Saturday, December 5, 2020

Saturday, December 5, 2020
ads_nepal_online_patrika
नेपाल पल शाहले सियोनाको लागि दशै दक्षिणा स्वरुप टिकाकै दिन १ लाख प्रदान

पल शाहले सियोनाको लागि दशै दक्षिणा स्वरुप टिकाकै दिन १ लाख प्रदान

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: यतिबेला दशैको माहौल छ । मान्यजनबाट टीका र आशीर्वाद लिने क्रम चलिरहेको छ ।

यता सेलिब्रेटिहरुले पनि आफ्नो दशै टिकाको तस्वीरहरुलाई सामाजिक संजाल फेसबुकमा सार्बजनिक गरिरहेका छन् । यस्तैमा नायक पल शाहले भने अलि फरक तवरले आफ्नो टीका तस्वीर सार्बजनिक गरेका छन् ।

शाहले टीका पछि तस्वीर आफ्नो फेसबुकमा सार्बजनिक गर्दै जीवन मरणको बाजि खेलिरहेकि १३ महिने सियोना श्रेष्ठको लागि आर्थिक सहयोग गरेको पनि जानकारी गराएका छन् । उनले सियोनाको सिघ्र स्वस्थ्य लाभको कामना गर्दै पल र उनको परिवारको तर्फबाट दशै र दक्षिणा स्वरुप १ लाख नगद हस्तान्तरण गरेको खुलाएका छन् ।

सियोनाको उपचार नेपालमा सम्भव नहुने र उपचार गर्न २५ करोडको हाराहारीमा खर्च लाग्ने भएपछि सियोनाको बुवाआमा यतिबेला सहयोग अपिल गरिरहेका छ ।

जसमा केही नेपाली सेलिब्रेटीहरुले पनि साथ दिएका छन् । तर, थोरै सेलिब्रेटीहरुले मात्र आर्थिक सहयोग गरेका कारण आफ्नो छोरिको जीवन रक्षाको निम्ति सबै सेलिब्रेटिहरुलाई सकेको आर्थिक सहयोग गर्न सियोनाको आमा एलिनाले आग्रह गरेकि छन् ।

यसअघि अभिनेत्री वर्षा राउतले ३० हजार, गायक बुद्ध लामाले १० हजार, हास्यकलाकार कुमार कट्टेलले १० हजार आर्थिक रकम सहयोग गरे भने यता परमिताले ईन्स्टाग्राममा अनलाईन स्टोर नै सुरु गरेकी छन् ।

जहाँ बिक्री भएर आएको रकम सियोनाको उपचारमा खर्च हुनेछ । यस्तै अभिनेत्री करिष्मा मानन्धरले पनि सहयोग गरेको बताएकी छिन् । उनले फेसबुकमा एक स्ट्याटस लेख्दै अभिनेत्री परमिता आरएल रानाले सुरु गरेको अभियान मार्फत सहयोग गरेको लेखेकी छन् ।

हालसम्म देश तथा बिदेशबाट ७ करोड बढी नेपाली रुपैयाँ जम्मा भएको जानकारी आएको छ । छोटो समयमा धेरै पैसा संकलन भएको छ तर, सियोनाको उपचारको लागि यो रकम धेरै नै कम हो ।

त्यसैले अझै सहयोगको जरुरत छ । सियोनलाई जन्मजात वंशानुगत लाग्ने रोग स्पाईनल मुस्कुलर थेरापी-एसएमई-१ (SPINAL MUSCULAR ATROPHY (SME-1) रोग लाग्यो । जुन रोगका कारण बच्चाको अंगहरुले काम नगर्ने, विस्तारै सबै सुक्दै जाने र मृत्युसम्म हुने जस्ता लक्षण देखिन्छ । जस्का कारण यतिबेला मृत्यु जित्न संघर्ष गरिरहेकी सियोनाको जीवन रक्षाको कामना गर्दै देशबिदेशमा रहेका आम नेपाली तथा सेलिब्रेटिहरुले पनि सहयोग गरिरहेका हुन् ।

१३ महिना भएकी सियोनको उपचार २ वर्ष उमेर भित्रमा गरिसक्नुपर्ने छ । तर, जति चाडो गर्यो त्यति राम्रो हुने हस्पिटलले बताएको छ । यो रोगको उपचार नेपालमा सम्भव नभएपछि छोरिका साथमा सन्दिप दम्पती झन्डै डेढ महिनादेखी पोल्यान्डमा छन् । यतिबेला अभियानलाई अझै प्रभावकारी बनाउन फेसबुकमा पब्लिक ग्रुप नै बनेको छ । सियोनालाई सहयोग गर्न अनलाइन, बैंक एकाउन्ट र ए-सेवा एकाउन्ट रहेको छ ।

जहा सहयोगीदाता आफुले चाहेको रकम पठाउन सक्नेछन् । बैंकमा सहयोग रकम पठाउनको लागि सियोन श्रेष्ठ (Siyona Shrestha) नाममा बैंक अफ काठमाडौ (Bank of Kathmandu) को परासी ब्रान्च (Parasi branch) मा एकाउन्ट खोलिएको छ । जस्को एकाउन्ट नम्बर 206500000031524 रहेको छ ।

यस्तै, ईसेवाबाट आर्थिक सहयोग गर्नको लागि 9816457809 र 9847206466 आईडी प्रयोग गर्दै सियोन बचाउ अभियानमा साथ दिन सक्नुहुनेछ छ भने www.gofoundme.com मार्फत पनि सहयोग रकम पठाउन सकिनेछ ।

सम्बन्धित समाचार

कोरोनाको खोपसहित रसियन उच्चस्तरीय टोली नेपाल आउँदै

अर्को सातादेखि आफ्ना नागरिकलाई कोभिड–१९ विरुद्ध खोप दिने घोषणा गरेको रसियाले ‘ग्लोबल मार्केटिङ’ सँगैसँगै सुरु गर्ने भएकोले अर्को साता आफूले तयार गरेको खोप ‘स्पुतनिक भी’ को नमुनासहित उच्चस्तरीय प्रतिनिधि मण्डल नेपाल आउने भएको छ।

प्रधानमन्त्री ओली समझदारीबिना नजाने सचिवालय बैठकमा

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव फिर्ता नभएसम्म बैठक अघि नबढ्ने अडान कायमै राखेका छन्।

१२१ गोरु लैजाँदै गरेको ५ वटा ट्रक नियन्त्रणमा

प्रहरीले बुटवलबाट ५ ट्रक गोरु नियन्त्रणमा लिएको छ। पश्चिमबाट पूर्वतर्फ लैजाँदै गरेका गोरु बुटवलको अस्पताललाइनबाट नियन्त्रणमा लिइएको हो।

नेकपा सचिवालय बैठक: प्रचण्ड एक घण्टाअघि नै बालुवाटारमा

नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । शनिवार दिउँसो १ बजेका लागि सचिवालय बैठक तय भएकोमा सो भन्दा १ घण्टाअघि नै प्रचण्ड बालुवाटार पुगेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

यस्तो फोटो खिचाएकै कारण जेल परिन् यी सुन्दरी, हेर्नुहोस १६ तस्विर

अहिले हामी २१ ‌‍‍औं शताव्दीमा छौं । अहिले बालक देखि बृद्धसम्मको हातहातमा मोबाईल हुने गरेको छ । बेला न कुबेला मोबाईल निकालेर सेल्फी खिच्न पछि पर्दैनौं ।

कोरोनाको खोपसहित रसियन उच्चस्तरीय टोली नेपाल आउँदै

अर्को सातादेखि आफ्ना नागरिकलाई कोभिड–१९ विरुद्ध खोप दिने घोषणा गरेको रसियाले ‘ग्लोबल मार्केटिङ’ सँगैसँगै सुरु गर्ने भएकोले अर्को साता आफूले तयार गरेको खोप ‘स्पुतनिक भी’ को नमुनासहित उच्चस्तरीय प्रतिनिधि मण्डल नेपाल आउने भएको छ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई धोका नदिने, यस्तोसम्म छ खतरनाक भित्री तयारी !

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक किचलो चरमचुलीमा पुगेको छ । यता पार्टीको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको आरोप खेपेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट आएको प्रस्तावलाई हालको अवस्थामा अस्वीकार गर्न नसक्ने संकेत दिएकी छन्।

प्रधानमन्त्री ओली समझदारीबिना नजाने सचिवालय बैठकमा

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव फिर्ता नभएसम्म बैठक अघि नबढ्ने अडान कायमै राखेका छन्।