‘तत्काल देशभरि लकडाउन नहुने, कोरोना नियन्त्रणका लागी पार्टी परिचालन गरिने’

प्रकाशित:

नेपाल अनलाइन पत्रिका। काठमाडौं। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले तत्काल देशव्यापी लकडाउन नहुने बताएका छन्। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकपछि आइतबार बालुवाटारमा संवाददाताहरूसँग कुरा गर्दै मन्त्री ज्ञवालीले पहिलो प्राथमिकता लकडाउन भन्दा पनि नागरिकहरूमा जनचेतना फैलाउने र स्वास्थ्य मापदण्ड पालना गराउनेमा ध्यान केन्द्रीत हुने बताएका हुन्। ***यो समाचारको भि-डियो हेर्न तल क्लिक गर्नु 👇👇👇***

उनले भने, ‘लकडाउनले कोरोना संक्रमणको जालो त तोड्छ तर त्यो दीर्घकालीन समाधान होइन। अर्थतन्त्र पनि भर्खर तंग्रिन लागेको छ । कोरोना बढ्यो भने स्थानीयस्तरमा लकडाउन हुन्छ तर राष्ट्रव्यापी लकडाउन गर्ने पक्षमा हामी छैनौं।’ ***यो समाचारको भि-डियो हेर्न तल क्लिक गर्नु 👇👇👇***

त्यस्तै, कोभिड–१९ संक्रमण नियन्त्रणका लागि एमालेले कार्यकर्ता परिचालन गर्ने भएको छ। एमाले प्रवक्तासमेत रहेका ज्ञवालीले बिहीबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका संगठनहरूलाई कोभिड नियन्त्रणका कार्यमा खटिन निर्देशन दिएको बताए। ***यो समाचारको भि-डियो हेर्न तल क्लिक गर्नु 👇👇👇***

उनका अनुसार जिल्ला–जिल्लामा हेल्थ डेस्क राख्ने, जागरण अभियान चलाउने र कोरोनाविरुद्ध पार्टीलाई एक ढिक्का बनाउने निर्णय भएको छ । ***यो समाचारको भि-डियो हेर्न तल क्लिक गर्नु 👇👇👇***

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार