बढ्दै छन्, कोरोना ‘जित्नेहरु’

प्रकाशित:

नेपाल अनलाइन पत्रिका। नेपालगञ्ज – बाँकेमा कोरोना जितेर घर फर्किनेको संख्या बढ्दै गएको छ। पछिल्लो हप्तामा ८ सय १७ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज भएकाहरु अधिकांश होम आइसोलेसनमा बसेका हुन्। कोरोना पुष्टि भएको दश दिनपछि डिस्चार्ज गर्ने गरिएको छ।

‘लक्षण चिन्ह देखिएको छ भने उपचारमा जान्छन्, नर्मल छन् भने १० दिनपछि डिस्चार्ज गर्छौँ’, जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले भने ।

बाँकेमा वैशाख १७ गते २ सय ५, १६ गते २ सय ४४ जना, १५ गते ८८ जना, १४ गते १ सय ६ जना, १३ गते १ सय २५ जना, १२ गते १२ जना र ११ गते ३७ जना डिस्चार्ज भएका थिए।

जिल्लामा डिस्चार्जको तुलनामा संक्रमण दर बढी देखिन्छ। पछिल्लो हप्तामा ८ सय १७ जना डिस्चार्ज हुँदा तीन हजार २ सय २४ जना थपिएका छन्।

वैशाख १७ गते ६ सय २८ जना, १६ गते ४ सय ९६, १५ गते ५ सय ५३ जना, १४ गते ५ सय २६ जना, १३ गते २ सय ५६ जना, १२ गते ३ सय ४३ जना र ११ गते ४ सय २२ जना संक्रमित थप भएका छन्।

संक्रमित अधिकांश लक्षण चिन्ह नदेखिएका छन्। यस अर्थमा जति ठूलो संख्या संक्रमित हुन्छन्, दश दिनपछि त्यति नै संख्यामा डिस्चार्ज हुने देखिएको छ । जिल्लामा तीन हजार ४ सय ४७ जना होम आइसोलेसनमा रहेका छन्।

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार