आईपीओ निष्काशन गर्दै मध्य भोटेकोशी

प्रकाशित:

नेपाल अनलाइन पत्रिका। काठमाडौं। मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले बैशाख २१ गतेदेखि स्थानियका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनील ६० लाख कित्ता साधारण सेयर प्रतिकित्ता रु १०० अंकितमूल्यमा निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल शेयरमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुमा बाँडफाँट गरिनेछ।

बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्ता सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुमा बाँडफाँट गरिनेछ।

निष्काशन बन्द छिटोमा जेठ ४ गते हुनेछ भने ढिलोमा जेठ २० गते हुनेछ। आईपीओमा ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एशिया बैंकका सिन्धुपाल्चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

नेप्सेमा उच्च अङ्कको गिरावट, महिला लघुवित्तको शेयरमा भने सकारात्मक सर्किट

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । साताको पहिलो दिन नै नेप्से ७५.७९ अङ्कले ओरालो लागेर दुई हजार ५७२.२२ मा ओर्लेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.५६ अङ्कले घटेर ४६४.०५ मा ओर्लेको छ । कूल २१५ कम्पनीको एक करोड ४६ लाख ९० हजार ७२० कित्ता सेयर रु सात अर्ब २८ करोड ४१ लाख ९४ हजार ९०१ मा खरिद बिक्री भए । आइतबारको कारोवारपछि बजार पूँजीकरण रु ३५ खर्ब ६१ अर्ब ७२ करोड ८७ लाख ५० हजार हाराहारीमा छ ।

कारोवार भएका १३ उपसमूहको सेयर नै ओरालो लागेको छ । बैंकिङ ४२.६५, व्यापार ११३.५५, होटल तथा पर्यटन २२०.२७, विकास बैंक ८६.३४, जलविद्युत् ११२.४१, वित्त ४३.७७, निर्जीवन बीमा ४४०.८७, उत्पादन १३६.२१, अन्य ४७.१३, लघुवित्त १६०.६५, जीवन बीमा ४६०.०४, सामूहिक लगानी कोष ०.०९ र लगानी ३.३५ बिन्दुले घटेको छ । कारोवारका आधारमा नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा रहयो । सो बैंकको ३९ करोड ५२ लाख ५२ हजार ६४० बराबरको कारोवार भयो ।

यस्तै, ज्योति लाइफ ३३ करोड ८५ लाख ६२ हजार ७२७, माथिल्लो तामाकोशी २५ करोड ९७ लाख २७ हजार ४४४, नबिल बैंक २० करोड ९७ लाख ८२ हजार ४०४ र एनआइसि एशिया बैंक २० करोड ५६ लाख ३० हजार ३७२ बराबरको कारोवार भयो ।

नेप्सेमा उच्च अङ्कको गिरावट देखिदा महिला लघुवित्तको शेयरमा भने सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको शेयरमा ९.९९ प्रतिशतको वृद्धि भएको छ । यस्तै, विशाल बजार कम्पनी ९.९७, कालिका पावर कम्पनी ३.४५, मिर्मिरे माइक्रोफाइनान्स ३.०५ र गुडविल फाइनान्सका लगानीकर्ताले ०.३८ प्रतिशतले कमाए । त्यस्तै,चन्द्रागिरि हिल्स ८.४३, नारायणी डेभलपमेन्ट बैंक ८.१९, रिडी हाइड्रोपावर ७.६६, युनियन हाइड्रोपावर ७.४३, ओरियण्टल होटलका लगानीकर्ताले ६.३६ प्रतिशतले गुमाए ।

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार