Saturday, December 5, 2020

Saturday, December 5, 2020
ads_nepal_online_patrika
नेपाल मन्त्रीज्यू, दशैं आयो त ! खै मेलम्चीको पानी ?

मन्त्रीज्यू, दशैं आयो त ! खै मेलम्चीको पानी ?

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: यस वर्षको दशैँ एक महिना लम्बिएर आयो । सरकारी दाबीअनुसार यतिबेला काठमाडौँ उपत्यकाका धारामा मेलम्चीको पानी झर्नुपर्ने थियो तर बोनसमा एक महिना पाउँदा पनि मेलम्चीको पानी धारामा चुहिएन ।

यससँगै निर्धारित समयभन्दा तीन महिनाअगावै काम सकेर बोनस खाने ठेकेदार कम्पनीको लक्ष्य पनि प्रभावित भएको छ ।अन्ततः पानी पथान्तरणको वैकल्पिक संरचना (अस्थायी डाइभर्सन)बाट सुरुङमा पानी पठाएर २०७७ को दशैँसम्म मेलम्चीको पानी काठमाडौँमा ल्याउने खानेपानी मन्त्रालयको घोषणा घोषणा मै सीमित भयो ।

सुरुङमा जडान गरिएको (गेट) प्रवेशद्वारलाई पथान्तरण गरिएको पानीले भत्काएपछि यो दशैँमा पानी ल्याउन सम्भव नभएको मन्त्रालयको दाबी छ ।अन्तिम अवस्थामा अम्बाथानको प्रवेशद्वार भत्किएपछि चारवटै प्रवेशद्वारको पुनःनिर्माण गर्नु परेकाले पानी आउन ढिलाइ भएको हो।

मन्त्रालयका प्रवक्ता रितेश शाक्य भन्नुहुन्छ, “अस्थायी डाइभर्सनबाट मेलम्चीको पानी ल्याउने अन्तिम तयारीमै थियौँ । परीक्षणका लागि पानी पथान्तरण गर्दा एक्कासि गेट खुल्यो, दुर्घटना भयो । त्यो नभएको भए अहिलेसम्म पानी आइसक्थ्यो ।”अब चारैवटा प्रवेशद्वार पुनः जडान गरेपछि मात्र पानी पथान्तरण गरिने छ ।

शाक्यका अनुसार दुईवटा गेटको फ्रेम भारतबाट आइसकेका छन्, बाँकी दुईवटा आउँदै छन् । आएका फ्रेम जडानको काम भइरहेको छ । गेटसँगै कोरोना महामारीको पाँच महिने बन्दा बन्दीले पनि ढिलाइ गराएको मन्त्रालयको दाबी छ ।

शाक्य भन्नुहुन्छ, “लकडाउनमा पूर्ण क्षमतामा काम हुन पाएन ।करिब ४५ प्रतिशत मजदुरले मात्रै काम गरे, अरू घर फर्किए । निर्माण सामग्रीको ढुवानीमा पनि ढिलाइ भयो । ” अहिले मेलम्चीमा अस्थायी डाइभर्सनको काम भइरहेको छ ।

त्यस बाहेका सुरुङ परीक्षण र हेडवक्र्सको काम भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । सुरुङ फिनिसिङको एक वर्षे सम्झौताको म्याद अक्टोबरमा सकिएको छ ।

को’रोनाले प्रभावित भएको भनेर छ महिनासम्म म्याद थप गर्न सकिने सरकारी भनाइ रहेको समितिका प्रवक्ता रोजेन्द्र पन्तले जानकारी दिनुभयो। हेडवक्र्स निर्माणको काम पनि भइरहेको छ । यसको अवधि २०७७ माघसम्म हो ।

काम भइरहेकाले सम्झौता अवधि मै सकिने सम्भावना रहेको पन्तको भनाइ छ ।बन्दाबन्दी अघि राम्रोसँग काम भएकाले खासै प्रभाव नपर्ने समितिको अनुमान थियो । प्रवेशद्वार भत्किएपछि र कोरोनाका कारण बन्दाबन्दी भएपछि तीन महिनाअगावै सकेर बोनस खाने ठेकेदार कम्पनीको लक्ष्य प्रभावित भएको छ। मेलम्ची आयोजनाको हालसम्मको अवस्था भने सन्तोषजनक नै रहेको समितिले जनाएको छ|

सम्बन्धित समाचार

कोरोनाको खोपसहित रसियन उच्चस्तरीय टोली नेपाल आउँदै

अर्को सातादेखि आफ्ना नागरिकलाई कोभिड–१९ विरुद्ध खोप दिने घोषणा गरेको रसियाले ‘ग्लोबल मार्केटिङ’ सँगैसँगै सुरु गर्ने भएकोले अर्को साता आफूले तयार गरेको खोप ‘स्पुतनिक भी’ को नमुनासहित उच्चस्तरीय प्रतिनिधि मण्डल नेपाल आउने भएको छ।

प्रधानमन्त्री ओली समझदारीबिना नजाने सचिवालय बैठकमा

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव फिर्ता नभएसम्म बैठक अघि नबढ्ने अडान कायमै राखेका छन्।

१२१ गोरु लैजाँदै गरेको ५ वटा ट्रक नियन्त्रणमा

प्रहरीले बुटवलबाट ५ ट्रक गोरु नियन्त्रणमा लिएको छ। पश्चिमबाट पूर्वतर्फ लैजाँदै गरेका गोरु बुटवलको अस्पताललाइनबाट नियन्त्रणमा लिइएको हो।

नेकपा सचिवालय बैठक: प्रचण्ड एक घण्टाअघि नै बालुवाटारमा

नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । शनिवार दिउँसो १ बजेका लागि सचिवालय बैठक तय भएकोमा सो भन्दा १ घण्टाअघि नै प्रचण्ड बालुवाटार पुगेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

यस्तो फोटो खिचाएकै कारण जेल परिन् यी सुन्दरी, हेर्नुहोस १६ तस्विर

अहिले हामी २१ ‌‍‍औं शताव्दीमा छौं । अहिले बालक देखि बृद्धसम्मको हातहातमा मोबाईल हुने गरेको छ । बेला न कुबेला मोबाईल निकालेर सेल्फी खिच्न पछि पर्दैनौं ।

कोरोनाको खोपसहित रसियन उच्चस्तरीय टोली नेपाल आउँदै

अर्को सातादेखि आफ्ना नागरिकलाई कोभिड–१९ विरुद्ध खोप दिने घोषणा गरेको रसियाले ‘ग्लोबल मार्केटिङ’ सँगैसँगै सुरु गर्ने भएकोले अर्को साता आफूले तयार गरेको खोप ‘स्पुतनिक भी’ को नमुनासहित उच्चस्तरीय प्रतिनिधि मण्डल नेपाल आउने भएको छ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई धोका नदिने, यस्तोसम्म छ खतरनाक भित्री तयारी !

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक किचलो चरमचुलीमा पुगेको छ । यता पार्टीको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको आरोप खेपेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट आएको प्रस्तावलाई हालको अवस्थामा अस्वीकार गर्न नसक्ने संकेत दिएकी छन्।

प्रधानमन्त्री ओली समझदारीबिना नजाने सचिवालय बैठकमा

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव फिर्ता नभएसम्म बैठक अघि नबढ्ने अडान कायमै राखेका छन्।