spot_img

अर्जेन्टिनाले जित्यो कोपा अमेरिका २८ वर्षपछि

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। ४७ औं संस्करणको कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ। माराकाना स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा साविक विजेता ब्राजिललाई १ – ० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो।

अर्जेन्टिनाको जितमा एन्जिल डि मारियाले निर्णायक गोल गरे। पहिलो हाफको २२ औं मिनेटमा गोल गर्दै डि मारियाले अर्जेन्टिनालाई महत्वपूर्ण सुरुवाती अग्रता दिलाएका थिए।

रोड्रिगो डि पउलले उपलब्ध गराएको लङ पासमा गोल गर्दै डि मारियाले महत्वपूर्ण अग्रता दिलाएका थिए। उक्त गोल नै अर्जेन्टिनालाई जित दिलाउन निर्णायक बन्यो। दोस्रो हाफको ५३ औं मिनेटमा रिचार्लिसनले गोल गरेका थिए। तर, उक्त गोलले मान्यता पाएन।

अर्जेन्टिनाले २८ वर्ष लामो उपाधिको खडेरीलाई तोड्दै १५ औं पटक कोपा अमेरिकाको उपाधि उचालेको हो। सन् १९९३ मा कोपा अमेरिकको उपाधि जिते पश्चातको २८ वर्षसम्म अर्जेन्टिनाले कुनै पनि ठुलो उपाधि उचाल्न सकेको थिएन।

यस्तै महान खेलाडी तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले आफ्नो देशलाई पहिलो उपाधि दिलाएका छन। ३४ वर्षिया मेस्सीले यसभन्दा अघि आफ्नो देशका लागि नभएर क्लब फुटबलको लागि मात्रै खेल्ने गरेको आलोचना सहनु परेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार