बुधबार, मंसिर २२, २०७८
बुधबार, मंसिर २२, २०७८
Viber Community
Nop Ads

युरो कप २०२० : ‘ग्रुप अफ डेथ’ मा कसको कति सम्भावना ?

Viber Community

नेपाल अनलाइन पत्रिका


खबर जिल्ला। काठमाडौं। युरो कप २०२० शुरु हुनु अगाडी नै सम्पूर्ण फुटबल प्रेमीको आँखा समूह ‘एफ’ मा गडेको थियो । युरोपका ‘पावर हाउस’ मानिने तीन राष्ट्र फ्रान्स, जर्मनी तथा पोर्चुगल एउटै समूहमा पर्दा समूह ‘एफ’ स्वत ‘ग्रुप अफ डेथ’ हुन पुग्यो ।
युरो कप २०२० मा भएको दुई खेल पश्चात् यस समूहले आफै ‘ग्रुप अफ डेथ’ भन्ने वाक्यांशलाई प्रमाणित गरेको छ । यस समूहमा रहेका बलिया टोली फ्रान्स, जर्मनी र पोर्चुगल मध्ये अन्तिम चरणको खेलसम्म पनि विजेता टोलीको छिनोफानो हुन सकेको छैन ।
विजेता टोली मात्र नभएर यस समूहबाट नकआउट चरणमा जाने शीर्ष दुई टोलीको पनि केही टुङ्गो लागेको छैन । अझै यस ‘ग्रुप अफ डेथ’मा सबैभन्दा कमजोर मानिएको हंगेरीले समेत उत्कृष्ट प्रदर्शन देखाउँदा समूह ‘एफ’बाट अन्तिम १६ मा स्थान बनाउन चारवटै राष्ट्रको ढोका खुल्ला रहेको अवस्था छ ।
सबै प्रतियोगितामा एउटा समूहलाई ‘ग्रुप अफ डेथ’ भनेर नामाकरण गरिन्छ र सधैं त्यस समूहबाट अप्रत्याशित नतिजाहरू आइरहेको पनि हुन्छ । यस पटक पनि त्यस्तै भएको छ । सबैभन्दा कम आँकिएको राष्ट्र हंगेरीले वर्तमान विश्वकप विजेता फ्रान्सलाई बराबरीमा रोक्न सफल भयो ।
त्यस्तै पहिलो खेलमा हंगेरीविरुद्ध शानदार जीत निकालेको पोर्चुगल दोस्रो खेलमा जर्मनीको उत्कृष्ट फुटबल प्रदर्शनीको अगाडि स्तब्ध हुन पुग्यो । उता जर्मनीले पनि पहिलो खेलमा फ्रान्सविरुद्ध आत्मघाती गोल गर्दै प्रतियोगिताको शुरुवात हारबाट गर्न बाध्य भयो ।
आज राती समूह ‘एफ’का चारवटै टोलीले अन्तिम चरणको खेल खेल्दै छन् । दुई खेलमा एक जित र एक बराबरीको नतिजा निकालेको फ्रान्सले चार अंक बटुलेर अन्तिम १६ को यात्रा सुनिश्चित गरिसकेको छ । तर समूह चरणको आफ्नो अन्तिम खेलमा पोर्चुगलको सामना गर्न गइरहेको फ्रान्सको टोलीले केवल जितको लक्ष्य राख्ने प्रष्ट देखिन्छ ।
सन् २०१६ युरो कप फाइनल खेलको बदलाको भावना फ्रान्समा अझै जीवित नै छ । त्यस बेला पोर्चुगलले फ्रान्सलाई उसैको घरेलु मैदानमा पराजित गरेर आफ्नो पहिलो युरो कपको उपाधि जितेको थियो । समयले यी दुवै राष्ट्रलाई फेरि त्यही बाटो डोर्याउंदा फ्रान्स पोर्चुगललाई पराजित गर्दै उसको युरो कप यात्रा समूह चरणबाटै अन्त्य गर्न चाहन्छ ।
उता वर्तमान युरो कप विजेता पोर्चुगलको लक्ष्य पनि कहाँ कम छ र ? कप्तान क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा ‘ब्याक टू ब्याक’ युरो कप उपाधि उचाल्ने दाउमा रहेको पोर्चुगल फ्रान्सलाई पराजित गर्दै समूह विजेता बन्न चाहन्छ । यस प्रतियोगितामा अहिलेसम्म ३ गोल गरिसकेका रोनाल्डो केही व्यक्तिगत कीर्तिमान रच्ने क्रममा छन् ।
फिफा अन्तराष्ट्रिय फुटबलका सर्वाधिक गोलकर्ता बनेर नयाँ कीर्तिमान रच्नबाट रोनाल्डो केवल २ गोल पछाडि छन् । उनी यस युरो कपकै दौरान कीर्तिमान रच्न चाहन्छन । तसर्थ पोर्चुगलको लक्ष्य पनि युरो कप उपाधि नै रहेको प्रष्ट देखिन्छ ।
चार पटक विश्वकप विजेता जर्मनीले पछिल्लो खेलमा पोर्चुगलविरुद्ध यस प्रतियोगिताकै उत्कृष्ट खेल खेल्यो भन्नु गलत हुँदैन । बलियो टोली पोर्चुगलविरुद्ध जर्मनीको खेल प्रशंसनीय थियो । पहिलो खेलमा फ्रान्सविरुद्ध १-० गोलको पराजय भोगेको जर्मनीले दोस्रो खेलमा जुन प्रदर्शन देखायो, त्यस्तो प्रदर्शनले जर्मनीलाई समूह विजेता बन्न मात्र होइन, युरो कप उपाधि नै दिलाउन सक्छ ।
आफ्नो अन्तिम खेलमा हंगेरीको सामना गर्न गइरहेको जर्मनीको दाउ शीर्ष स्थानमा नै रहनेछ । तर त्यसो गर्नु उसका लागि सजिलो भने पक्कै छैन । उता फ्रान्सलाई बराबरीमा रोकेको हंगेरीको आत्मविश्वासले आकाश चुमिरहेको छ । हंगेरीले पनि अन्तिम १६ मा स्थान बनाउने सम्भावना उत्तिकै जिवित रहँदा जर्मनीले जब्बर हंगेरी टोलीको सामना गर्नु पर्ने छ ।
यो बेग्लै कुरा हो कि यस समूहबाट पनि शीर्ष तीन टोलीले नै अन्तिम १६ को यात्रा गर्ने निश्चित भए पनि कुनै पनि टोली तेस्रो स्थानमा रहेर समूह चरणको यात्रा टुङ्ग्याउन चाहँदैन । अझै अन्तिम १६ का संभावित प्रतिद्वन्दी टोलीहरु देख्दा समूह ‘एफ’का चारवटै टोलीको आँखा शीर्ष स्थानमा नै रहनेछ ।
संभावित अन्तिम १६ का प्रतिद्वन्दी
समूह ‘एफ’को विजेता टोलीले समूह ‘ए’को तेस्रो स्थानमा रहेको टोली स्विट्जरल्यान्ड वा समूह ‘बी’को तेस्रो स्थानमा रहेको टोली फिनल्यान्डसंग प्रतिस्पर्धा गर्नेछ ।
त्यस्तै समूह ‘एफ’को उप-विजेता टोलीले समूह ‘डी’को विजेता टोलीसंग प्रतिस्पर्धा गर्नेछ । अर्थात् समूह ‘एफ’को उप-विजेतालाई इङ्ल्यान्डले अन्तिम १६ को प्रतिस्पर्धामा पर्खिरहेको अवस्था छ ।
त्यस्तै समूह ‘एफ’मा तेस्रो स्थान ओगट्ने टोलीले समूह ‘बी’को विजेता बेल्जियम वा समूह ‘सी’को विजेता नेदरल्यान्ड्संसंग प्रतिस्पर्धा गर्ने तय भएको छ ।
यसरी समूह ‘एफ’ को उप-विजेता र तेस्रो स्थानमा रहने टोलीले बलिया टोलीको सामना गर्नु पर्ने हुन्छ ।
ग्रुप अफ डेथ कसले जित्छ त ?
अहिलेसम्म फ्रान्सको चार अंक रहेको छ । अर्थात् फ्रान्सले पोर्चुगललाई पराजित गरेको खण्डमा फ्रान्स समूह ‘एफ’ बिजेता घोषित हुनेछ ।
यदि जर्मनीले हंगेरीलाई पराजित गरेको खण्डमा भने जर्मनी कुनै पनि हालतमा पोर्चुगल भन्दा तल झर्ने छैन । उता पोर्चुगलले फ्रान्सलाई पराजित नै गरेपनि ‘हेड टू हेड’ को आधारमा पोर्चुगलभन्दा जर्मनी माथि रहनेछ । र, फ्रान्स पहिलोबाट तेस्रो स्थानमा झर्नेछ ।
यदि फ्रान्स र हंगेरी दुवैले आ–आफ्नो खेल जितेको खण्डमा फ्रान्स शीर्ष स्थानमा रहनेछ भने हंगेरीले दोस्रो स्थानमा रहँदै समूह चरणको खेल अन्त्य गर्नेछ । अर्थात् वर्तमान युरो कप विजेता पोर्चुगलको युरो कप २०२० को यात्रामा पूर्णविराम लाग्नेछ । अर्थात समूह ‘एफ’मा सबै नतिजाको सम्भावना उत्तिनै बलियो देखिन्छ ।
त्यस कारण आज समूह ‘एफ’ अर्थात् ‘ग्रुप अफ डेथ’का चारवटै टोलीले आफ्नो शत प्रतिशत दिएर प्रतिस्पर्धा गर्ने छन्। शुरु देखि नै गर वा मरको स्थितिमा रहेका यी चार टोलीलाई आज अग्निपरीक्षा पार गर्नु पर्ने ठूलो चुनौती रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

मेसीकाे स्पेनमा रहेकाे हाेटल तत्काल भत्काउन अदालतकाे आदेश

यो होटलमा एउटा रूमको प्रति रात करिब १०५ पाउण्ड खर्च लाग्छ। द सनका अनुसार यो होटेलका बाल्कोनी, फायर प्लानलगायत अन्य संरचना तोकिएको मापदण्ड अनुसार नभएको भन्दै अदालतले भत्काउन आदेश दिएको हो।

न्यूजिल्याण्डसँगको टेस्टमा भारत विजयी

मुम्बईको वानखेडे रंगशालामा भएको दोस्रो टेस्ट क्रिकेटको चौथो दिन भारतीय क्रिकेट टोलीले न्यूजिल्याण्डलाई ३७२ रनले पराजित गरेको छ ।

युनाइटेड विजयी फ्रेडको गोलमा

प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडले आइतबार क्रिस्टल प्यालेसलाई १-० ले पराजित गरेको छ ।

उक्लियो पाँचौँ स्थानमा ,युभेन्टस विजयी

इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्टस विजयी भएको छ ।

प्रशिक्षक न्यौपाने भन्छन्- उपाधि होडमा फर्कियौँ

खेलमा खेलाडीले कडा मिहिनेत गरेका थिए । म्याच ५०-५० थियो । लाइन्समेन हेरेर खेलाडीहरू कन्फ्युज हुँदा गोल खायो

गुल्सन झासहित २० खेलाडी छनोट यू-१९ क्रिकेट टिमको बन्द प्रशिक्षणका लागि

नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ पुरुष टिमको बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट गरेको छ ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

एकै रातमा पाँच लाख होटेल बिल आएको भन्दै मन्त्री झाक्री चौतर्फी आलोचना, बास्तविकता यस्तो रहेछ

काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज परिसरभित्र रहेका प्रकृति रिसोर्टमा शुक्रबार साँझ अलि फरक दृष्य थियो ।

४४० भोल्टको झट्का आर्जु राणालाई, अदालतको आदेशले ‘रुनु न हाँस्नु’

परराष्ट्र मन्त्रालयले ‘मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनू’ भनिएको पत्र कार्यान्वयन नगर्न पनि अन्तरिम आदेश जारी गरेको छ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

ताजा समाचार

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको मकरु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने तयारी, प्राथमिकतामा यी हुन्

६ लाखमध्ये साढे तीन लाख आवेदक ट्रायल परीक्षा पास गरी लाइसेन्सको पर्खाइमा छन् । बाँकी तीन लाख आवेदकको परीक्षा भइरहेको छ । यस्तै, नयाँ १० लाखजनाले लाइसेन्सका लागि आवेदन दिएका छन् ।

अब स्कुलमै पाइने कक्षा १२ को प्रमाण पत्र

बोर्डले आफ्ना क्षेत्रीय कार्यालयबाट यसअघि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाण पत्र वितरण गर्दै आएको थियो।

पौडेल पक्षले छान्यो साझा उम्मेदवार सार्वजनिक गर्ने भोलि

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search