

अर्को सातादेखि आफ्ना नागरिकलाई कोभिड–१९ विरुद्ध खोप दिने घोषणा गरेको रसियाले ‘ग्लोबल मार्केटिङ’ सँगैसँगै सुरु गर्ने भएकोले अर्को साता आफूले तयार गरेको खोप ‘स्पुतनिक भी’ को नमुनासहित उच्चस्तरीय प्रतिनिधि मण्डल नेपाल आउने भएको छ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई धोका नदिने, यस्तोसम्म छ खतरनाक भित्री तयारी !

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक किचलो चरमचुलीमा पुगेको छ । यता पार्टीको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको आरोप खेपेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट आएको प्रस्तावलाई हालको अवस्थामा अस्वीकार गर्न नसक्ने संकेत दिएकी छन्।

प्रधानमन्त्री ओली समझदारीबिना नजाने सचिवालय बैठकमा

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव फिर्ता नभएसम्म बैठक अघि नबढ्ने अडान कायमै राखेका छन्।