बुधबार, मंसिर २२, २०७८
बुधबार, मंसिर २२, २०७८
Viber Community
Nop Ads

ओली – नेपालले जारी गर्ने संयुक्त वक्तव्यको मस्यौदा तयार

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। सत्तारूढ दल एमालेको आन्तरिक विवाद समाधानका लागि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले जारी गर्ने संयुक्त वक्तव्यको मस्यौदा तयार भएको छ । वरिष्ठ नेता नेपालले यसअघि बनेको कार्यदल ब्युँताउनुपर्ने र कार्यदलबाट आएको धारणालाई स्वीकार गर्ने बताएपछि सोमवार साँझ अध्यक्ष ओलीले कार्यदल ब्युँताएका थिए ।

त्यसलगत्तै कार्यदलले मस्यौदा तयार गरी दुवै नेताहरूलाई इमेलमा पठाएको हो। सोमबार साँझ सिंहदरबारमा बसेको कार्यदलको बैठकले पार्टीको विवाद सकिएको र पार्टी एकढिक्का भएको सन्देश दिन दुई नेताको संयुक्त वक्तव्य आउनुपर्ने अपरिहार्यतालाई महसुस गर्दै त्यसको मस्यौदा दुवै नेतालाई इमेल गरिएको हो । सोमबार कार्यदल ब्युतिएसँग एमालेको विवाद समाधानोन्मुख भएको छ ।
यसअघि अध्यक्ष ओली पक्षबाट पाँच र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट पाँच गरी १० सदस्यीय कार्यदल बनाइए पनि दुईपटकभन्दा बढी बैठक नबसी निष्क्रिय भएको थियो । रामबहादुर थापाले राष्ट्रिय सभाको निर्वाचनमा पराजय भोगेपछि ओलीले कार्यदलको बैठक बस्न नदिई निष्क्रिय बनाएका थिए । जेठ ७ मा बस्ने भनिएको कार्यदल बैठक त्यसपछि बस्न सकेको थिएन । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन र कार्यदलमा रहेका भीम रावललगायतलाई कारबाही गरेपछि औपचारिक संवाद टुटेको थियो ।
नेपाल पक्षका २३ सांसदले विपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि कार्यदल कुनै पनि प्रकारको औपचारिक संवाद भएको थिएन । त्यसअघि कार्यदलको दुईपटकसम्म बैठक बसेको थियो । तर त्यो बैठकमा केही विषयमा पनि सहमति जुट्न सकेको थिएन ।
कार्यदल ब्युँतिएपछि सोमबार साँझ सिंहदरबारमा बसेको बैठकले यसअघि भएका अनौपचारिक छलफलमा उठेका विषयलाई आपसमा बुझ्ने र लिपिबद्ध गर्ने निर्णय गरेको छ । ‘अनौपचारिक संवादका क्रममा जे–जति प्रगति भएको छ, त्यसलाई लिपिबद्ध गर्ने र ओली–नेपाल दुवै नेतालाई त्यसबारे जानकारी दिएर अघि बढ्ने सहमति भएको छ,’ कार्यदलमा सहभागी पार्टीका सचिव गोकर्ण विष्टले बताए । उनका अनुसार अहिलेसम्म सबै विषय समेटिएकाले पार्टीको विवाद समाधानोन्मुख छ ।
आइतवार बिहान ओली पक्षका नेताहरूले नेपाललाई भेटेर पार्टीको विवाद मिलाउन र त्यसको अग्रसरता लिन आग्रह गरेका थिए । उनीहरूले दुवै नेतालाई भेटेर संयुक्त वक्तव्य दिनसमेत आग्रह गरेका थिए । जवाफमा नेपालले ओलीसँग तत्कालै भेटघाट गर्न अरूचि देखाएका थिए भने विवाद मिलाउने भए पुरानो कार्यदल ब्यँुताएर काम थाल्न आग्रह गरेका थिए । त्यसपछि आइतबार साँझ ओलीले भीम रावललाई बोलाएर छलफल गरेका थिए । छलफलमा ओलीले रावलसँग हस्ताक्षर फिर्ताको विषय उठाएको भए पनि रावलले त्यो सम्भव नभएको तर पार्टीभित्रको विवाद मिले अदालतको आदेशलाई कार्यान्वयन गरेर जाने विषयमा आफूहरू सकारात्मक रहेको बताएका थिए । त्यसक्रममा ओलीले आफ्नो पक्षका साथीहरूसँग कुराकानी गर्न पनि सुझाएका थिए ।
आइतवार साँझ ओलीसँग भेटघाट भएको त्यहाँ भएको विषयमा थप छलफल गर्न सोमबार बिहान रावल नेपाल निवास कोटेश्वर पुगेका थिए । नेपालसँगको छलफलपछि मात्रै कार्यदल ब्युँतिएर काम सुरु गरेको हो। सोमबारको कार्यदलमा यसअघि अनौपचारिक छलफलमा भएका विषयहरूलाई औपचारिकता दिने सर्वोच्च अदालतमा परेको रिट निवेदन र हस्ताक्षरबारे दुवै पक्ष मौन बस्ने त्यहाँबाट आएको आदेशलाई पार्टी हितमा कार्यान्वयन गर्ने र सहमति जुटाएपछि ओली–नेपाल भेटघाट गरी संयुक्त वक्तव्य दिने विषयमा छलफल भएको थियो ।
‘यसअघिकै छलफलमा ओली–नेपालको संयुक्त वक्तव्यको मस्यौदा तयार भएको छ । त्यसमा थप छलफल गर्नुपर्ने र सच्याउनुपर्ने भए मात्र भनेर हामीले कार्यदलका सबै सदस्य र दुई नेताहरूलाई मस्यौदा पठाएका छौं,’ यसअघि अनौपचारिक संवादमा रहेका एक नेताले भने। ती नेताका अनुसार ओलीले केन्द्रीय कमिटीको बैठक रोकेको भए सायद अहिलेसम्म दुई नेता भेटघाट भएर संयुक्त वक्तव्य पनि साइद आइसकेको हुन्थ्यो ।
गत बिहीबार राति ओली–नेपालबीच भएको टेलिफोन कुराकानी फलदायी नभएपछि शुक्रबार ओलीले केन्द्रीय कमिटीको बैठक अघि बढाए । सोही बैठकमा अध्यक्ष ओलीले नेपाल पक्षका नेताहरूलाई सोमवार साँझसम्म हस्ताक्षर फिर्ता नगरेर एमालेको सदस्य हुन नसक्ने भन्दै चेतावनीयुक्त भाषण मात्रै गरेनन्, सोमवारसम्म हस्ताक्षर फिर्ता गर्न परिपत्रसमेत जारी गरे। तर नेपाल पक्षका नेताहरूले पार्टीको आन्तरिक विवाद र सर्वोच्च अदालतमा परेको रिट निवेदन र त्यसमा गरिएको हस्ताक्षरको कुनै सम्बन्ध नभएकाले हस्ताक्षर फिर्ता नहुने र त्यो कुनै सर्त लागु नहुने भन्दै अडान कायमै राखे ।
नेपाल पक्षको सो अडानपछि शनिवार पुनः नेपाल र ओलीबीच टेलिफोन संवाद भएको थियो । सो संवादमा ओलीलाई नेपालले केन्द्रीय कमिटीको बैठक रोकेर कार्यदल ब्युँताएर काम गर्न आग्रह गरे पनि ओलीले मानेनन् । आइतवार ओली पक्षका नेताहरूले नेपालसँग कुराकानी गर्दा पनि कार्यदलले ल्याएको प्रस्तावलाई स्वीकार गर्नु नै वैधानिक बाटो भएको बताएपछि ओलीले बाध्य भएर सोमवार कार्यदल ब्युँताएका हुन् ।
कार्यदलमा ओली पक्षबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू प्रदीपकुमार ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने नेपाल पक्षबाट उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् । कार्यदलको बैठक मंगलवार १ बजे पुनः बस्ने भएको छ ।
एमाले अध्यक्ष ओलीले फागुन २८ गते आफूखुसी आफूनिकटका केन्द्रीय सदस्यहरूलाई मात्रै राखेर बनाएको महाधिवेशन आयोजक कमिटी खारेज भएर साबिकको केन्द्रीय कमिटी बैठक ब्युँताएका छन् । सो कमिटी ब्युताएसँग नेपाललगायत ११ नेतालाई गरिएको कारबाही पनि प्रभावहीन बनेको छ । केन्द्रीय कमिटी ब्युँताए पनि ओलीले पुनः विधि मिचेर बैठक राख्नेलगायत एकतर्फी कार्य गरेपछि नेपालले पक्षले सो बैठकमा सहभागिता जनाएको थिएन ।
यो समाचार आजको नागरिक दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

पौडेल पक्षले छान्यो साझा उम्मेदवार सार्वजनिक गर्ने भोलि

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।

माधव नेपाल: एमालेको अबौं सम्पति ओलीले खोसेर लगेका छन्

‘जोड्दै जाने हो भने कति अरब पुग्ने हो भौतिक सम्पती, नगदहरु पनि छन्,’ उनले भने,‘यी सबै खोसेर लगेका छन् उनीहरुले, कब्जा गरेका छन् तर पनि केहीबात छैन फेरि आर्जन गरौंला ।

‘प्राक्टिकल परीक्षा’को बहानामा नशालु पदार्थ खुवाएर १० कक्षाका १७ छात्राको स्कुलमै यौनशोषण

विधायकका अटवालका अनुसार पीडित परिवारले उनीसँग सम्पर्क गरेपछि उनले एसएसपी अभिषेक यादवसँग कुरा गरे र त्यसपछि जाँच सुरु गरियो ।

देउवा सरकारका यी मन्त्री दलबलसहित सुुटुुक्क भारत छिरेपछि…

देशको मन्त्री अर्को देश जानका लागि प्रधानमन्त्री कार्यालयमार्फत परराष्ट्र मन्त्रालयबाट अनुमति लिनुपर्छ तर मन्त्री यादवले त्यस्तो कुनै अनुमति नलिएको स्रोतले बतायो ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

एकै रातमा पाँच लाख होटेल बिल आएको भन्दै मन्त्री झाक्री चौतर्फी आलोचना, बास्तविकता यस्तो रहेछ

काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज परिसरभित्र रहेका प्रकृति रिसोर्टमा शुक्रबार साँझ अलि फरक दृष्य थियो ।

४४० भोल्टको झट्का आर्जु राणालाई, अदालतको आदेशले ‘रुनु न हाँस्नु’

परराष्ट्र मन्त्रालयले ‘मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनू’ भनिएको पत्र कार्यान्वयन नगर्न पनि अन्तरिम आदेश जारी गरेको छ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

ताजा समाचार

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको मकरु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने तयारी, प्राथमिकतामा यी हुन्

६ लाखमध्ये साढे तीन लाख आवेदक ट्रायल परीक्षा पास गरी लाइसेन्सको पर्खाइमा छन् । बाँकी तीन लाख आवेदकको परीक्षा भइरहेको छ । यस्तै, नयाँ १० लाखजनाले लाइसेन्सका लागि आवेदन दिएका छन् ।

अब स्कुलमै पाइने कक्षा १२ को प्रमाण पत्र

बोर्डले आफ्ना क्षेत्रीय कार्यालयबाट यसअघि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाण पत्र वितरण गर्दै आएको थियो।

पौडेल पक्षले छान्यो साझा उम्मेदवार सार्वजनिक गर्ने भोलि

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search