Tuesday, December 1, 2020

Tuesday, December 1, 2020
आर्थिक तिहारमा मोटरसाइकल किन्नेहरुका लागी आयो खुशीको खबर: पल्सर Bike ८ हजार ८८७ रुपैयाँमा धमाधम बिक्री सुरु

तिहारमा मोटरसाइकल किन्नेहरुका लागी आयो खुशीको खबर: पल्सर Bike ८ हजार ८८७ रुपैयाँमा धमाधम बिक्री सुरु

Published:

On: Nepal

बजाज मोटरसाइकलको लागि नेपालका लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले आजबाट चाडपर्व लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ। कम्पनीले ल्याएको ग्राहक योजनामा २० प्रतिशत डाउन पेमेन्टमा पल्सर १२५ किन्ने सोच बनाएका ग्राहकले मासिक ८ हजार ८८७ रुपैयाँ किस्ता तिरेर किन्न सक्ने छन्।

कम्पनीले आज सार्वजनिक गरेको स्कीम अनुसार २० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले १६ प्रतिशत व्याजदरमा कर्जा प्राप्त गर्न सक्ने छन्।

पल्सर १२५ को मूल्य २ लाख २६ हजार ९०० रुपैयाँ निर्धारण गरेर कम्पनीले बिक्री गर्दै आएको छ। यस्तोमा २० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले ४५ हजार ३८० रुपैयाँ डाउन पेमेन्ट वापत बुझाउनु पर्छ भने १ लाख ८१ हजार ५२० रुपैयाँ २४ किस्तामा तिर्नेगरि कर्जा लिन सक्ने छन्।

कम्पनीले ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकलाई सून्य प्रतिशत व्याजदरमा पल्सर १२५ दिने छ। बाँकी रकम ग्राहकले १७ किस्तामा तिरिसक्नु पर्ने हुन्छ। ३५ प्रतिशतभन्दा माथि डाउन पेमेन्ट गर्ने र नगदमै मोटरसाइकल किन्ने ग्राहकले भने नगद १० हजार रुपैयाँ नगद छुट पाउने छन्।

यो मोटरसाइकलमा कम्पनीले क्लास लिडिङ फिचर दिएको छ। मोटरसाइकललाई सार्प र स्पोर्टी बनाउन क्लिप अन ह्यान्डलवार दिइएको छ।

यसमा ५ स्पीडको गियरबक्स दिइएको छ। यो मोटरसाइकलमा १२५ सीसी एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन रहेको छ। यसमा उपलब्ध एयरकुल्ड डिटीएसआई इन्जिनले १३ बीएच पावरका साथै १२ एनएम टर्क उत्पादन गर्छ।

सम्बन्धित समाचार

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।

विद्युत प्राधिकरण दैनिक ५ करोड घाटा बेहोर्दै

दशैं अवधिमा घट्न थालेको विद्युतको माग अहिलेसम्म पनि बढ्न नसक्दा दैनिक ५ करोड रुपैयाँ भन्दा बढी घाटा भइरहेको विद्युत प्राधिकरणले जनाएको छ।

समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिएका छन् ।

धान खेतमै माछापालन गरेर मनग्य आम्दानी गर्दे कञ्चनपुरका किसान।

शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका भवानी सिंह ऐरले धान खेतमा माछापालन गरी रु तीन लाख बढी आम्दानी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।

देशभर श्रृंखलाबद्ध प्रदर्शन राजतन्त्रको पक्षमा कसले गर्दैछ ?

नेपालमा राजतन्त्रको विधिवत अन्त भएको १२ वर्ष भएको छ । तर, केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । सोमबार काठमाडौंमा पनि राजतन्त्रको माग गर्दै प्रदर्शन भयो ।

प्रहरी बोलाइन् आफ्नै घरको दराज फोरिन्, लाखौं मुल्यका गहना अन्तै लुकाएर चोरी भयो भन्दै

श्रीमानसंग सम्बन्ध विग्रदै गएपछि उनीसंग अलग हुन गरेको नाटक एकै छिनमा खुलेपछि महिला पक्राउ परेकी छन् । दिनभरी प्रहरी कार्यालयमा श्रीमानले या त ना दिएको भन्दै छलफल गर्न बसेकी महिला घर फर्कने वित्तिकै घरमा चोरी भएको भनेर फेरी प्रहरी गुहारीन् ।

बुबाले नै सु’टर मार्फत गो’ली प्र’हार ग’री प्रेममा परेकी अमृतालाई ह’त्या गरेको खु’लासा

नेपाल अनलाइन पत्रिका | काठमाडौं: रौतहटहमा प्रेमीसंग भागे इ'ज्जत जा'ने ड'रले बुबाले आफ्नै छो'रीको सु'टर मार्फत गो'ली प्र'हार गराइ ह'त्या गरेको रह'स्य खुलेको छ...