Viber Community
Nop Ads

निगमको निजीकरण प्रयासमा कर्मचारीको आपत्ति

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। नेपाल वायु सेवा निगमका कर्मचारीहरुले कुनै पनि हालतमा निगमलाई निजीकरण गर्न नदिने बताएका छन् । सरकारले निगमलाई निजीकरण गर्न खोजेपछि निगमका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । निगमको संचालक समितिले गत बिहीवार निगमलाई कम्पनी लैजाने गरी प्रस्तावित मोडल पर्यटन मन्त्रालय पु-याएको थियो । निगमको उक्त निर्णयसँगै कर्मचारीले आन्दोलन थालेका हुन् ।

‘‘हामी कुनै पनि हालतमा निगमलाई नीजिकरण हुन दिँदैनौँ,’’ निगम कर्मचारी संघका अध्यक्ष मानबहादुर कुँवरले लोकपथसँग भने । साथै निगमले गरेको प्रस्ताव फिर्ता नभएसम्म निरन्तर आन्दोलन गर्ने उनले बताए । प्रहरी प्रशासन लगाएर कर्मचारी दमन गर्न खोजिएको भन्दै कर्मचारीले आपत्ति जनाएका छन् । प्रहरीको घेरामा आफुहरुलाई वार्तामा बोलाइएको भन्दै त्यस्तो वार्ता स्वीकार्य नभएको अध्यक्ष कुँवरको भनाई भनाई छ । ‘‘प्रहरी लगाएर हामी वार्ता गर्न सक्दैनौँ,वार्ताका लागि शन्तिपूर्ण वातावरण चाहिन्छ,’’उनले भने । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलसँग भेट हुन नसकेकोले यस विषयमा ठोस कुराकानी हुन नसकेको अध्यक्ष कुँवरले बताए । साथै कर्मचारीले महाप्रबन्धक पौडेलले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् ।
गत बुधबार महाप्रबन्धक पौडेलले आन्दोलनरत कर्मचारीलाई वार्तामा बस्न आह्वान गरेका थिए । तर, नायब प्रबन्धक गणेशबहादुर चन्दको संयोजकत्वमा वार्ता आह्वान गरेपछि वार्तामा बस्न तयार छैनन् । कर्मचारीले पर्यटन मन्त्रालय वा सचिवसँग मात्रै वार्तामा बस्ने जनाएका छन् । ‘‘हामी मन्त्रालय वा सचिव ज्यूसँग मात्रै वार्तामा बस्छौँ,’’संघका उपाध्यक्ष भानु कटवालले भने,“ निगमलाई नीजिकरण गर्न ल्याइएको प्रस्तावप्रति हाम्रो घोर आपत्ति छ ।”
कर्मचारीहरुले महाप्रवन्धक पौडेलको कार्यकक्षमा तालाबन्दी गर्नुका साथै बिजुली तथा इन्टरनेट समेत काटिदिएका छन् । प्रहरीले महाप्रबन्धकका कार्यकक्ष भने खोलेको छ । तर बत्ती र इन्टरनेट नभएका कारण उनले काम गर्न पाएका छैनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45

सम्बन्धित समाचार

अर्को हप्तादेखि काठमाडौंका तीनै प्रशासन कार्यालयबाट ई-पासपोर्ट

सरकारले अर्को साताबाट काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयबाट विद्युतीय राहदानी (ई-पासपोर्ट) वितरण थाल्ने भएको छ ।

सामलिङ पावर, न्यादी हाइड्रोपावर र तेह्रथुम पावरका लगानीकर्ता भए मालामाल

साताको तेस्रो कारोबार दिन सामलिङ पावर र न्यादी हाइड्रोपावरको सेयर मूल्यमा उछाल आएको छ ।

सामलिङ पावर कम्पनीको सर्किट लेबलमा कारोबार

मंगलबार सामलिङ पावर कम्पनीको शेयरमूल्य उच्च दरले बढेको छ । कारोबारको चौथो दिन कम्पनीको शेयरमूल्य उच्च दरले बढेको हो ।

हार्डवेयर गोदाममा आगलागी सिन्धुलीको, करोडौंको क्षति

सिन्धुलीको कमलामाई नगरपालिका–६ रातामाटास्थित एक हार्डवेयर गोदाममा आगलागी हुँदा करोडौंको नोक्सानी भएको छ ।

महुली सामुदायिक लघुवित्तको शेयरमूल्यमा गिरावट

साताको तेस्रो कारोबार दिन मंगलबार महुली सामुदायिक लघुवित्तको शेयरमूल्यमा उच्च गिरावट आएको छ ।

गरिमा विकास बैंकले बिहीबारदेखि १ अर्बको ऋणपत्र निष्काशन गर्दै, ब्याजदर कति ?

गरिमा विकास बैंक लिमिटेडले मंसिर १६ गते बिहीबारदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले वार्षिक ८ दशमलव ७५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको हो।

ट्रेन्डिङ समाचार

‘नैतिक जीत’ भीम रावलको

नेकपा एमालेको महाधिवेशनमा भीम रावलले हार्ने जान्दा जान्दै अध्यक्षमा उम्मेदवारी दिए । मतदान सकिएपछि प्रफुल्लित मुद्रामा आफू जितेजसरी प्रस्तुत भए ।

ओलीले सपथ खाए र केन्द्रीय सदस्यलाई खुवाए तर रावल उठेनन्

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । पार्टीको महाधिवेशनस्थल सौराहामा आयोजित कार्यक्रममा उनले सपथ खाएका हुन् ।

भेटेरै डा. भीम रावलले दिए अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीलाई बधाई

अध्यक्षको प्रतिस्पर्धामा हारेका नेता रावल अध्यक्ष ओलीसँगैको कुर्सीमा बसेर ओलीसँग भलाकुसारी गरिरहेका छन्।

ओलीसँग अन्तिमसम्म किन भिडिरहे रावल ?

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन।

ओलीलाई टक्कर दिइरहेका भीम रावलमाथि गम्भीर षडयन्त्र, के होला अब ?

एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार भीम रावलमाथि गम्भीर षडयन्त्र भएको खबर छ । ओलीलाई टक्कर दिइरहेका रावल प्यानल सूची वितरण भएकोमा आपत्ति जनाएका छन् ।

रेनु दाहाल: “बाहिरबाट दुई हजार मानिस ल्याएर नाच्दैमा चितवनमा प्रचण्डलाई फरक पर्दैन”

नेकपा माओवादी केन्द्र भरतपुर महानगर कमिटी इन्चार्ज रेनु दाहालले चितवनमा कसैले शक्ति प्रदर्शन गर्दैमा पार्टीका अध्यक्ष पुष्पकमल दा¥हाल प्रचण्डलाई केही फरक नपर्ने बताएकी छन् ।

ताजा समाचार

निर्देशन ओलीको : सके बिर्स, नसके क्षमा गर

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमत ल्याउने गरी कार्यकर्ता एकीकरण अभियान सञ्चालन गर्ने बताएका छन् ।

एमाले नेतालाई सभ्य र सरल हुन ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी ओलीले घमन्डी र अहंकारी नेता नहुने बताएका छन् । एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका ओलीले शपथग्रहण समारोहमा बोल्दै नेताहरू जनताको सेवक भएको बताए । उनले सबै नेतालाई सभ्य र सरल हुन आग्रह गरेका छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आजको राशिफल बि.सं. २०७८ साल मंसिर १५ गते बुधवार ई.सं.२०२१ डिसेम्बर १ नेपाल सम्बत ११४१ कछलागा मार्ग कृष्ण द्धादशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग कृष्ण द्धादशी तिथी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, सौभाग्य योग, कौलव करण ।

भीम रावलले देखाए उच्च राजनीतिक संस्कार, ओलीकै खास मान्छेहरुले समेत गर्न थाले मुक्तकण्ठले प्रशंसा !

नेकपा एमालेको आगामी नेतृत्वमा केपी शर्मा ओलीसँग पराजित भीम रावलले उच्च राजनीतिक संस्कार देखाएका छन् । रावलको कदमको ओली पक्षका नेताकार्यकर्ता समेत खुलेर प्रशंसा गरेका छन् । रावल ओलीसँगै मञ्चमा देखिएका हुुन्।

भीम रावलले जाँदाजाँदै भने : अब के गर्ने, भोलीदेखि सोचौंला !

एमालेमा अध्यक्ष पदका प्रत्याशी भएर पराजित बनेका भीम रावलले केन्द्रीय सदस्य बस्न अस्वीकार गरेका छन् । मत परिणाम आउनु अगाडि नै उनले आफू अध्यक्ष हारेमा पार्टीका कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका थिए ।

३३ जना प्रतिनिधिले गरे केपी ओली र भीम रावललाई बहिस्कार !

एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावल दुवैलाई ३३ जना प्रतिनिधिले भोट नहालेर बहिस्कार गरेका छन ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search