सबै परीक्षा स्थगित गर्ने सीसीएमसीको निर्णय

प्रकाशित:

नेपाल अन्लाईन पत्रिका। काठमाडौं। कोरोना संक्रमण बढेपछि सरकारले हाल चलिरहेका सबै किसिमका परीक्षा स्थगित गरेको छ। आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले अहिले जारी रहेका विद्यालय र विश्वविद्यालयका सबै परीक्षाा स्थगित गर्ने निर्णय गरेको हो।

अहिले ब्याचलरको परीक्षा चलिरहेको छ भने विद्यालयमा पनि परीक्षाको तयारी भइरहेको छ। सीसीएमसीको यो निर्णयसँगै सबै परीक्षा स्थगित भएका हुन्। हाल नेपालमा कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको छ। आइतबारमात्र ३ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् भने २८ जनाको मृत्यु भएको छ।

काेराेना संक्रमित बिरामी बढ्न थालेपछि भेरी अस्पताललाई सहयोग जुट्दै


नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको उपचारमा समस्या देखिएपछि धमाधम सहयोग जुट्न थालेको छ।

गम्भीर प्रकृतिका बिरामीलाई उपचारमा आवश्यक अक्सिजन ग्यासको समेत अभाव भएको जानकारी हुनासाथ सहयोग जुट्न थालेको हो। सङ्क्रमण अस्वभाविकरुपमा बढ्न थालेपछि कोभिड आइसोलेशनमा श्ययासँगै अक्सिजनको समेत अभाव शुरु भएको थियो।

गम्भीर प्रकृतिका सङ्क्रमितको उपचारका लागि आवश्यकपर्ने अक्सिजन बाँके क्षेत्र नं २ का सांसद तथा पूर्वशहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले उपलब्ध गराउने छन्। अक्सिजनको कमी हुन थालेको र गम्भीर प्रकृतिका बिरामीको उपचारमा समस्या भइरहेको खबर बाहिर आएपछि उनले पाँच हजार थान अक्सिजन सिलिन्डर उपलब्ध गराउन लागेका हुन।

आफ्नो निर्वाचन विकास कोषबाट रकमान्तर हुने गरी कोरोना सङ्क्रमितको उपचारका लागि आवश्यकपर्ने अक्सिजन उपलब्ध गराउने निर्णय गरेको राईले जानकारी दिए। कोरोना सङ्क्रमित बिरामीलाई आवश्यक अक्सिजन खरीदका लागि शनिबार राष्ट्रिय युवा सङ्घ बाँकेले भेरी अस्पताललाई रु एक लाख ३२ हजार ७५० हस्तान्तरण गरेको छ।

अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले अक्सिजन खरीदका लागि राष्ट्रिय युवा सङ्घले गरेको रकमले धेरै बिरामीको ज्यान जोगिन सहयोग पुगेको जनाउँदै आभार व्यक्त गरे। उनले उक्त रकम अक्सिजन खरीदमै उपयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।

शुक्रबार मात्रै नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष सफिक वेहनाले बिरामीलाई अक्सिजन खरीदका लागि रु दुई लाख सहयोग गरेका थिए, भने नेपालगञ्जका सामाजिक अभियानकर्मी हेमन्त काफ्लेले सञ्चालन गरेको अभियानअन्तर्गत रु तीन लाख बढी रकम सङ्कलन भएको छ।

विभिन्न सङ्घ संस्था र मनकारी व्यक्तिको सहयोगबाट तत्कालका लागि बिरामीलाई चाहिने अक्सिजनको अभाव टरे पनि कोभिड अस्पतालमा आवश्यक श्यया र जनशक्ति नहुँदा सबै बिरामीलाई भर्ना गर्नसक्ने अवस्था नरहेको भेरी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले बताए।रासस

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार