सोमवार, मंसिर १३, २०७८
spot_img

भोलि ५ विद्यार्थी संगठनले सरकारविरुद्ध संयुक्त आन्दोलन गर्ने (विज्ञप्तिसहित)

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

खबर जिल्ला। काठमाडौं। विभिन्न ५ विद्यार्थी संगठनले बिहीवार (भोली) सरकारविरुद्ध आन्दोलन गर्ने भएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को अलोकतान्त्रिक र असंवैधानिक कदमहरु चालेको भन्दै नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्वीयू(नेपाल पक्ष), जनता समाजवादी विद्यार्थी यूनियन र अखिल छैठौँले संयुक्त आन्दोलन गर्न लागेका हुन् ।

आज संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले कोरोनाबाट जनता आक्रान्त भइरहेको बेला जनतालाई राहत र सहुलियत दिनुको सट्टा एकपछि राष्ट्रघात, कुशासन, महंगी र भ्रष्ट्राचार थोपरिएको आरोप लगाएका छन् ।

‘नेपाली जनताको अन्यन्तै ठूलो त्याग, वलिदानी र समर्पणको जगमा प्राप्त लोकतान्त्रिक गणतन्त्र, विधिको शासन र संविधानको हुर्मत काढ्न प्रधानमन्त्री केपी शर्मा ओली निरन्तर उद्धत रहेको सर्वविदितै छ । प्रधानमन्त्री ओलीको हरेक असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कमदलाई संविधान रक्षकको कर्तव्यबाट च्युत भएर संवैधानिक राष्ट्रपति समेतले निरन्तर साथ दिनु झनै विडम्बना बनेको छ ।

संविधानको चिरहरण गरेर दोस्रो पटक प्रतिनिधि सभा विघटन गर्दै असंवैधानिक जगमा उभिएको प्रतिगामी सरकारले कोरोना कहरले आक्रान्त जनतालाई राहत र सहुलित दिनुको साटो एकपछि अर्को राष्ट्रघात, कुशासन, महंगी र भ्रष्ट्राचार थोपरिएको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी बिहीवार दिउँसो ३ बजे उपत्यकाको प्रदर्शनीमार्गमा जनश्वास्थ्यका मापदण्डभित्र रही आन्दोलन गर्ने भन्दै आन्दोलनमा उपस्थित हुन आग्रह गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार