सोमवार, मंसिर १३, २०७८
spot_img

यी २ तरिकाले भात पकाएमा मोटोपन घट्छ, यो टिप्स उपयोगी हुनसक्छ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

bhaat

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। अहिले धेरैले आफ्नो मेनुबाट चामल (भात) कटौती गरेका छन् । चामल सेवनले शरीरमा अतिरिक्त क्यालोरी जम्मा हुन्छ । त्यो मोटोपनको कारण बन्न सक्छ । मोटोपनले मधुमेह, उच्च रक्तचाप बढाउन सक्छ । धेरैको धारणा यहि छ । यद्यपी चामल पकाउने विधी थाहा भयो भने, त्यसमा रहेको क्यालोरी कम गर्न सकिन्छ । खासगरी मोटोपनको भय भएका र चामल पनि सेवन गर्न रुचाउनेहरुका लागि यो टिप्स उपयोगी हुनसक्छ ।

बिधी- १ : यो तरिका एकदमै सामान्य छ । सामान्यतः घरमा भात पकाइरहेको बेला यसको प्रयोग गर्न सकिन्छ । यसका लागि चामललाई कुकरमा होइन, अर्को भाँडमा पकाउनुपर्ने हुन्छ ।

चामल उमाल्दा सामान्यभन्दा बढी पानी हाल्नुपर्छ । जब चामल उम्लन थाल्छ, तब त्यसको माड निकाल्नुपर्छ । अब चामलमा पानी निथि्रएपछि त्यसमा एउटा कागती निचोरेर त्यसको रस लगाउन सकिन्छ । यसले चामलको क्यालोरी कम हुन्छ । साथै, यो स्वस्थ्यकर पनि हुन्छ । कागतीले गर्दा भिटामिन सि समेत प्राप्त हुन्छ ।

विधी- २ : यो तरिका अलि भिन्न छ र अनौठो लाग्न पनि सक्छ । किनभने यसका लागि नरिवलको तेल आवश्यक हुन्छ । नरिवलको तेलमा चामल पकाउनुपर्छ । विधी- १ मा जस्तै यसमा पनि चामल उमालेको समयमा नरिवलको तेल हाल्नुपर्छ । अब चामल उमालेको लगभग १० घण्टा फ्रिजमा राख्नुपर्छ । त्यसपछि यसलाई सेवन गर्न सकिन्छ ।

नरिवल तेलमा रहेको हेल्दी वोसोले स्वास्थ्यमा फाइदा गर्छ । साथै यस क्रममा चामलको रासयनिक संरचनामा हुने परिवर्तनले क्यालोरी पनि कम गर्छ । यो विधीबाट चामलको १० देखि ५० प्रतिशतसम्म क्यालोरी कम गर्न सकिन्छ ।

चामल सेवन गर्नुको फाइदा : १. प्रतिदिन भोजनमा चामल सामेल गर्दा शरीरमा कम्प्लेक्स, कार्बोहाइड्रेट र भिटामिन- बि मिल्छ । २. चामल पचाउन सहज हुन्छ । यसले पखला र अपच हुने भय हुादैन । ३. पिसाब सम्बन्धी समस्या छ भने चामलको पीठोमा सोडा र चिनी मिसाएर पिउनुपर्छ, पिसाबको समस्या हट्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार