Tuesday, December 1, 2020

Tuesday, December 1, 2020
आर्थिक धान खेतमै माछापालन गरेर मनग्य आम्दानी गर्दे कञ्चनपुरका किसान।

धान खेतमै माछापालन गरेर मनग्य आम्दानी गर्दे कञ्चनपुरका किसान।

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका भवानी सिंह ऐरले धान खेतमा माछापालन गरी रु तीन लाख बढी आम्दानी गरेका छन् । जेकेए पशुपछी तथा मत्यस्यपालन फार्म खोलेर धान खेतमा माछापालन गर्दै आउनुभएका ऐरले विगत चार महिनाको अवधिमा खेतमा उत्पादन भएको माछा बेचेर रु तीन लाखभन्दा बढी आम्दानी गरेका हुन्।

उनले एक विघा धान खेतमा कमन, रहु, भाकुर, नैनी, सिल्भर, ग्रासकार्पलगायत जातका माछापालन गरेका छन् । गत असार महिनामा माछाका पाँच हजार भुरा खेतमा राखेका उनले चार महिनामा सो भुराको तौल आधा किलोसम्म पु¥याएर विक्री गरेका छन् ।

“धान खेतमै पानी, चारो, मलको व्यवस्था गरी माछापालन गरेका छौं”, उहाँले भन्नुभयो, “माछापालनबाट सोचे भन्दा बढीनै आम्दानी भएको छ ।” धानको उत्पादन समेत बढेपछि दोहरो आम्दानी हात परेको उनको भनाइ छ।

“धान खेतमा माछापालन शुरु गरेपछि रोग किराको समस्या समेत हटेको छ । धानमा लाग्ने किरा सबै माछाले खाइ दिएपछि अरु वर्षको जस्तो रोग किराको समस्या पनि व्योहोर्नु परेन”, ऐरले भने, “माछासँगै धानको उत्पादन बढेपछि माछापालनलाई अर्को वर्ष पनि निरन्तरता दिने योजना छु ।”धान काटेर थन्क्याई सकेका उनले खेतमा राखिएका माछा केही बिक्री गरेका छन भने केही बिक्रीका लागि तयारी अवस्थामा राखिएको छ ।

धानखेतसँगै उनले माछापालनका लागि चार वटा पोखरी समेत निर्माण गर्नुभएको छ । विगतका वर्षमा ५÷६ बोरी मात्रै धान उत्पादन हुने खेतमा यो वर्ष मसिनो जातको ३० बोरी धान उत्पादन भएको उनको भनाइ छ।धान खेतमा बिक्री नभएका माछा पोखरीमा राखेर ग्राहकको माग अनुसार बजारसम्म पु¥याउने उहाँको योजना छ । खेतमा माछापालनका लागि धान रोप्नु अघि नै घरमै तयार गरिएको प्रांगारिक मल राखेर जोताइ गर्नुपर्दछ ।

त्यसपछि खेतमा पानी लगाइ हिल्याएर मात्र धान रोप्नुपर्ने हुन्छ । धान रोपेको १५ दिन पछि युरिया मल छर्किएर माछाका भुरा ल्याएर खेतमा छाड्नु पर्ने उनको भनाइ छ।

माछा राखिएको खेतको पानी अन्यत्र जान नदिनका लागि बलियो आलि ९मेण० बनाउनु पर्ने हुन्छ । “खेत र पोखरीमा गरी दुई सय क्विन्टल माछा उत्पादन भएको छ”, ऐरले भने, “यसको बजार मूल्य रु छ लाख रहेको छ ।”

माछापालनका लागि मात्रै ऐरले पाँच लाख रुपैयाँ लगानी गरेका छन । माछापालनसँगै उहाँले स्थानयी जातका कुखुरा, बङ्गुर, चाइनिज हाँस समेत पालेका छन् । फार्ममा माछा, कुखुरा, बङ्गुर र हाँस पालेका उनले यसका लागि भौतिक संरचना निर्माणमा रु ३० लाख लगानी गरेका छन ।

फार्म सञ्चालनका लागि केही रकम आफूसंगै भएको र केही रकम बैंकबाट ऋण लिएको उनको भनाइ छ।

सम्बन्धित समाचार

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।

देशभर श्रृंखलाबद्ध प्रदर्शन राजतन्त्रको पक्षमा कसले गर्दैछ ?

नेपालमा राजतन्त्रको विधिवत अन्त भएको १२ वर्ष भएको छ । तर, केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । सोमबार काठमाडौंमा पनि राजतन्त्रको माग गर्दै प्रदर्शन भयो ।

प्रहरी बोलाइन् आफ्नै घरको दराज फोरिन्, लाखौं मुल्यका गहना अन्तै लुकाएर चोरी भयो भन्दै

श्रीमानसंग सम्बन्ध विग्रदै गएपछि उनीसंग अलग हुन गरेको नाटक एकै छिनमा खुलेपछि महिला पक्राउ परेकी छन् । दिनभरी प्रहरी कार्यालयमा श्रीमानले या त ना दिएको भन्दै छलफल गर्न बसेकी महिला घर फर्कने वित्तिकै घरमा चोरी भएको भनेर फेरी प्रहरी गुहारीन् ।

बुबाले नै सु’टर मार्फत गो’ली प्र’हार ग’री प्रेममा परेकी अमृतालाई ह’त्या गरेको खु’लासा

नेपाल अनलाइन पत्रिका | काठमाडौं: रौतहटहमा प्रेमीसंग भागे इ'ज्जत जा'ने ड'रले बुबाले आफ्नै छो'रीको सु'टर मार्फत गो'ली प्र'हार गराइ ह'त्या गरेको रह'स्य खुलेको छ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार