Tuesday, December 1, 2020

Tuesday, December 1, 2020
समाचार साँच्चै मजाक होइन ! आइफोन किन्नका लागि मृगौला बेचेका युवा मृत्युसँग लड्दै

साँच्चै मजाक होइन ! आइफोन किन्नका लागि मृगौला बेचेका युवा मृत्युसँग लड्दै

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: एप्पल कम्पनीले आइफोनको नयाँ मोडल बजारमा ल्याएसँगै इन्टरनेटमा विभिन्न मीमहरु चर्चामा आउँछन् ।

यीमध्येको एउटा मजाक हो आइफोन किन्नको लागि हामीले आफ्नो मृगौला बेच्ने कुरा । तर, के तपाइँलाई थाहा छ ? १७ वर्षका एक किशोरले यो मजाकलाई साँच्चिकै वास्तविकतामा रुपान्तरण गरिदिए ।

उनले आइफोन किन्नका लागि वास्तवमै आफ्नो मृगौला बेचे ।लाइफस्टाइल म्यागजिन भाइसको रिपोर्टअनुसार वांग शांगुन नामका एक किशोरले आइफोन किन्नको लागि साँच्चिकै आफ्नो एउटा मृगौला बेचेका थिए ।

चीनका यी किशोरले २०११ मा मृगौला बेचेका थिए जतिबेला उनी १७ वर्षका थिए । त्यतिबेला उनले आइफोन ४ र आइप्याड २ किन्नको लागि आफ्नो एउटा मृगौला ३ हजार २७३ डलरमा बेचेका थिए ।

चीनको अनहुइ प्रान्तका वांग अहिले २५ वर्षका भए । र, अहिले उनका लागि ११ वर्षअघि गरेको त्यो गल्तीले निकै भयानक परिणाम लिएर आएको छ ।

त्यतिबेला वांग शांगुनले भनेका थिए ‘मलाई २ वटा मृगौला किन चाहियो ? एउटा भए पुगिहाल्छ ।’ उनी एप्पलका ग्याजेट किन्न अत्यन्तै लालायित हुन्थे त्यसैले उनले अनलाइन अवैध बजारबाट एक अंग तस्करसँग कुरा गरेका थिए । अनलाइन च्याटको क्रममा ती तस्करले वांगलाई उनले अंग बेचेर ३ हजार डलर कमाउन सक्ने बताएका थिए ।

यो कुराकानी लगत्तै १७ वर्षका वांगले आफ्नो दाहिने मृगौला बेच्नको लागि हुनान प्रान्तमा अवैध रुपमा अवैध अपरेशन गराए ।रिपोर्टका अनुसार अपरेशनको केही समयपछि नै अस्वस्थ अपरेशन गर्ने स्थान र अपरेशनपछि गरिनुपर्ने स्वाहारको कमीका कारण उनलाई संक्रमण भयो ।

स्थििति बिग्रिँदै जाँदा उनलाई नियमित डायलासिस गराउनुपर्ने भयो । अहिले २५ वर्षको उमेरमा वांग डायलासिस मेसिनसँगै बाँच्नुपर्ने भएको छ । र, सम्भवतः उनी रेनल डिफिसेन्सीका कारण जीवनभर ओच्छ्यानमै हुन पनि सक्छन् ।

डाक्टरहरुका अनुसार अब स्वस्थ हुन वांगले आफ्नै लागि मृगौला प्रत्यारोपण गराउनुपर्छ । अवैध बजारमा मृगौलाको मूल्य वांगले आफ्नो मृगौला बेचेको मूल्य भन्दा ८० गुणा बढी पर्ने बताइएको छ ।

सम्बन्धित समाचार

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।

देशभर श्रृंखलाबद्ध प्रदर्शन राजतन्त्रको पक्षमा कसले गर्दैछ ?

नेपालमा राजतन्त्रको विधिवत अन्त भएको १२ वर्ष भएको छ । तर, केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । सोमबार काठमाडौंमा पनि राजतन्त्रको माग गर्दै प्रदर्शन भयो ।

प्रहरी बोलाइन् आफ्नै घरको दराज फोरिन्, लाखौं मुल्यका गहना अन्तै लुकाएर चोरी भयो भन्दै

श्रीमानसंग सम्बन्ध विग्रदै गएपछि उनीसंग अलग हुन गरेको नाटक एकै छिनमा खुलेपछि महिला पक्राउ परेकी छन् । दिनभरी प्रहरी कार्यालयमा श्रीमानले या त ना दिएको भन्दै छलफल गर्न बसेकी महिला घर फर्कने वित्तिकै घरमा चोरी भएको भनेर फेरी प्रहरी गुहारीन् ।

बुबाले नै सु’टर मार्फत गो’ली प्र’हार ग’री प्रेममा परेकी अमृतालाई ह’त्या गरेको खु’लासा

नेपाल अनलाइन पत्रिका | काठमाडौं: रौतहटहमा प्रेमीसंग भागे इ'ज्जत जा'ने ड'रले बुबाले आफ्नै छो'रीको सु'टर मार्फत गो'ली प्र'हार गराइ ह'त्या गरेको रह'स्य खुलेको छ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार