कारवाही हुन सक्ने इङ्ल्यान्ड माथि

प्रकाशित:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। युरोपियन फुटबलको सर्वोच्च निकाय ‘युईएफए’ले इङ्ल्यान्ड माथि छानबिन प्रक्रिया अगाडि बढाएको छ।

इङ्ल्यान्डको राजधानी वेम्बली मैदानमा सम्पन्न युरो कप २०२० को सेमी फाइनल खेलमा इङ्ल्यान्डले डेनमार्कसँग प्रतिस्पर्धा गरेको थियो। सो खेलमा इंग्लिश समर्थकले खेलको ‘भावना विपरित’ कार्यहरू गरेको भन्दै ‘युईएफए’ले छानबिन प्रक्रिया अगाडि बढाएको हो।

खेलमा इंग्लिश कप्तान ह्यारी केनले पेनाल्टी मार्फत गोल गर्दा इङ्ल्यान्डले डेनमार्कलाई २-१ गोलले पराजित गरेको थियो। सो पेनाल्टी प्रहार गर्ने क्रममा ड्यानिश गोलरक्षक कास्पर स्माइकलको आँखामा समर्थकहरुले ‘हरियो लेजर लाइट’ देखाएका थिए।

त्यसको बावजुद स्माइकलले केनको पेनाल्टी बचाउ गरेका थिए। तर रिबाउन्डमा केनले सो बललाई गोलमा परिणत गरेका थिए। ‘युईएफए’ले सो ‘लेजर लाइट’को विषयमा इङ्ल्यान्ड फुटबल एसोसिएसन माथि छानबिन प्रक्रिया शुरू गरेको हो।

त्यस्तै वेम्बलीमा डेनमार्कको राष्ट्रिय गानको दौरान होहल्ला भएको विषय र समर्थकले आतिशबाजी गरेको विषयमा पनि ‘युईएफए’ले छानबिन शुरु गरेको छ। यी छानबिनमा इंग्लिश समर्थक दोषी पाइएको खण्डमा इंग्लिश ‘एफए’ माथि ठूलो कारवाही हुने ‘युईएफए’ले बताएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinepatrika@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार

X