Saturday, December 5, 2020

Saturday, December 5, 2020
ads_nepal_online_patrika
अन्तर्राष्ट्रिय फेसबुकको भारत नीति हेर्ने प्रमुखले किन दिइन् राजीनामा ?

फेसबुकको भारत नीति हेर्ने प्रमुखले किन दिइन् राजीनामा ?

Published:

On: Nepal

बीबीसी । सामाजिक सञ्जाल फेसबुकको भारत नीति हेर्ने प्रमुख अङ्खी दासले आफ्नो पदबाट राजीनामा दिएकी छन्। घृणा फैलाउने एउटा अभिव्यक्तिसम्बन्धी विवादमा उक्त सञ्जाल मुछिएको दुई महिनापछि उनले राजीनामा दिएकी हुन्।

मुस्लिमविरोधी पोस्टहरूको हकमा भारतको सत्तारूढ दलका समर्थकहरूले घृणा फैलाउने अभिव्यक्ति रोक्ने आफ्ना नीति उल्लङ्घन गर्ने गरे पनि फेसबुकले त्यसप्रति नरम रवैया अपनाएको द वाल स्ट्रीट जर्नलले आरोप लगाएको थियो।

अङ्खी दासले विवादास्पद निर्णयहरू गरेको र उनी राजनीतिक रूपमा पूर्वाग्रही भएको पनि उक्त पत्रिकाले आरोप लगाएको थियो।

केरकार

फेसबुकले ती आरोपहरू अस्वीकार गरेको छ र कुनै पार्टीको समर्थक नरहेको दाबी गरेको छ। तर यो विवादले सबैभन्दा ठूलो बजारमा उक्त सामाजिक सञ्जाललाई नाजुक अवस्थामा पुर्‍याइदियो।

पछि भारतका लागि फेसबुकका व्यापार प्रमुख अजित मोहन त्यहाँको एउटा संसदीय समितिको केरकारमा परे। जनसेवामा आफ्नो रुचिलाई अगाडि बढाउन फेसबुकको जिम्मेवारीबाट अङ्खी दासले राजीनामा दिएको मङ्गलवार एउटा वक्तव्य जारी गर्दै मोहनले बताएका छन्।

अङ्खी दास भारतमा फेसबुकका लागि काम गर्ने शुरूवाती चरणकी एक कर्मचारी भएको, कम्पनीको प्रगतिमा उनले सक्रिय भूमिका निर्वाह गरेको र ठूलो योगदान पुर्‍याएको मोहनले उल्लेख गरेका छन्।

गत अगस्ट महिनामा भारतीय जनता पार्टीका एक सांसदले पोस्ट गरेका मुस्लिमविरोधी सामग्रीहरूबारे द वाल स्ट्रीट जर्नलले प्रश्न गरेपछि बल्ल फेसबुकले त्यसलाई हटाएको थियो।

भूमिका

त्यो प्रकरणलाई लिएर अङ्खी दास सञ्चारमाध्यममा चर्चामा आएकी थिइन्। उनी त्यो विवादको केन्द्रमा थिइन् किनकि मुस्लिमविरोधी ती सामग्री हटाउन अस्वीकार गरेको उनीमाथि आरोप लागेको थियो।

द वाल स्ट्रीट जर्नलका अनुसार उनले कर्मचारीहरूलाई प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीका नेताहरूलाई नीति उल्लङ्घनका घटनामा दण्डित गर्दा त्यसले भारतमा फेसबुकको व्यापार परिदृश्यमा क्षति पुर्‍याउने बताएकी थिइन्।

बीजेपीका कम्तीमा अरू तीनजना समर्थकले पनि सोही प्रकृतिका पोस्टहरू गरेको र त्यसबाट फेसबुकको नीति उल्लङ्घन भएको देखिँदा समेत त्यसलाई नहटाइएको सो पत्रिकाले जनाएको छ।

त्यसपछि द वाल स्ट्रीट जर्नलले आफ्नो दोस्रो रिपोर्टमा पनि अङ्खी दासको भूमिकाबारे प्रश्न उठायो जसमा उनले बीजेपी र मोदीलाई समर्थन गरेको तथा आन्तरिक सन्देशमा विपक्षी दलहरूलाई तल देखाएको आरोप लगाइएको थियो।

तीस करोडभन्दा बढी प्रयोगकर्ता रहेको फेसबुक भारतमा निकै लोकप्रिय छ। भारतमा फेसबुककै अर्को मञ्च ह्वाट्सएपका ४० करोड प्रयोगकर्ता छन्।

सम्बन्धित समाचार

कोरोनाको खोपसहित रसियन उच्चस्तरीय टोली नेपाल आउँदै

अर्को सातादेखि आफ्ना नागरिकलाई कोभिड–१९ विरुद्ध खोप दिने घोषणा गरेको रसियाले ‘ग्लोबल मार्केटिङ’ सँगैसँगै सुरु गर्ने भएकोले अर्को साता आफूले तयार गरेको खोप ‘स्पुतनिक भी’ को नमुनासहित उच्चस्तरीय प्रतिनिधि मण्डल नेपाल आउने भएको छ।

सबैलाई सरकारले कोरोनाको खोप निःशुल्क लगाइदिने

सबैलाई सरकारले कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु भेटिइरहेका

नेपालमा फास्ट ट्रयाकमा खोप ल्याउने तयारी शुरु

सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप ल्याउन द्रुत प्रतिकार्य योजना बनाएको हो ।

चीनको चाङ्ग-अ फाइभ अन्तरिक्ष यानद्वारा चन्द्रमामा सफल अवतरण

चीनले सफलतापूर्वक अर्को अन्तरिक्ष यानलाई चन्द्रमामा उतारेको छ। उसको रोबोटिक चाङ्ग-अ फाइभ अभियान अन्तर्गत गए राति उक्त यान चन्द्रमाको सतहमा अवतरण गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

यस्तो फोटो खिचाएकै कारण जेल परिन् यी सुन्दरी, हेर्नुहोस १६ तस्विर

अहिले हामी २१ ‌‍‍औं शताव्दीमा छौं । अहिले बालक देखि बृद्धसम्मको हातहातमा मोबाईल हुने गरेको छ । बेला न कुबेला मोबाईल निकालेर सेल्फी खिच्न पछि पर्दैनौं ।

कोरोनाको खोपसहित रसियन उच्चस्तरीय टोली नेपाल आउँदै

अर्को सातादेखि आफ्ना नागरिकलाई कोभिड–१९ विरुद्ध खोप दिने घोषणा गरेको रसियाले ‘ग्लोबल मार्केटिङ’ सँगैसँगै सुरु गर्ने भएकोले अर्को साता आफूले तयार गरेको खोप ‘स्पुतनिक भी’ को नमुनासहित उच्चस्तरीय प्रतिनिधि मण्डल नेपाल आउने भएको छ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई धोका नदिने, यस्तोसम्म छ खतरनाक भित्री तयारी !

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक किचलो चरमचुलीमा पुगेको छ । यता पार्टीको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको आरोप खेपेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट आएको प्रस्तावलाई हालको अवस्थामा अस्वीकार गर्न नसक्ने संकेत दिएकी छन्।

प्रधानमन्त्री ओली समझदारीबिना नजाने सचिवालय बैठकमा

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव फिर्ता नभएसम्म बैठक अघि नबढ्ने अडान कायमै राखेका छन्।