Tuesday, December 1, 2020

Tuesday, December 1, 2020
आर्थिक विद्युत प्राधिकरण दैनिक ५ करोड घाटा बेहोर्दै

विद्युत प्राधिकरण दैनिक ५ करोड घाटा बेहोर्दै

Published:

On: Nepal

काठमाडौं। दशैं अवधिमा घट्न थालेको विद्युतको माग अहिलेसम्म पनि बढ्न नसक्दा दैनिक ५ करोड रुपैयाँ भन्दा बढी घाटा भइरहेको विद्युत प्राधिकरणले जनाएको छ।

दसैंको भोलिपल्टदेखि दैनिक एक हजार मेगावाट आवरका दरले ऊर्जाको माग बढे पनि त्यो सामान्य समयको भन्दा अझै ५–६ हजार मेगावाट आवरभन्दा कम छ। सामान्य समयमा दैनिक २८ हजार मेगावाट आवरसम्म ऊर्जा खपत भइरहेकोमा फूलपातीको दिन २२ हजार मेगावाट आवरमा सीमित भएको थियो।

त्यसपछि क्रमशः घट्ने क्रममा टीकाका दिन १६ हजार मेगावाट आवर मात्रै ऊर्जा खपत भएको थियो। टीकाको भोलिपल्टदेखि भने खपत विस्तारै उकालो लाग्दै दैनिक एक हजार मेगावाट आवरले वृद्धि हुन थालेको प्राधिकरणका अधिकारीहरूको भनाइ छ।

गत मंगलबार १७ हजार, बुधबार १८ हजार, बिहीबार १९ हजार र शुक्रबार २१ हजार मेगावाट आवरभन्दा बढी ऊर्जा खपत भएको नेपाल विद्युत प्राधिकरण भारप्रेषण केन्द्रले जनाएको छ। आइतबारदेखि दसैंको असर सकिने र उद्योगधन्दादेखि व्यापार व्यवसायसम्म पुरानै लयमा फर्किएपछि विद्युत खपत पनि पुरानै लयमा फर्किने प्राधिकरणका अधिकारीहरूको विश्वास छ।

शुक्रबारको २१ हजार ६०० मेगावाट आवर विद्युत ऊर्जाको माग व्यवस्थापनमा नेपाल विद्युत प्राधिकरणका आयोजनाबाट ८ हजार ३०० मेगावाट आवर, निजी क्षेत्रका आयोजनाबाट १२ हजार ३०० मेगावाट आवर र भारतबाट एक हजार मेगावाट आवर विद्युत ऊर्जा आयात गरेर आपूर्ति गरिएको थियो।

माग नबढ्दा विद्युत प्राधिकरणले आफ्ना आयोजना बन्द गरेर निजी क्षेत्रको धेरैभन्दा धेरै विद्युत बजारमा आपूर्ति गरिरहेको छ। अहिले औसत विद्युत माग ६–७ सय मेगावाट आवर भन्दा बढी हुन सकेको छैन। पिक समयमा भने एक हजार मेगावाट हाराहारी विद्युत माग भइरहेको प्राधिकरणले जनाएको छ। विद्युत खरिद सम्झौता गरेकाले निजी क्षेत्रका सबै आयोजनाको ऊर्जा प्राधिकरणले लिनै पर्छ।

त्यसैले आफ्ना आयोजनाको उत्पादन घटाएर पनि निजी क्षेत्रद्वारा उत्पादित बिजुली प्राधिकरणले लिएर वितरण गरिरहेको छ। खपतको माग नबढ्दा भने घाटा दिनदिनै बढ्ने चिन्ता प्राधिकरणमा छ।

सम्बन्धित समाचार

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।

देशभर श्रृंखलाबद्ध प्रदर्शन राजतन्त्रको पक्षमा कसले गर्दैछ ?

नेपालमा राजतन्त्रको विधिवत अन्त भएको १२ वर्ष भएको छ । तर, केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । सोमबार काठमाडौंमा पनि राजतन्त्रको माग गर्दै प्रदर्शन भयो ।

प्रहरी बोलाइन् आफ्नै घरको दराज फोरिन्, लाखौं मुल्यका गहना अन्तै लुकाएर चोरी भयो भन्दै

श्रीमानसंग सम्बन्ध विग्रदै गएपछि उनीसंग अलग हुन गरेको नाटक एकै छिनमा खुलेपछि महिला पक्राउ परेकी छन् । दिनभरी प्रहरी कार्यालयमा श्रीमानले या त ना दिएको भन्दै छलफल गर्न बसेकी महिला घर फर्कने वित्तिकै घरमा चोरी भएको भनेर फेरी प्रहरी गुहारीन् ।

बुबाले नै सु’टर मार्फत गो’ली प्र’हार ग’री प्रेममा परेकी अमृतालाई ह’त्या गरेको खु’लासा

नेपाल अनलाइन पत्रिका | काठमाडौं: रौतहटहमा प्रेमीसंग भागे इ'ज्जत जा'ने ड'रले बुबाले आफ्नै छो'रीको सु'टर मार्फत गो'ली प्र'हार गराइ ह'त्या गरेको रह'स्य खुलेको छ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार