Viber Community
Nop Ads

आइपिओ लहर करिब १४ अर्ब ३४ करोड बराबरको आइपिओ आउँदै, सम्पूर्ण जानकारी

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको हालसम्म कूल १८ कम्पनीलाई साधारण शेयर (आइपिओ) बिक्रीको अनुमति दिएको छ।बोर्डको विवरणअनुसार पछिल्लोपटक युनियन लाइफ इन्स्योरेन्स कम्पनीले अनुमति पाएको छ।

ipo share nepal
ipo share nepal

सो कम्पनीले ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता साधारण शेयर बिक्री गर्न पाउने अनुमति पाएको छ।बोर्डले दिएका अनुमतिका आधारमा हेर्दा कूल १४ अर्ब ३४
करोड २३ लाख २५ हजार १०० बराबरको साधारण शेयर बिक्री हुनेछ। पछिल्ला दिनमा नेपालको धितोपत्र बजारमा विस्तारित भएको छ। बोर्डका अनुसार २०७७ असारमा कूल १७ लाखको हाराहारीमा रहेको हितग्राही खाताको सङ्ख्या शतप्रतिशतले वृद्धि भई ३५ लाख नाघेको अवस्था छ।
यस्तै, सात लाखको हाराहारीमा रहेको मेरो शेयर खाताको सङ्ख्यासमेत एक वर्षको अवधिमा साढे तीन गुणा बढीले वृद्धि भई २६ लाख पुगेको छ। यस्तै प्राथमिक सार्वजनिक निष्काशनमा मुस्किलले पाँच लाख जनाले भाग लिने गरेकामा पछिल्लो पटकसम्म आइपुग्दा त २१ लाखले आवेदन दिएका छन्।
पछिल्लोपटक सार्वजनिक निष्काशन गरेको जीवन विकास लघुवित्तको साधारण शेयरमा २० लाख ८४ हजार ७६२ जनाले आवेदन दिएका छन्। यसअघि ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको साधारण
शेयरमा १८ लाख ४२ हजार ४८० ले आवेदन दिएको विवरण थियो। जीवन विकास लघुवित्तको बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार साधारण शेयरमा लगानी गर्नेको रेकर्ड नै बनेको छ।
धितोपत्र बजार अनलाइन कारोवारका लागि २०७७ असारमा मात्रै ३५ हजारले युजरआइडी लिएकाका हालसम्म त्यो सङ्ख्या बढेर छ लाख ६० हजार बढी पुगेको छ। दैनिक छ लाख बढीले
कारोवारमा सक्रियता देखाएका छन्। बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाका अनुसार प्रविधिमा भएको विस्तार तथा लगानी सहजीकरणका लागि भएका प्रयासका कारण धितोपत्र बजारमा लगानीकर्ताको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ।
बोर्डका अनुसार चालु आवको १० महिनामा नै धितोपत्रको प्राथमिक बजारमार्फत ७८ अर्ब बराबरको पूँजी परिचालन भएको छ। जुन विगत २८ वर्षकै इतिहासमा उच्च हो।
प्राथमिक बजारमार्फत समाजमा छरिएर रहेको सानो बचत सङ्कलन गरी दीर्घकालीन पूँजी उत्पादनशील क्षेत्रमा परिचालन गर्न सहयोग पुर्‍याउने बोर्डको उद्देश्यमा सफलता हासिल भएको छ।
बोर्डका अनुसार चालु आवको शुरुआतीमा नै रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ६३ करोड बराबरको ६३ लाख कित्ता साधारण शेयर बिक्री गर्‍यो। यस्तै समाज लघुवित्तले रु ८६ लाख बराबरको आठ लाख
६० हजार कित्ता साधारण शेयर बिक्री गरेको थियो। बोर्डबाट अनुमति पाउनेमा पाँच जलविद्युत् कम्पनी छन्। त्यसमा सिङ्गटी हाइड्रोपावरले ४३ करोड ५० लाख बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर बिक्री गरेको थियो। उक्त परिमाणको शेयर आयोजना प्रभावित स्थानीयवासी र आम सर्वसाधारणलाई बिक्री गरिएको थियो।
ग्रिन लाइफ हाइड्रोपावरले ३४ करोड ९६ लाख ४० हजार बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर बिक्री गर्‍यो। बोर्डले अनुमति दिएको जलविद्युत् कम्पनीमध्ये
प्रिमियमसमेत जोडेर साधारण शेयर बिक्री गर्नेमा जलविद्युत् परियोजना हो। सो कम्पनीले आठ करोड १५ लाख ४१ हजार १०० बराबरको आठ लाख १५ हजार ४११ कित्ता साधारण शेयर बिक्री गर्‍यो।
सिइडिबी हाइड्रोपावर कम्पनीले पनि साधारण शेयर बिक्री गरिसकेको छ।यस्तै, तेह्रथुम पावर साधारण शेयर बिक्रीका लागि अनुमति पाइसकेको छ। सो कम्पनीले १२ लाख कित्ता साधारण शेयर बिक्री गर्दैछ।
साधारण शेयर बिक्री गर्ने कम्पनीमध्ये नेपाल पूर्वाधार बैंक ठूलो हो। सो बैंकले आठ अर्ब बराबरको साधारण शेयर चालु आवमा बिक्री गरेको हो। यस्तै जलविद्युत् कम्पनीमध्ये मध्यभोटेकोशीले साधारण शेयर बिक्रीको अनुमति पाएको छ। सो कम्पनीले एक अर्ब ५० करोड बराबरको साधारण शेयर बिक्री गर्दैछ।
बोर्डका अध्यक्ष ढुङ्गानाका अनुसार बजारको बढ्दो स्वरुपका अनुसार सरकारको राजश्वमा समेत पूँजी बजार भरपर्दो स्रोतका रूपमा स्थापित भएको छ। गत वर्षसम्म
पूँजीगत लाभकरवापत सरकारलाई वर्षमा मुस्किलले एक अर्ब बराबरको योगदान पुर्‍याउने गरेकामा हाल महिनामै सो भन्दा बढी रकम सङ्कलन हुन थालेको छ। लामो समयदेखि स्पष्ट नभएको पूँजीगत लाभकरसम्बन्धी व्यवस्थामा सुधार भएका कारण पनि बजार विस्तारित भएको बोर्डको बुझाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45

सम्बन्धित समाचार

सामलिङ पावर, न्यादी हाइड्रोपावर र तेह्रथुम पावरका लगानीकर्ता भए मालामाल

साताको तेस्रो कारोबार दिन सामलिङ पावर र न्यादी हाइड्रोपावरको सेयर मूल्यमा उछाल आएको छ ।

सामलिङ पावर कम्पनीको सर्किट लेबलमा कारोबार

मंगलबार सामलिङ पावर कम्पनीको शेयरमूल्य उच्च दरले बढेको छ । कारोबारको चौथो दिन कम्पनीको शेयरमूल्य उच्च दरले बढेको हो ।

महुली सामुदायिक लघुवित्तको शेयरमूल्यमा गिरावट

साताको तेस्रो कारोबार दिन मंगलबार महुली सामुदायिक लघुवित्तको शेयरमूल्यमा उच्च गिरावट आएको छ ।

गरिमा विकास बैंकले बिहीबारदेखि १ अर्बको ऋणपत्र निष्काशन गर्दै, ब्याजदर कति ?

गरिमा विकास बैंक लिमिटेडले मंसिर १६ गते बिहीबारदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले वार्षिक ८ दशमलव ७५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको हो।

ग्वार्कोमा ‘फ्लाई ओभर’ निर्माणका लागि प्रक्रिया कहाँ पुग्यो ?

नेपाली आफैँले पहिलोपटक निर्माण गर्न लागेको ‘फ्लाई ओभर’ का रुपमा रहेको ग्वार्कोस्थित ‘फ्लाई ओभर’का लागि निर्माण कम्पनी छनोटको काम अघि बढाइएको छ ।

न्यादी हाईड्रोपावरको सर्किट लेबलमा कारोबार, कति पुग्यो शेयरमूल्य ?

मंगलबार न्यादी हाईड्रोपावरको सकारात्मक सर्किट लेबलमा कारोबार भइरहेको छ ।

ट्रेन्डिङ समाचार

‘नैतिक जीत’ भीम रावलको

नेकपा एमालेको महाधिवेशनमा भीम रावलले हार्ने जान्दा जान्दै अध्यक्षमा उम्मेदवारी दिए । मतदान सकिएपछि प्रफुल्लित मुद्रामा आफू जितेजसरी प्रस्तुत भए ।

ओलीले सपथ खाए र केन्द्रीय सदस्यलाई खुवाए तर रावल उठेनन्

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । पार्टीको महाधिवेशनस्थल सौराहामा आयोजित कार्यक्रममा उनले सपथ खाएका हुन् ।

भेटेरै डा. भीम रावलले दिए अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीलाई बधाई

अध्यक्षको प्रतिस्पर्धामा हारेका नेता रावल अध्यक्ष ओलीसँगैको कुर्सीमा बसेर ओलीसँग भलाकुसारी गरिरहेका छन्।

ओलीसँग अन्तिमसम्म किन भिडिरहे रावल ?

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन।

रेनु दाहाल: “बाहिरबाट दुई हजार मानिस ल्याएर नाच्दैमा चितवनमा प्रचण्डलाई फरक पर्दैन”

नेकपा माओवादी केन्द्र भरतपुर महानगर कमिटी इन्चार्ज रेनु दाहालले चितवनमा कसैले शक्ति प्रदर्शन गर्दैमा पार्टीका अध्यक्ष पुष्पकमल दा¥हाल प्रचण्डलाई केही फरक नपर्ने बताएकी छन् ।

ओलीलाई टक्कर दिइरहेका भीम रावलमाथि गम्भीर षडयन्त्र, के होला अब ?

एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार भीम रावलमाथि गम्भीर षडयन्त्र भएको खबर छ । ओलीलाई टक्कर दिइरहेका रावल प्यानल सूची वितरण भएकोमा आपत्ति जनाएका छन् ।

ताजा समाचार

निर्देशन ओलीको : सके बिर्स, नसके क्षमा गर

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमत ल्याउने गरी कार्यकर्ता एकीकरण अभियान सञ्चालन गर्ने बताएका छन् ।

एमाले नेतालाई सभ्य र सरल हुन ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी ओलीले घमन्डी र अहंकारी नेता नहुने बताएका छन् । एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका ओलीले शपथग्रहण समारोहमा बोल्दै नेताहरू जनताको सेवक भएको बताए । उनले सबै नेतालाई सभ्य र सरल हुन आग्रह गरेका छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आजको राशिफल बि.सं. २०७८ साल मंसिर १५ गते बुधवार ई.सं.२०२१ डिसेम्बर १ नेपाल सम्बत ११४१ कछलागा मार्ग कृष्ण द्धादशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग कृष्ण द्धादशी तिथी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, सौभाग्य योग, कौलव करण ।

भीम रावलले देखाए उच्च राजनीतिक संस्कार, ओलीकै खास मान्छेहरुले समेत गर्न थाले मुक्तकण्ठले प्रशंसा !

नेकपा एमालेको आगामी नेतृत्वमा केपी शर्मा ओलीसँग पराजित भीम रावलले उच्च राजनीतिक संस्कार देखाएका छन् । रावलको कदमको ओली पक्षका नेताकार्यकर्ता समेत खुलेर प्रशंसा गरेका छन् । रावल ओलीसँगै मञ्चमा देखिएका हुुन्।

भीम रावलले जाँदाजाँदै भने : अब के गर्ने, भोलीदेखि सोचौंला !

एमालेमा अध्यक्ष पदका प्रत्याशी भएर पराजित बनेका भीम रावलले केन्द्रीय सदस्य बस्न अस्वीकार गरेका छन् । मत परिणाम आउनु अगाडि नै उनले आफू अध्यक्ष हारेमा पार्टीका कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका थिए ।

३३ जना प्रतिनिधिले गरे केपी ओली र भीम रावललाई बहिस्कार !

एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावल दुवैलाई ३३ जना प्रतिनिधिले भोट नहालेर बहिस्कार गरेका छन ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search