राजस्थानमाथी मुम्बई ७ विकेटले विजयी

प्रकाशित:

नेपाल अनलाइन पत्रिका। काठमाडौं। इन्डियन प्रिमियर लिग-आईपिएल क्रिकेटअन्तर्गत बिहीबार साँझ भएको खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको छ।

राजस्थानले दिएको एक सय ७२ रनको लक्ष्य मुम्बईले ९ बल बाँकी रहँदा ३ विकेट गुमाएर पुरा गर्‍यो। मुम्बईका क्विन्टन डे कोकले ७० र क्रुनाल पाण्ड्याले ३९ रन बनाए।

त्यसअघि पहिला ब्याटिङ गरेको राजस्थानका लागि सन्जु सामसनले ४२, शिभम दुबेले ३५, जोस बटलरले ४१ र यसस्वी जैसवालले ३२ रन बनाएका थिए।

५ खेलपछि मुम्बईको ६ अंक छ। समान खेलपछि राजस्थानको ४ अंक छ। ६ खेल खेलेका चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरको १०/१० अंक रहेको छ।

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार