Tuesday, December 1, 2020

Tuesday, December 1, 2020
रोचक चिसो बढ्यो!! रक्सी पिउने गर्नुहुन्छ ? सावधान ! चिसोमा यसरी रक्सी पिउँदा ज्यानै जान्छ, सेयर गरौं

चिसो बढ्यो!! रक्सी पिउने गर्नुहुन्छ ? सावधान ! चिसोमा यसरी रक्सी पिउँदा ज्यानै जान्छ, सेयर गरौं

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौ: चिसोयाममा मदिरा सेवनपछि खुला स्थानमा ढलेर मृ’त्यु हुने बढेका छन् । चिकित्सकका अनुसार त्यसरी ढलेका व्यक्तिमा हाइपोथर्मिया (शीतांग) हुने गरेको छ ।

राजधानीमा एक सातामा चारवटा त्यस्ता घटना पाइएका छन् । खासगरी मंसिरदेखि माघसम्म पाइने शीतांगका घटना भूकम्प प्रभावित र मुलुकका अन्य भागमा समेत पाइएका छन् ।

काठमाडौं महाराजगन्जस्थित चिकित्सा क्याम्पसका फरेन्सिक चिकित्सा विशेषज्ञ डा. हरिहर वस्तीका अनुसार रक्सी सेवनपछि शीतांग भएको शंका गर्न सकिने शव जाडोयाममा बढी आउने गरेका छन् । पोस्टमार्टमका क्रममा मृतकमा कलेजोको गम्भीर संक्रमण, जन्डिसलगायत मदिरा उपयोगका कारण हुने रोगसँग अप्रत्यक्ष सम्बन्ध पाइने गरेको उनले बताए ।

विशेषज्ञहरूका अनुसार जाडोमा शरीर तताउन मद्यपानलाई सजिलो विकल्प ठानी मातेर राति ढलेकाहरू भोलिपल्ट बिहान नउठ्न पनि सक्छन् । र, मद्यपानपछि तत्काल न्यानो अनुभूति भए पनि त्यो भ्रम मात्र हो । त्यसबाट शरीर तातो नभई चिसो हुने हुनाले विशेष सावधानी अपनाउनुपर्ने चिकित्सकको सुझाव छ ।

महामारी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनी पनि जाडोबाट बच्ने उद्देश्यले रक्सी सेवन गर्नेहरूमा शीतांगको जोखिम औंल्याउँछन् । अत्यधिक मदिरा सेवनपछि बाटोमै ढलेकाहरू शीतांगका कारण मृत्युको मुखमा पुग्ने घटना काठमाडौंमा बर्सेनि ३० भन्दा बढी रहेको उनले जानकारी दिए ।

के हो शीतांग ?

जाडोयाममा शरीरको तापक्रम ३४ डिग्री सेल्सियसभन्दा तल झरेको अवस्थालाई हाइपोथर्मिया (शीतांग) भनिन्छ । यस्तो बेला हातखुट्टा चिसो हुनुका साथै सास फेर्न असजिलो, मुटुको चाल बढ्ने, रक्तचाप कम हुने र शरीरको तापक्रम कम भएपछि मृत्युसमेत हुन सक्छ ।

चिसो लाग्दा मुटुको चाल बढ्छ । विभिन्न अंगका मांसपेशीले आफूलाई न्यानो राख्न ऊर्जालाई बाहिर निकाल्न थाल्छन् । यस्तो बेला रगत प्रवाह पनि कम हुन्छ ।

खुट्टा र हत्केलामा चिसो अनुभूति हुन्छ । मद्यपानका कारण हात र खुट्टाका रक्तनली फैलिन थाल्छन् । र, रक्सी सेवन गरेकाहरूलाई हातखुट्टा तात्दै गएको भ्रम हुने गर्छ ।

विज्ञहरूका अनुसार शरीरको तापक्रम सामान्यभन्दा एकदेखि दुई डिग्रीसम्म कम हुने स्थितिमा हातलाई काम गर्न असजिलो र थाकेको अनुभव हुन्छ । दुईदेखि चार डिग्रीसम्म तापक्रम कम हुँदा जीउ काम्न थाल्छ, रक्तनलीहरू खुम्चिन थाल्छन् ।

प्रभावित व्यक्ति पहेंलो हुँदै जान्छ, ओठ र कान नीलो देखिन थाल्छन् । शरीरको तापक्रम ९० डिग्री फरेनहाइटभन्दा कम हुँदा प्रभावित व्यक्तिको जीउ काम्न बन्द हुन्छ, उसलाई सोच्न र बोल्न असजिलो हुन्छ । यस्तै, शरीरको तापक्रम ८६ डिग्री फरेनहाइटभन्दा कम हुँदा बिरामी हिँड्न सक्दैन । शरीरका सबै अंगले काम गर्न छाडछन् ।

सम्बन्धित समाचार

एकपटक पढ्नुस आनन्द आउने छ “उनीसँग बिताएको दुई रात”, ज’नचे’तनाको लागि सेयर गरौं

हिजो साँझै बाट उनको फोन अफ छ । फेरी एक पटक फोन ट्राई गरें, नेपाल टेलीकमकी युवतीले फेरी उसं गरि भनिन ‘तपाईले सम्पर्क गर्न खोज्नु भएको मोवाईलको स्वच अफ गरिएको छ ।’

संसारको सबैभन्दा म’हँगो ब्याग सार्वजनिक, मूल्य ८३ क’रोड

इटलीको एउटा लग्जरी ब्रान्डले संसारको सबैभन्दा म’हँगो ब्याग तयार गरेको छ । यो ब्यागलाई कम्पनीले हालै सार्वजनिक गरेको छ । यो ब्यागको मूल्य ५.३ मिलियन पाउन्ड (८३ क’रोड रुपैयाँ) हो ।

टाँसिएर पार्टनरसँग सुत्नुका ३ रोचक फाइदा !

हामी एक अनुसन्धानको बारेमा बताउँदैछौँ । यदि तपाईँहरुले आफ्नो पार्टनरसँग टाँसिएर सुत्नुका फाइदाहरुको बारेमा जानकारी गराउनेछौँ ।

को हुन् यी गुडिया जस्तै देखिने २६ वर्षिया सुन्दरी ? [फोटो फिचर]

सुन्दर देखिन कसलाई रहर हुन्न र तर एक युवतीलाई धेरै सुन्दरी भएको कारण घरभित्र बस्न बाध्य पारिएको छ । रुसकी २६ वर्षीया एंजेलिका कीनोवा एक अनुभवी मोडल हुन् । उनी हेर्दा नै गुडिया जस्ती देखिन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।

देशभर श्रृंखलाबद्ध प्रदर्शन राजतन्त्रको पक्षमा कसले गर्दैछ ?

नेपालमा राजतन्त्रको विधिवत अन्त भएको १२ वर्ष भएको छ । तर, केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । सोमबार काठमाडौंमा पनि राजतन्त्रको माग गर्दै प्रदर्शन भयो ।

प्रहरी बोलाइन् आफ्नै घरको दराज फोरिन्, लाखौं मुल्यका गहना अन्तै लुकाएर चोरी भयो भन्दै

श्रीमानसंग सम्बन्ध विग्रदै गएपछि उनीसंग अलग हुन गरेको नाटक एकै छिनमा खुलेपछि महिला पक्राउ परेकी छन् । दिनभरी प्रहरी कार्यालयमा श्रीमानले या त ना दिएको भन्दै छलफल गर्न बसेकी महिला घर फर्कने वित्तिकै घरमा चोरी भएको भनेर फेरी प्रहरी गुहारीन् ।

बुबाले नै सु’टर मार्फत गो’ली प्र’हार ग’री प्रेममा परेकी अमृतालाई ह’त्या गरेको खु’लासा

नेपाल अनलाइन पत्रिका | काठमाडौं: रौतहटहमा प्रेमीसंग भागे इ'ज्जत जा'ने ड'रले बुबाले आफ्नै छो'रीको सु'टर मार्फत गो'ली प्र'हार गराइ ह'त्या गरेको रह'स्य खुलेको छ...