Viber Community
Nop Ads

यस्ता गम्भीर समस्या देखिँन थाल्यो, सङ्क्रमण निको भै ढुक्क संग बसेकाहरुको लागि आयो दुखि बनाउने खबर

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। कैलालीको टीकापुरकी २३ वर्षीया एक युवतीलाई भाइरसको सङ्क्रमण देखियो । लक्षण देखिएपछि निकै कमजोर भएकी उहाँलाई सङ्क्रमण देखिएको २८ दिनपछि सङ्क्रमण मुक्त भयो । सङ्क्रमणबाट मुक्त भए पनि उहाँको स्वास्थ्यमा समस्या रहिरह्यो । “मलाई सास फेर्न गाह्रो हुने, छाती दुख्ने, खोकी लाग्ने समस्याले छोडेन”, युवतीले भन्नुभयो, “कोरोना सङ्क्रमण निको भइसकेपछि पनि स्वास्थ्य समस्या रहेपछि म टीकापुर अस्पताल गएँ ।”

स्वास्थ्य परीक्षण गर्दा अझै समस्या रहेको देखिएपछि चिकित्सकले ती युवतीलाई औषधि दिनुभयो र खानपिनमा ध्यान दिन भन्नुभयो । सङ्क्रमण निको भइसकेपछि पनि समस्या हुने अनुभव उहाँको छ । टीकापुरका ४० वर्षीय युवकलाई सङ्क्रमण निको भएको एक महिना भइसकेको छ । बरु सङ्क्रमणको समयमा कुनै स्वास्थ्य समस्या नदेखिएका युवक सङ्क्रमण मुक्त भएपछि अस्वस्थ हुनुहुन्छ । सास फेर्न गाह्रो हुने र अक्सिजनको मात्रा बेलाबेला घटिरहने समस्या भएको उहाँ बताउनुहुन्छ ।
सङ्क्रमणबाट मुक्त भइसक्दा पनि सुधार नआएपछि हाल उहाँ काठमाडाँैमा उपचाररत हुनुहुन्छ । “परिवार नै सङ्क्रमित हुँदा धेरै समस्या भयो, उपचारका लागि आर्थिक जोहो गर्न निकै कठिन भयो”, युवकले भन्नुभयो, “काठमाडाँैमा बस्न, खान र उपचार निकै खर्चिलो छ । जताततै आफन्तसँग ऋण मागेर चलिरहेको छु । फोक्सोमा सङ्क्रमण भएको देखिएको छ”, उहाँले भन्नुभयो ।
जानकी गाउँपालिकाकी एक ५० वर्षीय महिलालाई पनि पोजेटिभ देखियो । उहाँको २१ दिनमा नेगेटिभ रिपोर्ट आयो तर स्वास्थ्यमा सुधार भने आएन । स्वास्थ्य जाँचपछि अब चिकित्सकले इनहेलर (सास फेर्न सहज हुने औषधि) औषधि सेवन गर्नु भनेको उहाँले जानकारी दिनुभयो ।
टीकापुर अस्पतालका चिकित्सक रमेश उपाध्याय हाल अस्पतालमा कोभिडपश्चात समस्या भएका एक/दुई बिरामी नियमित आइरहेको बताउनुहुन्छ । “कसैलाई गाह्रो हुँदैन, कसैको फोक्सोमा सङ्क्रमण भएको देखिन्छ”, डा उपाध्यायले भन्नुभयो, “समस्या हेरेर उपचार गरिरहेका छौँ । कसैलाई निको हुन ५० दिनसम्म लागेका बिरामी पनि छन् ।”
उपाध्याय सङ्क्रमण देखिएकाहरुले स्वास्थ्य परीक्षण, छातीको एक्सरेजस्ता कुरा समयमै गर्नुपर्ने सुझाव दिनुहुन्छ । “समयमै ख्याल नगरे पछि समस्या हुन्छ । समस्या धेरै भइसकेपछि उपचारमा आउँदा ज्यान जानसक्छ”, उहाँ भन्नुहुन्छ, “कोरोना सङ्क्रमित अधिकांशलाई फोक्सोमा समस्या, निमोनिया हुनेजस्ता समस्या देखिएका छन् । कोरोनाको असर जीवनभर रहन पनि सक्छ । नियमित स्वास्थ्य परीक्षण र स्वास्थ्यमा ध्यान दिन जरुरी छ ।”
सङ्क्रमित र तिनका परिवार अधिकांशलाई मनोसमस्या देखिन थालेको छ । टीकापुर–२ का एक १८ वर्षीय बालकलाई सङ्क्रमण देखियो । ज्वरो निकै बढेपछि उनी बर्बराउन थाले । बालकलाई करिब एक साता निकै गाह्रो भयो । पछि उनमा मनोसमस्या देखियो । “डराउने, लुक्ने, घरबाट भाग्ने गर्न थाल्यो”, बालकका काकाले भन्नुभयो, “उसलाई थुनेर राख्नुपर्ने अवस्था आयो ।
छोरालाई एक्लै छाड्न नमिल्ने अवस्था आएपछि हामी दुई काका ऊसँगै रातदिन बस्न थाल्यो । हामी पनि सङ्क्रमित भयौँ ।” हाल बालक र बालकका दुई काका सङ्क्रमण मुक्त भइसक्नुभएको छ । “सङ्क्रमण निको भएपछि बच्चालाई उपचारमा लग्यौँ, चिकित्सकले केही दिन परामर्श गर्नुभयो । निदाउने औषधि दिनुभयो”, बालकका काका भन्नुहुन्छ, “आजभोलि मनोपरामर्शकर्ताले भर्चुअल माध्यमले परामर्श दिइरहनुभएको छ ।”
कैलालीको टीकापुर नगरपालिकाले सङ्क्रमित र सङ्क्रमितका परिवारमा मनोसमस्या देखिन थालेपछि मनोसामाजिक क्षेत्रमा काम गरिरहेका संस्थालाई गुहारेको छ । कैलालीमा कार्यरत एक संस्थाले टीकापुरमा सङ्क्रमितका घरमा पुगेर मनोपरामर्श दिने काम थालेको छ । “हामीले गत वर्षदेखि अहिलेसम्म करिब ३०० लाई परामर्श दिएका छौँ”, मनोसमाजिक परामर्शकर्ता धनराज विक भन्नुहुन्छ, “विद्यालय उमेरका बालबालिकादेखि सबैलाई यो सेवा दिएका छौँ । समयमै परामर्श सेवा र उपचार पाए दुर्घटना हुनबाट जोगाउन सकिन्छ ।”
टीकापुर नगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन उपशाखा संयोजक बलबहादुर रावल स्वास्थ्यमा पनि मनोसमस्यालाई समस्याका रूपमा स्थानीय सरकारले नबुझेका कारण समस्या भएको बताउनुहुन्छ । “हरेक स्थानीय तहमा मनोचिकित्सक आवश्यक छन् । मानिस अन्य उपचार गर्छन्, तनाव व्यवस्थापनमा ध्यान छैन”, उहाँ भन्नुहुन्छ, “सङ्क्रमितका घरदैलोमा हामी पुग्ने काम गरिरहेका छौँ, केहीलाई यस्तो समस्या देखिएको छ । समस्या भएकालाई चिकित्सकसम्म पुर्याउने काम हामीले गरिरहेका छौँ ।”
कैलालीको टीकापुर अस्पतालमा वैशाखयता कोरोना सङ्क्रमणका कारण ५० जनाको मृत्यु भएको छ । अस्पतालबाट सङ्क्रमण निको भएर १९३ जना घर फर्किएका छन् । कोरोना महामारीपछि वैशाख १६ गतेदेखि बन्द रहेको बहिरङ्ग सेवासमेत असार ८ गतेबाट शुरु गरेको छ । महामारी पछि कोरोना सङ्क्रमितको उपचार, अत्यावश्यक सेवा दुर्घटना, आमासुरक्षाका कार्यक्रम, प्रसूति सेवामात्र सञ्चालनमा राखेको अस्पतालले हाल सङ्क्रमितको सङ्ख्या घट्दै गएपछि बहिरङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
म पनि राप्रपा जस्तै राष्ट्रवादी हो - prachanda
01:33
Video thumbnail
ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस् - prem aale
02:26
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03

सम्बन्धित समाचार

यस्ता छन् भिजाएको चना खानुका आश्चर्यजनक फाइदा

हाम्रो शरिरलाई धेरै नै फाइदा गर्ने गेडागुडी चना हो । भुटेर होस् या भिजाएर काचै खाँदा पनि निकै स्वादिष्ट हुने गर्छ । धेरैले चनालाई दिउँसो खाजाको रुपमा पनि खाने गर्छन् ।

मानसिक स्वास्थ्य सुधार्ने ५ पोषक तत्त्व

तपाईँलाई थाहा होला- सही र सन्तुलित खाना खाँदा तपाईको शरीरलाई समग्र स्वास्थ्य लाभ हुन्छ। उचित खाना खाँदा तपाईँको शरीरमा दीर्घकालीन जोखिमहरू विकास गर्नबाट रोक्छ।

प्रधानन्यायाधीश जबरालाई कोभिड निमोनिया, स्वास्थ्य अवस्था ‘स्थिर’

कोरोनाभाइरस संक्रमणपछि बलम्बुस्थित एपीएफ अस्पतालमा भर्ना भएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामा कोभिड निमोनिया देखा देखिएको छ । अहिले उनको अवस्था स्थिर रहेको अस्पतालले बताएको छ ।

दोहोरीएर जन्डिसको समस्या हुन्छ ? यी घरेलु उपायबाट पाउनुहोस् छुटकारा

जन्डिस भएपछि कलेजो विग्रने र भाइरल हेपटाइटिस हुने गर्छ जसको उपचार निकै कठिन मानिन्छ ।

ब्लड प्रेसर लो छ ? उसोभए अपनाइहाल्नुहोस् ५ यी उपाय !

शरीर स्वस्थ राख्न मुटु स्वस्थ हुनु जरुरी हुन्छ । तर, आजकाल अनियमित खानपान र अस्वस्थ दिनचर्याका कारण उच्च वा न्युन रक्तचापको समस्या दिनहुँ बढ्दो छ ।

विरोध खतिवडा : चुरोट सेवन गर्नेलाई डाक्टरले डर देखाइदिनुपर्‍यो

दिनप्रति दिन सूर्तिजन्य पदार्थ सेवन गर्नेहरुको संख्या बढ्दो क्रममा रहेपनि सरकारले नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको पाइएको छ। सूर्तिजन्य पदार्थ नियमनसम्बन्धी ऐन, कानुन बनेपनि कार्यान्वयनमा आउन सकेको छैन।

ट्रेन्डिङ समाचार

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।

भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।

देशभरका प्रहरीहरुका लागि निकै ठूलो खुसीको खबर आयो, सबैभन्दा ठूलो फाइदा तल्लो दर्जाकालाई !

सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक ९बसई०, वरिष्ठ हबल्दार ९बह० र सहायक हबल्दार ९सह० गरी तीन पद थप गर्ने निर्णय गरेको छ ।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्दैछन् !

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्र्न लागेको खबर छ । नेकपा एमालेका नेता लालबाबु पण्डितले चितवनमा जारी १० औँ महाधिवेशनप्रति असन्तुष्टि जनाएका छन् ।उनले महाधिवेशनबाट असन्तुष्ट बन्दै नेकपा एमालेको सबै कार्यकारी पदबाट विदा लिने घोषणासमेत गरेका छन् ।

भीम रावलले हार्ने कन्फर्म भईभई पनि ओलीसँग अन्तिमसम्म भिडिरहनुको रहस्य अर्कै !

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

ताजा समाचार

कामुको विषय टुंगो नलागेसम्म गोला तान्न अघि नबढ्नूस् : बारले भन्यो

नेपाल बार र सर्बोच्च बार एशोसियसनका अध्यक्षहरूले कार्यवाहक प्रधानन्यायाधीशको टुंगो नलागी इजलासमा नबस्न र गोला नतान्न न्यायाधीशहरूलाई आग्रह गरेका छन् ।

पशुपतिमा बाला चतुर्दशी मेलाको तयारी पूरा

दिवङ्गत पितृका नाममा महादीपदान गर्न आउने भक्तजनको आज बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्न थालेको छ । बेलुकी बत्ती बालिने भए पनि आज पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले ठाउँको व्यवस्था गर्न बिहानैदेखि भक्तजन आएका हुन् ।

सभामुख अग्निप्रसाद : सर्वोच्चको समस्या समाधानका लागि उपाय खोज्छु

सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा एक महिनादेखिको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् ।

बामदेब गौतम पुरानै घर फर्किएका हुन् ?

पछिल्लो समय घरमा किताब पढेर आफ्नो अधिकाशं समय ब्यतित गरिरहेका बामदेब गौतमले पुराउनै घर फर्किने संकेत गरेका छन् ।

लुम्बिनी प्रदेश समितिका लागि संस्थापनइतरले टुंग्यायो साझा उम्मेदवार (सूचीसहित)

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका लागि संस्थापनइतरका पदाधिकारी उम्मेदवारहरू टुंग्याइएको छ ।

प्रेम आले ‘ब्याक टु ब्याक’ कमाल गर्न थाले, फेरि देखाए अर्को धमाका !

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले ब्याक टु ब्याक कमाल गर्न थालेका छन् । उनले पछिल्लो समय जनताको मन जित्नेगरी काम गर्न थालेका हुन् ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search