Saturday, December 5, 2020

Saturday, December 5, 2020
ads_nepal_online_patrika
अन्तर्राष्ट्रिय खानाको विषयलाई लिएर भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

खानाको विषयलाई लिएर भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि कुटपिट भएको छ। भारतको देहरादुनमा अध्ययनरत ५९ जना बालबालिकामाथि त्यहाँका लामाले कुटपिट गरेको राष्ट्रिय मानवअधिकार आयोगकी पूर्व प्रवक्ता मोहना अन्सारीले जानकारी पाएको बताएकी छन्।

उनले ट्वीटरमा लेखेकी छन्, ‘भारतको देहरादून स्थित आश्रममा नेपाली बालबालिका करीब ५९जनामाथि त्यहांका लामाले खानाको विषयलाई लिएर निर्मम यातना दिएका छन्, हाल बाग्लुंग, रुकुम, जुम्ला, हुम्ला, सिन्धुपालचोक र रामेछाप लगायतबाट अभिभावकको उध्दारका लागि निरन्तर फोन आइरहेको छ।’

अन्सारीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई ट्वीटरमा मेन्सन गर्दै ट्वीट गरेपछि मन्त्री ज्ञवालीले यो विषयमा खोजी भइरहेको जनाएका छन्। नयाँदिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यले पनि यो विषयमा खोजी भइरहेको बताएका छन्। उनले यो विषयमा दूतावासले सहयोग गर्ने भन्दै हेल्प नम्बर र इमेल आईडीसमेत दिएका छन्।

उनले +918929601925 नम्बरमा र [email protected] इमेलमा सम्पर्क गर्न सकिने बताएका छन्।

उता परराष्ट्र मन्त्रालयले यो विषय सञ्चार माध्यममार्फत जानकारी भएपछि खोजी भइरहेको जनाएको छ। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले औपचारिक रुपमा जानकारी लिने काम भइरहेको डिसी नेपाललाई बताइन्।

सम्बन्धित समाचार

कोरोनाको खोपसहित रसियन उच्चस्तरीय टोली नेपाल आउँदै

अर्को सातादेखि आफ्ना नागरिकलाई कोभिड–१९ विरुद्ध खोप दिने घोषणा गरेको रसियाले ‘ग्लोबल मार्केटिङ’ सँगैसँगै सुरु गर्ने भएकोले अर्को साता आफूले तयार गरेको खोप ‘स्पुतनिक भी’ को नमुनासहित उच्चस्तरीय प्रतिनिधि मण्डल नेपाल आउने भएको छ।

प्रधानमन्त्री ओली समझदारीबिना नजाने सचिवालय बैठकमा

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव फिर्ता नभएसम्म बैठक अघि नबढ्ने अडान कायमै राखेका छन्।

१२१ गोरु लैजाँदै गरेको ५ वटा ट्रक नियन्त्रणमा

प्रहरीले बुटवलबाट ५ ट्रक गोरु नियन्त्रणमा लिएको छ। पश्चिमबाट पूर्वतर्फ लैजाँदै गरेका गोरु बुटवलको अस्पताललाइनबाट नियन्त्रणमा लिइएको हो।

नेकपा सचिवालय बैठक: प्रचण्ड एक घण्टाअघि नै बालुवाटारमा

नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । शनिवार दिउँसो १ बजेका लागि सचिवालय बैठक तय भएकोमा सो भन्दा १ घण्टाअघि नै प्रचण्ड बालुवाटार पुगेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

यस्तो फोटो खिचाएकै कारण जेल परिन् यी सुन्दरी, हेर्नुहोस १६ तस्विर

अहिले हामी २१ ‌‍‍औं शताव्दीमा छौं । अहिले बालक देखि बृद्धसम्मको हातहातमा मोबाईल हुने गरेको छ । बेला न कुबेला मोबाईल निकालेर सेल्फी खिच्न पछि पर्दैनौं ।

कोरोनाको खोपसहित रसियन उच्चस्तरीय टोली नेपाल आउँदै

अर्को सातादेखि आफ्ना नागरिकलाई कोभिड–१९ विरुद्ध खोप दिने घोषणा गरेको रसियाले ‘ग्लोबल मार्केटिङ’ सँगैसँगै सुरु गर्ने भएकोले अर्को साता आफूले तयार गरेको खोप ‘स्पुतनिक भी’ को नमुनासहित उच्चस्तरीय प्रतिनिधि मण्डल नेपाल आउने भएको छ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई धोका नदिने, यस्तोसम्म छ खतरनाक भित्री तयारी !

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक किचलो चरमचुलीमा पुगेको छ । यता पार्टीको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको आरोप खेपेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट आएको प्रस्तावलाई हालको अवस्थामा अस्वीकार गर्न नसक्ने संकेत दिएकी छन्।

प्रधानमन्त्री ओली समझदारीबिना नजाने सचिवालय बैठकमा

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव फिर्ता नभएसम्म बैठक अघि नबढ्ने अडान कायमै राखेका छन्।