निषेधाज्ञाअघि घर जानका लागि दुई दिनको समय : सिडिओ पराजुली

प्रकाशित:

नेपाल अन्लाईन पत्रिका। काठमाडौं। सरकारले लकडाउन (निषेधाज्ञा) गर्नुपूर्व नागरिकलाई आफ्नो घर जानका लागि दुई दिनको समय दिने काठमाडौं जिल्ला प्रशासनले जनाएको छ ।

यो समाचारको भि-डियो हेर्न तल क्लिक गर्नुहोस 👇👇👇

सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा काठमाडौं बाहिर जानेहरूलाई कम्तीमा दुई दिनको समय दिइने काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कालीप्रसाद पराजुलीले बताए ।

यो समाचारको भि-डियो हेर्न तल क्लिक गर्नुहोस 👇👇👇

उनले भने, ‘एक हप्ता केही क्षेत्रलाई बन्द गराउने हो कि भनेर हामीले प्रस्ताव गरेका छौं । आम नागरिकलाई पनि असुविधा नहोस् भनेर एक दुई दिन चाहिँ हामीले समय दिने सोचेका छौँ । बन्दको स्थिति भएमा घर फर्किन पनि समय मिलोस् भन्ने हिसाबले हामी एक दुई दिन टाइम दिनुपर्छ भन्ने मानसिकतामा छौं ।’

यो समाचारको भि-डियो हेर्न तल क्लिक गर्नुहोस 👇👇👇

उपत्यकामा पछिल्लो समय कोभिड संक्रमणको स्थिति भयवह देखिएकाले कम्तिमा एक साता निषेधाज्ञा (लकडाउन) गर्नेगरी माथिल्लो निकायमा सिफारिस गरिएको पनि उनले बताएका छन् । उनका अनुसार कुनै एक क्षेत्रलाई मात्र बन्द गर्दा संक्रमणको अवस्थालाई ब्रेक गर्न सकिँदैन ।

साथै, यसअघि पटक पटक स्वास्थ्य मापदण्ड अपनाउन सर्वसाधारणलाई अपिल गरिए पनि मापदण्ड पूर्ण रुपमा पालना नभएको उनले बताएका छन् । यसकारण संक्रमणको स्थिति गम्भिर बनेको उनले बताए ।

यसकारण थप भयावह स्थिति आउन नदिनको लागि निषेधाज्ञा आवश्यक रहेको उनले बताए । उनका अनुसार बेलुकी साँझसम्म लकडाउनबारे पूर्ण जानकारी गराइनेछ ।

आज साँझ बस्ने मन्त्रिपरिषद्को बैठकले लकडाउन (निषेधाज्ञा) बारे जानकारी गराउने जनाइएको छ ।

यो समाचारको भि-डियो हेर्न तल क्लिक गर्नुहोस 👇👇👇

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार