Tuesday, December 1, 2020

Tuesday, December 1, 2020
समाचार तीनवटी श्रीमती २२ वर्षका युवकका, तीनैवटी मिलेर खोज्दैछन् चौथी सौता !

तीनवटी श्रीमती २२ वर्षका युवकका, तीनैवटी मिलेर खोज्दैछन् चौथी सौता !

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: सौता भन्ने शब्द महिलाहरुलाई पटक्कै मन नपर्ने शब्द हो । महिलाहरु विवाहपछि घरमा धेरै दुःख सहेर बसेका उदाहरणहरु छन् ।

महिलाहरु निकै सहनशील हुन्छन् तर विवाहित महिलाले सहनै नसक्ने कुरा हो – सौता । उनीहरु अरु धेरै कुरा सहन सक्छन् तर आफ्नो श्रीमानलाई अरु कसैसँग बाँड्न पटक्कै तयार हुँदैनन् । तर एक २२ वर्षका युवकका तीन श्रीमतीहरुले भने चौथी सौताको खोजी गरिरहेका छन् ।

गल्फ टुडेका अनुसार अदनान नामका यी पाकिस्तानी युवकले २२ वर्षको उमेरसम्म आइपुग्दा तीन बिहे गरिसकेका छन् । र, अब उनका तीन श्रीमतीहरु मिलेर चौथी सौता खोज्दैछन् ।

उनका तीनैवटी श्रमिती उनीसँगै छन् । पाकिस्तानको सियालकोटका अदनानको चर्चा अहिले विदेशसम्म पुगेको छ । मुस्लिम समुदायमा १ भन्दा धेरै विवाह गर्नु कुनै नौलो कुरा होइन तर श्रीमतीले नै आफ्नी सौता खोज्नु भने निश्चय पनि अनौठो कुरा हो ।अदनानले पहिलो बिहे १६ वर्षको उमेरमा गरेका थिए ।

दोस्रो श्रीमतीसँग २० वर्षमा र अर्कीसँग २१ वर्षको उमेरमा बिहे गरेका हुन् । अदनानकी श्रमितीहरुको नाम शुंभाल, शुबाना र शाहिदा हो । अहिले यी तीनैजना सौता मिलेर चौथी सौताको खोजी गरिरहेका छन् र उनीहरुलाई चौथी सौता पनि अंग्रेजीको एस अक्षरबाट नाम आउने नै चाहिएको छ ।

एस अक्षरबाट नाम आउने सौता आएमा घरमा खुसी रहिरहने उनीहरु मान्छन् ।अदनानका २ श्रीमतीका सन्तान पनि छन् । जेठी श्रीमती शुंभालका ३ र माइली श्रीमती शुबानाका दुई सन्तान छन् ।

शुबानाको एउटा बच्चालाई कान्छी शाहिदाले आफ्नो मानेकी छिन् । अदनानका तीन श्रीमतीहरुले उनीमाथि सबै श्रीमतीहरुलाई पूरा समय दिन नसकेको आरोप भने लगाउँछन् तर तीनैवटीले अदनान र बच्चाहरुको ख्याल गछृन् । अदनान तीनैजना श्रीमतीलाई प्रेम गर्छन् । उनको घरको एक महिनाको खर्च डेढ लाख पाकिस्तानी रुपैयाँ हुन्छ |

सम्बन्धित समाचार

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।

देशभर श्रृंखलाबद्ध प्रदर्शन राजतन्त्रको पक्षमा कसले गर्दैछ ?

नेपालमा राजतन्त्रको विधिवत अन्त भएको १२ वर्ष भएको छ । तर, केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । सोमबार काठमाडौंमा पनि राजतन्त्रको माग गर्दै प्रदर्शन भयो ।

प्रहरी बोलाइन् आफ्नै घरको दराज फोरिन्, लाखौं मुल्यका गहना अन्तै लुकाएर चोरी भयो भन्दै

श्रीमानसंग सम्बन्ध विग्रदै गएपछि उनीसंग अलग हुन गरेको नाटक एकै छिनमा खुलेपछि महिला पक्राउ परेकी छन् । दिनभरी प्रहरी कार्यालयमा श्रीमानले या त ना दिएको भन्दै छलफल गर्न बसेकी महिला घर फर्कने वित्तिकै घरमा चोरी भएको भनेर फेरी प्रहरी गुहारीन् ।

बुबाले नै सु’टर मार्फत गो’ली प्र’हार ग’री प्रेममा परेकी अमृतालाई ह’त्या गरेको खु’लासा

नेपाल अनलाइन पत्रिका | काठमाडौं: रौतहटहमा प्रेमीसंग भागे इ'ज्जत जा'ने ड'रले बुबाले आफ्नै छो'रीको सु'टर मार्फत गो'ली प्र'हार गराइ ह'त्या गरेको रह'स्य खुलेको छ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार