रोहित सम्मिलित पर्सिजा च्याम्पियन

प्रकाशित:

नेपाल अनलाइन पत्रिका। काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जकार्ताले इन्डोनेसिया मेन्पोरा कप फुटबलको उपाधि जितेको छ ।

आइतबार राति भएको फाइनलको दोस्रो लेगमा पर्सिब बानडुङलाई २-१ ले पराजित गर्दै समग्रमा ४-१ को जितसहित जकार्ताले उपाधि जित्यो । पहिलो लेगमा जकार्ता २-० ले विजयी भएको थियो ।

मानाहान रंगशालामा जकार्तालाई जित दिलाउन असभाल्डो अल्डिल्स हे र रिको मिानजुन्तकले एक-एक गोल गरे । यस्तै पर्सिबका लागि फ्रेन्डिन्ड अल्फ्रेडले एक गोल फर्काए ।

नेपालमा गत चैतमा सम्पन्न त्रिदेशीय कप फुटबल प्रतियोगिता खेल्दै रोहित इन्डोनेसिया गएका थिए ।

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार