मङ्लबार, मंसिर २१, २०७८
मङ्लबार, मंसिर २१, २०७८
Viber Community
Nop Ads

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा २० लाखभन्दा बढीको आवेदन

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मा २० लाखभन्दा बढीले आवेदन दिएका छन् ।

ipo share nepal
ipo share nepal

आज साँझ ५ः३० बजेसम्म २० लाख २६ हजार २४५ जनाको आवेदन परेको छ । यो मागभन्दा ७३ गुणा बढी भएको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ । यही असार १७ गतेबाट खुला भएको आईपीओ आज सकिएको छ ।
क्यापिटलका अनुसार उक्त आवेदनबाट रु दुई अर्ब ६५ करोड ७४ लाख ५० हजार कित्ता शेयर माग भएको छ । संस्थाले सर्वसाधारणका लागि ३ लाख ३६ हजार ४९२ कित्ता शेयर मात्रै बिक्री गरेको थियो । लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले धितोपत्र निष्काशन तथा बाँडफाट निर्देशिका अनुसार बाँडफाट हुने बताइएको छ ।
निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ता बाँडफाट गर्दा ३६ हजार ३४९ जनाले मात्रै लघुवित्तको शेयर पाउने छन् । त्यस अनुसार ९८.१० प्रतिशतभन्दा धेरैले शेयर नपाउने देखिएका छन् । हालसम्म प्राप्त तथ्याङ्क पूर्ण नरहेकाले लघुवित्तको आईपीओ आवेदन गर्नेको सङ्ख्या अझै थप हुन सक्ने क्यापिटलले जनाएको छ ।
तीन करोड ८९ लाख बराबरको आईपीओ निष्कासन तथा बिक्री खुला गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत देवसिंह विष्टले जानकारी दिए । उनका अनुसार प्रतिकित्ता १०० अङ्कित दरका तीन लाख ८९ हजार ४९२ कित्ता साधारण शेयर बिक्री खुला भएको छ । तीमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात् १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानीका लागि र ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ ।
बाँकी रहेका तीन लाख ६३ हजार ४९२ कित्ताको लागि सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । उक्त सेयर इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

अब के होला? अनुमानभन्दा बाहिर जाँदै सेयर बजार

बजार २३०० देखि २३७० बिन्दुसम्म झर्न सक्ने देखिएको छ’ उनले भने, ‘त्यसपछि भने बजार उकालो लाग्ने र नयाँ अंकको रेकर्डतर्फ बढ्नेछ।

शेयर बजार दोहोरो अंकले बढ्यो

साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ ।

साना लगानीकर्ताले धैर्यता गुमाउँदा ठूलालाई फाइदा,नेप्सेमा अस्वाभाविक उतारचढावबाट

नेपाल राष्ट्र बैंकले सेयर कर्जाको सीमा परिवर्तन नगरेपछि मौद्रिक समीक्षापश्चात सेयर बजार परिसूचक ‘नेप्से’ निरन्तर ओरालो यात्रामा छ ।

स्थानीय तहलाई परिपत्र वर्षाले क्षति पुर्‍याएका किसानलाई राहत वितरणमा सहजीकरण गर्न

बेमौसमी वर्षाका कारण क्षति भोगेका धान किसानलाई राहत वितरणमा सहजीकरण गर्न स्थानीय तहहरुलाई सरकारले परिपत्र गरेको छ ।

रिलायन्स लाइफको लाभांश बिमा समितिबाट स्वीकृत

रिलायन्स लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको लाभांशलाई बिमा समितिले स्वीकृत गरेको छ ।

डेढ घण्टामा ६५ अंकले घट्यो नेप्से

बजार खुलेको १ घण्टा ४० मिनेटमा बजार परिसूचक नेप्से ६५.३२ अंकले घटेको छ ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

४४० भोल्टको झट्का आर्जु राणालाई, अदालतको आदेशले ‘रुनु न हाँस्नु’

परराष्ट्र मन्त्रालयले ‘मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनू’ भनिएको पत्र कार्यान्वयन नगर्न पनि अन्तरिम आदेश जारी गरेको छ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा : अहिलेको गठबन्धन माघ १२ गतेसम्म मात्र हो

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताएका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले राष्ट्रिय सभाको चुनावपछि गठबन्धन रहने/नरहने भन्ने विषयमा छलफल नभएको बताएका हुन् ।

ताजा समाचार

अब अफिस सकिएपछि कर्मचारीलाई फोन म्यासेज या इमेल गर्न नपाइने

काम सकिएर घर पुगिसेपछि या कतिपय अवस्थामा छुट्टीका बेला पनि अफिसबाट ‘बोस’ को फोन आउने प्रवृत्ति सबैतिर व्याप्त नै रहेको छ ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

धिरजसँग जोडी जम्ने सुहानाको विश्वास

सुहानाले धिरजसँग आफ्नो जोडी जम्न सक्ने आशा गरेकी छन् । सुहानाका बुबा सुनिलकुमार थापाले चलचित्र ‘भागवत गीता’ बनाउने संकेत गरिसकेका छन् ।

यस्तो छ कट्रिना-विक्कीको बिहे सेड्युल : १२० पाहुनालाई गुलाबको वर्षाले हुनेछ स्वागत !

बिहेको सुरक्षालाई कडा तुल्याइएको छ । पहिले सुरक्षा जाँच पोस्ट होटेलको ढोका र अर्कोचाहिँ उक्त भिलेजको प्रवेश द्वारमा बनाइएको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search