भारतमा कोरोना कहरः थपिए ३ लाख ७९ हजार संक्रमित, ३६ सय ४५ जनाको मृत्यु

प्रकाशित:

नेपाल अनलाइन पत्रिका। काठमाडौं। भारतमा कोरोना भाइरस महामारीको दोस्रो लहर दिन प्रति दिन अति भयावह बन्दै गएको छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन लाख ७९ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । सो अवधिमा कोभिड–१९ बाट ३६ सय ४५ जनाको ज्यान गएको छ ।

भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या एक करोड ८३ लाख ७६ हजार ५२४ पुगेको छ । यस्तै कोभिड–१९ का कारण दुई लाख चार हजार ८३२ जनाको ज्यान गइसकेको छ ।

भारतमा हालसम्म १५ करोड २० हजार भन्दा धेरै मानिसले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन् । हाल सक्रिय संक्रमितको संख्या ३० लाख ८४ हजार भन्दा धेरै रहेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै गर्दा अस्पतालहरुमा आइसियू तथा भेन्टिलेटर बेडको अभाव भएको छ । यस्तै अक्सिजनको पनि अभाव भएको छ ।

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार