Viber Community
Nop Ads

पृथ्वीतर्फ २५० मिटरको एस्टोरोइड २२ हजार किलोमिटर प्रतिघण्टाको गतिमा आउँदै

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले २५० मिटरको विशाल एस्टोरोइड २२ हजार किलोमिटर प्रतिघण्टाको गतिमा पृथ्वीतर्फ आइरहेको र यो भोलि बिहीबार पृथ्वीको सबैभन्दा नजिकबाट जाने बताएको छ ।

नासाले यो एस्टोरोइडलाई २००६ देखि निगरानी गरिरहेको थियो । यो एस्टोरोइड गोल्डेन गेट ब्रिजभन्दा अग्लो भएको बताइएको छ । यो एस्टोरोइडलाई ‘२०२१ जीएम ४’ नाम दिइएको छ ।
नासाका अनुसार यो एस्टोरोइड ११० मिटरदेखि २५० मिटरसम्म फराकिलो हुन सक्छ । यसको पहिचान सबैभन्दा पहिले १० अक्टोबर २०२० मा भएको थियो । यसअघि यस्तै किसिमको एस्टोरोइड २०२० डिएम ४ २०२० को मे महिनाका पृथ्वीको कक्षनजिकैबाट गएको थियो ।
वैज्ञानिकको अनुमान अनुसार अहिले आइरहेको उस्टोरोइड बिहीबार जुलाइ १ का दिन पृथ्वीको छेउबाट जान सक्छ । अहिले यसले ६.२९ किलोमिटर प्रतिसेकेण्डको गतिमा यात्रा गरिरहेको छ ।
नासाले यसलाई खतरनाक एस्टोरोइडको श्रेणीमा राखेको छ । यो एस्टोरोइड पछिल्लो दिनमा पृथ्वीनजिक आउने एस्टोरोइडमध्ये तेस्रो हो । नासाले अहिले २ हजार यस्ता एस्टोरोइडको निगरानी गरिरहेको छ जो पृथ्वीका लागि खतरा बन्न सक्छन् ।
यदि कुनै तीब्र गतिको अन्तरिक्ष वस्तु पृथ्वीभन्दा साढे ४६ लाख माइलको दूरीमा आउन सक्छ भने त्यसलाई खतरनाक मानिन्छ । आगामी १०० वर्षको लागि २२ यस्ता एस्टोरोइड छन् जो पृथ्वीसँग ठोक्किन सक्ने न्यून सम्भावना छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45

सम्बन्धित समाचार

६.३ म्याग्निच्युडको भूकम्प बंगलादेशमा

बंगलादेशको चटगाउँको पूर्वमा शुक्रबार बिहान ६.३ रिक्टर स्केलको भूकम्प गएको छ।

नासाको ‘आत्मघाती’ यान अन्तरिक्षमा पठाइयो

नासाले पृथ्वीतर्फ आउने उल्का पिण्डको दिशा परिवर्तन गर्ने उद्देश्यसहित आफ्नो ‘आत्मघाती’ यान अन्तरिक्षमा पठाएको छ ।

भारतमा डिजेल गाडीलाई विद्युतीय बनाइँदै, दिल्ली सरकारले अनुदान दिने

भारतको दिल्लीमा डिजेल गाडीहरुलाई विद्युतीयमा परिणत गर्ने काम थालिएको छ। दिल्लीमा रहेका १० वर्षभन्दा पुराना डिजेल गाडीहरुलाई विद्युतीयमा परिणत गर्ने उद्देश्यले यो काम शुरु गरिएको हो।

बेलायतमा गाईको गोबरबाट बिजुली उत्पादन, एउटा गाईको गोबरले ३ घर झलमल

गाईको गोबरको प्रयोगका बारेमा त हामीलाई थाहै होला । गोबरलाई मलखादको रुपमा तथा बायोग्याँस उत्पादनमा पनि प्रयोग गरिन्छ । हिन्दु धर्मशास्त्रमा त गाईको गहुँत र गोबरलाई पवित्र मानेर लिपपोतमा प्रयोग देखि पञ्चगव्यमा सेवन समेत गरिन्छ ।

५८० वर्षयताकै लामो चन्द्रग्रहण लाग्‍ने मंसीर ३ गते

यो वर्ष सन् २०२१ को अन्तिम चन्द्र ग्रहण नोभेम्बर १९ मा लाग्दैछ । मंसीर ३ गते लाग्ने चन्द्रग्रहण यो शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण मात्र होइन पछिल्लो ५ सय ८० वर्षमा पहिलोपटक यति लामो चन्द्र ग्रहण लाग्दैछ ।

भारतमा नेपाली बिजुलीको मूल्य प्रतियुनिट ३२ रुपैयाँसम्म

भारतीय खुला बजारमा नेपाली विद्युत् प्रतियुनिट ३२ रुपैयाँ (भारू २०) सम्ममा विक्री भएको छ । गत बिहीवार भारतीय विद्युत् एक्सचेन्ज मार्केटमा उक्त मूल्यमा पनि विद्युत् विक्री भएको हो । बिहीवार साँझ भारतको ६ : ३० बजेदेखि ६ : ४५ सम्मको ब्लकमा नेपाली विद्युत् प्रतियुनिट भारू २० सम्ममा विक्री भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए ।

ट्रेन्डिङ समाचार

‘नैतिक जीत’ भीम रावलको

नेकपा एमालेको महाधिवेशनमा भीम रावलले हार्ने जान्दा जान्दै अध्यक्षमा उम्मेदवारी दिए । मतदान सकिएपछि प्रफुल्लित मुद्रामा आफू जितेजसरी प्रस्तुत भए ।

ओलीले सपथ खाए र केन्द्रीय सदस्यलाई खुवाए तर रावल उठेनन्

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । पार्टीको महाधिवेशनस्थल सौराहामा आयोजित कार्यक्रममा उनले सपथ खाएका हुन् ।

भेटेरै डा. भीम रावलले दिए अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीलाई बधाई

अध्यक्षको प्रतिस्पर्धामा हारेका नेता रावल अध्यक्ष ओलीसँगैको कुर्सीमा बसेर ओलीसँग भलाकुसारी गरिरहेका छन्।

ओलीसँग अन्तिमसम्म किन भिडिरहे रावल ?

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन।

ओलीलाई टक्कर दिइरहेका भीम रावलमाथि गम्भीर षडयन्त्र, के होला अब ?

एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार भीम रावलमाथि गम्भीर षडयन्त्र भएको खबर छ । ओलीलाई टक्कर दिइरहेका रावल प्यानल सूची वितरण भएकोमा आपत्ति जनाएका छन् ।

रेनु दाहाल: “बाहिरबाट दुई हजार मानिस ल्याएर नाच्दैमा चितवनमा प्रचण्डलाई फरक पर्दैन”

नेकपा माओवादी केन्द्र भरतपुर महानगर कमिटी इन्चार्ज रेनु दाहालले चितवनमा कसैले शक्ति प्रदर्शन गर्दैमा पार्टीका अध्यक्ष पुष्पकमल दा¥हाल प्रचण्डलाई केही फरक नपर्ने बताएकी छन् ।

ताजा समाचार

निर्देशन ओलीको : सके बिर्स, नसके क्षमा गर

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमत ल्याउने गरी कार्यकर्ता एकीकरण अभियान सञ्चालन गर्ने बताएका छन् ।

एमाले नेतालाई सभ्य र सरल हुन ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी ओलीले घमन्डी र अहंकारी नेता नहुने बताएका छन् । एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका ओलीले शपथग्रहण समारोहमा बोल्दै नेताहरू जनताको सेवक भएको बताए । उनले सबै नेतालाई सभ्य र सरल हुन आग्रह गरेका छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आजको राशिफल बि.सं. २०७८ साल मंसिर १५ गते बुधवार ई.सं.२०२१ डिसेम्बर १ नेपाल सम्बत ११४१ कछलागा मार्ग कृष्ण द्धादशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग कृष्ण द्धादशी तिथी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, सौभाग्य योग, कौलव करण ।

भीम रावलले देखाए उच्च राजनीतिक संस्कार, ओलीकै खास मान्छेहरुले समेत गर्न थाले मुक्तकण्ठले प्रशंसा !

नेकपा एमालेको आगामी नेतृत्वमा केपी शर्मा ओलीसँग पराजित भीम रावलले उच्च राजनीतिक संस्कार देखाएका छन् । रावलको कदमको ओली पक्षका नेताकार्यकर्ता समेत खुलेर प्रशंसा गरेका छन् । रावल ओलीसँगै मञ्चमा देखिएका हुुन्।

भीम रावलले जाँदाजाँदै भने : अब के गर्ने, भोलीदेखि सोचौंला !

एमालेमा अध्यक्ष पदका प्रत्याशी भएर पराजित बनेका भीम रावलले केन्द्रीय सदस्य बस्न अस्वीकार गरेका छन् । मत परिणाम आउनु अगाडि नै उनले आफू अध्यक्ष हारेमा पार्टीका कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका थिए ।

३३ जना प्रतिनिधिले गरे केपी ओली र भीम रावललाई बहिस्कार !

एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावल दुवैलाई ३३ जना प्रतिनिधिले भोट नहालेर बहिस्कार गरेका छन ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search