पछिल्लो २४ घण्टामा थप ४९२८ जनामा कोरोना पुष्टि, ३५ जनाको मृत्यु

प्रकाशित:

नेपाल अनलाइन पत्रिका। काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३५ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार २ सय ४६ पुगेको छ।

मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप १ हजार ५ सय ६१ जना संक्रमित थपिएका छन्। काठमाडौँमा १ हजार १ सय २७, ललितपुरमा २५२ र भक्तपुरमा १८२ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

गत २४ घण्टा ८८८ जना डिस्चार्ज भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ११७ पुगेको छ। यसैगरी देशभर पछिल्लो २४ घन्टामा १२ हजार ५ सय ९७ पीसीआर तथा ९६३ एन्टिजेन परीक्षण भएको छ।

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार