Tuesday, December 1, 2020

Tuesday, December 1, 2020
नेपाल प्रहरी ट्राफिक प्रहरीले थाल्यो अर्को नियम पालना गराउन उच्च कडाई

ट्राफिक प्रहरीले थाल्यो अर्को नियम पालना गराउन उच्च कडाई

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: ट्राफिक प्रहरीले अर्को नियम पालना गराउन उच्च कडाई गर्न थालेको छ । मापसे र लेन क्रसमा कठोर बनेको ट्राफिक प्रहरीले सवारी चालकलाई शाखा सडकबाट मूल सडकमा सहजै निस्कँदा ‘रोक, हेर र जाउँ’ भन्ने ट्राफिक नियम पालना गराउन कडाइका साथ अभियान थालिएको छ ।

सवारी चलाउँदा ट्राफिक सङ्केत, अपनाउनुपर्ने सावधानीजस्ता नियमको पालना गर्नुपर्ने भए पनि कतिपय सवारी चालकले लापरवाहीपूर्ण तरिकाले जथाभावी बाटो पार गर्ने गरेको पाइएकाले उक्त अभियान थालिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

उपत्यकाको शाखा सडकबाट मूल सडकमा सहजै ट्राफिक सङ्केतको पालना गराउन ३८० स्थानमा ट्राफिक प्रहरी खटाइएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

“भित्री सडकबाट मुख्य सडकमा निस्कँदा ‘पर्ख, हेर र जाउँ’ भन्ने ट्राफिक नियम कतिपय सवारी चालकले पालना नगरेकाले दुर्घटनासमेत हुने गरेको छ, त्यसैले नियम पालना गराउन तथा सिकाउन चोकमा ३८० ट्राफिक प्रहरी खटाइएको हो”, महाशाखाका प्रमुख ढकालले भन्नुभयो ।

उपत्यकाको ट्राफिक चाप व्यवस्थित गर्न तथा चोकमा हुने सवारी दुर्घटना न्यूनीकरण गरी सहज र सुरक्षित यात्रा गराउन उक्त अभियान थालिएको महाशाखाको भनाइ छ । बुधबारबाट शुरु भएको अभियानमा एकै दिन तीन हजार ५०० चालकलाई उक्त सङ्केत बोर्डको महत्व तथा फाइदाको बारेमा सम्झाइबुझाई पालना गर्न सचेत गराइएको छ । काठमाडौँ उपत्यकाको मूल सडकमा निस्कने शाखा वा भित्री सडकको मुखैमा राखिएको सङ्केत बोर्डको पूर्ण पालना गर्ने शर्तमा चालकलाई छाडिएको प्रहरीले जनाएको छ ।

भित्री वा शाखा सडकबाट मूल सडकमा निस्कने सवारी चालकले स्वअनुशासित भई उक्त ‘रोक, हेर र जाउँ’को नियम पालना गरी जाम तथा दुर्घटनारहित यात्रा गर्न पनि माहशाखाले अनुरोध गरेको छ ।यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

सम्बन्धित समाचार

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।

देशभर श्रृंखलाबद्ध प्रदर्शन राजतन्त्रको पक्षमा कसले गर्दैछ ?

नेपालमा राजतन्त्रको विधिवत अन्त भएको १२ वर्ष भएको छ । तर, केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । सोमबार काठमाडौंमा पनि राजतन्त्रको माग गर्दै प्रदर्शन भयो ।

प्रहरी बोलाइन् आफ्नै घरको दराज फोरिन्, लाखौं मुल्यका गहना अन्तै लुकाएर चोरी भयो भन्दै

श्रीमानसंग सम्बन्ध विग्रदै गएपछि उनीसंग अलग हुन गरेको नाटक एकै छिनमा खुलेपछि महिला पक्राउ परेकी छन् । दिनभरी प्रहरी कार्यालयमा श्रीमानले या त ना दिएको भन्दै छलफल गर्न बसेकी महिला घर फर्कने वित्तिकै घरमा चोरी भएको भनेर फेरी प्रहरी गुहारीन् ।

बुबाले नै सु’टर मार्फत गो’ली प्र’हार ग’री प्रेममा परेकी अमृतालाई ह’त्या गरेको खु’लासा

नेपाल अनलाइन पत्रिका | काठमाडौं: रौतहटहमा प्रेमीसंग भागे इ'ज्जत जा'ने ड'रले बुबाले आफ्नै छो'रीको सु'टर मार्फत गो'ली प्र'हार गराइ ह'त्या गरेको रह'स्य खुलेको छ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार