बुधबार, मंसिर २२, २०७८
बुधबार, मंसिर २२, २०७८
Viber Community
Nop Ads

कहिलै मुख धुँदा नगर्नुहोस् यी गल्ती, नत्र यस्ता बिबिरा अनुहारमा देखिन्छन्

Viber Community

नेपाल अनलाइन पत्रिका


नेपाल अन्लाईन पत्रिका – काठमाडौं। मुख धुने काम भनेको एकदमै सजिलो काम हो, तर सजिलै काम गर्दा पनि विशेष ध्यान पुर्याउन सकिएन भने त्यसैले विभिन्न किसिमका नकारात्मक समस्याहरू ल्याउन सक्छ, डण्डिफोर आउने, छाला चिलाउने, छाला फुस्रो हुने, आदि ।
फेरि यो डण्डिफोर भनेको यस्तो समस्या हो जुन हाम्रो प्रतिरक्षा शक्तिको कारण पैदा हुन्छ। मतलब छालामा भएका सुक्ष्म प्वालहरूमा विभिन्न किसिमका फोहोर अनि ब्याक्टेरियाहरू टाल्लिएर बसेका हुन्छन्, जसले गर्दा सङ्क्रमण हुन थाल्दछ।
त्यसपछि हाम्रो प्रतिरक्षा प्रणालीको मूख्य अङ्ग ‘सेतो रक्तकोष’ले ती सबै सङ्क्रमित कोषहरूलाई एकै ठाउँमा जम्मा गरेर डण्डिफोरको रूपमा बाहिर पठाउने गर्दछ।
भनेपछि यसको मूल कारण के रहेछ त भन्दा, हाम्रो छालामा भएका स(साना प्वालहरू टाल्लिनु। अनि हामीले मुख धुँदा विचार पुर्याएनौँ भने यो समस्यामा झन् झन् वृद्धि हुँदै जान्छ। मुख धुँदा तपाईँले के-कस्ता गल्तीहरू गर्नुहुन्छ त ?
१. जुन पायो त्यहि साबुनको प्रयोग गल्तीः खासमा भन्ने हो भने, अनुहार धुँदा साबुनको प्रयोग गर्नु राम्रो होइन। फेरि सबै साबुन एकै किसिमका पनि हुँदैनन्। अधिकांश साबुनमा हाम्रो छालामा रहेका फाइदाजनक ब्याक्टेरियाहरूलाई मार्ने खालका रसायनहरू मिसाइएका हुन्छन्, जसले गर्दा मुहारको छालामा एलर्जी हुने, चिलाउने, फुस्रो हुने समस्या देखा पर्दछ।
गर्ने के तः त्यसैले मुख धुँदा सफा पानीले मात्रै धुनु उचित हुन्छ। यदि साबुन नै प्रयोग गर्नुहुन्छ भने एण्टिब्याक्टेरियल साबुनको मात्रै प्रयोग गर्नुपर्दछ।
२. हात नै नधोइ अनुहार छुनु गल्तीः राति सुत्दा हाम्रो हत्केलामा अनेकौँ प्रकारले फोहोर टाँस्सिन्छन्। अनि दिउँसो भरि यताउता काम गर्दा पनि हातमा फोहोर लागेको हुन्छ।
त्यसपछि अनुहार धुने बेलामा हातले सिधै अनुहारलाई छुने गल्ती गर्छौँ। यसो गर्दा हत्केलामा टाँस्सिएका फोहोर र ब्याक्टेरिया अनुहारमा सर्दछ र झन् बरबाद हुन जान्छ।
गर्ने के तः त्यसैले एकैचोटि अनुहार पखाल्नुभन्दा पहिला हातलाई राम्रोसँग पखाल्नुहोस् अनि बल्ल अनुहार सफा गर्न लाग्नुहोस्।
३. फोहोर तौलियाको प्रयोग गल्तीः ठीकै छ ल, मुख धुँदा सबै विधि पुर्याएर धुनुभयो, अब तपाईँले गर्ने गल्ती भनेको के हो थाहा छरु फोहोर तौलियाले अनुहार पुछ्ने ! बरु नपुछ्नुस्, त्यत्तिकै सुक्न दिनुस्, तर फोहोर लुगाले पुछ्ने काम नगर्नुहोस्।
ल त्यो पनि ठीकै छ, तौलिया सफा नै छ, अब अधिकांशले के गर्छन् भन्दा तौलियाले जथाभावी अनुहारमा रगड्न थाल्छन्। के सिसा पुछेको हो ?
गर्ने के तः अनुहार भनेको तपाईँको सुन्दरता अनि व्यक्तित्वको पहिचान गराउने महत्वपूर्ण अङ्ग हो। त्यसैले यसको विशेष ख्याल गर्नुपर्दछ। सफा तौलियाले हलुकासँग नरगडि पुछ्नुपर्दछ।
४. तातो पानीको प्रयोग गल्तीः विशेष गरी जाडो मौसममा मानिसहरू चिसो पानी छुन डराउँछन्। अनि नुहाउँदा, मुख धुँदा तातोमनतातो पानीको प्रयोग गर्छन्।
तर उनीहरूले यो विचार गर्दैनन् कि, तातो पानीले अनुहारको चिल्लोपना हटाउँदछ र राम्रा ब्याक्टेरियाहरूलाई नष्ट गरिदिन्छ, जसले गर्दा अनुहार फुस्रो हुने, एलर्जी हुने हुन्छ।
गर्ने के तः सकेसम्म चिसो अनि सफा पानीले नै अनुहार पखाल्नु आवश्यक हुन्छ। यदि अत्ति नै जाडो भएमा धेरै तातो होइन, हलुका मनतातो बनाएर धुनुपर्दछ।
५. दिनको एकचोटि मात्रै अथवा धेरै चोटि धुने गल्तीः चिनी थोरै भए मिठो हुँदैन भने धेरै भए तितो हुन्छ। मुख धुने काम पनि यस्तै हो। अधिकांशले विहान उठेर मुख धुन्छन् अनि दिनभरी काम गरेर बेलुका मुख धुन बिर्सन्छन्। फेरि कोहि-कोहि यस्ता पनि हुन्छन्, जसलाई घण्टै पिच्छे मुख धोइराख्नुपर्ने हुन्छ। यी दुवै काम फिटिक्कै गर्नुहुँदैन।
गर्ने के तः राति सुत्दा सिरानी अथवा सिरकबाट अनुहारमा लागेको फोहोरमैलालाई त विहान धोइन्छ। अनि दिनभरी धुँवा धूलोमा हिँडेपछि पनि त अनुहारमा फोहोर टाँस्सिएको हुन्छ ।
त्यसैले बेलुकी पनि एकचोटि अनुहार धुनु अनिवार्य हुन्छ। तर धेरै चोटि मुख धोइराख्नु पनि नराम्रो बानी हो। अत्ति नै भएमा, दिउँसो एकचोटि धुँदा पनि केहि फरक पर्दैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

के कारण बच्चा गर्भमै तेस्रो लिङ्गी बन्छ ?

हाम्रो समाजमा तेस्रोलिङ्गीलाई हेर्ने नजर सागुँरो छ । तेस्रोलिङ्गीहरु समाजमा खुलेर बाहिर आउन अझैं हिचकिचाउ छन् ।

खुशीको खबरः बेलायती वैज्ञानिकले पत्ता लगाए ओमिक्रोन भेरियन्टको औषधि!

एक बेलायती वैज्ञानिकले ओमिक्रोन भेरियन्टको बारेमा ठूलो दाबी गरेका छन् जसले विश्वलाई आतंकमा पारेको छ।

२० वर्षे युवती ७७ वर्षिय वृद्धसँगको प्रेममा – डेटिङ एप देखि सुरु भएको चिनजान बिहेसम्म पग्यो

अचम्मको कुरा त यो छ कि उनीहरु अहिलेसम्म आमुनेसामुन्ने भेट भएका छैनन् । उनीहरुले एक अर्कालाई अलाईनमा मात्र देखेका छन् ।

२१ वर्षकी युवतीलाई आफ्नो चिहान आफैं खन्न बाध्य पारियो, त्यसपछि गोली हानेर त्यही खाल्डोमा गाडियो

उनका साथीहरुका अनुसार पार्टीबाट निस्किएपछि उनीहरुले पीडितलाई देखेका थिएनन् । पुलिसका अनुसार अमान्डाले आरोपीमध्येका एकलाई बन्दुकसहित देखेकी थिइन् ।

अब अफिस सकिएपछि कर्मचारीलाई फोन म्यासेज या इमेल गर्न नपाइने

काम सकिएर घर पुगिसेपछि या कतिपय अवस्थामा छुट्टीका बेला पनि अफिसबाट ‘बोस’ को फोन आउने प्रवृत्ति सबैतिर व्याप्त नै रहेको छ ।

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

एकै रातमा पाँच लाख होटेल बिल आएको भन्दै मन्त्री झाक्री चौतर्फी आलोचना, बास्तविकता यस्तो रहेछ

काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज परिसरभित्र रहेका प्रकृति रिसोर्टमा शुक्रबार साँझ अलि फरक दृष्य थियो ।

आजै अर्थमन्त्री जनार्दनले यस्तो घातक कदम चाले, देश नै धरापमा पर्यो !

नेपालमा हेजिङ गरिएको जलविद्युत् आयोजना कोरियन लगानीको माथिल्लो त्रिशुली १ (२१६ मेगावाट) मात्र हो । अघिल्लो नियमावली, २०७५ अनुसार १० वर्षका लागि माथिल्लो त्रिशुली १ को हेजिङ शुल्क प्रतिमेगावाट ८ करोड रुपैयाँ परेको देखिन्छ ।

भाजपा, एमाले, राप्रपा र राजाको अघोषित गठबन्धन, यस्तो गम्भिर सूचना कसरी बाहिरियो

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको सत्तारुढ भारतीय जनता पार्टी, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित पूर्वराजा ज्ञानेन्द्र शाहको अघोषित गठबन्धन भएको निष्कर्ष निकालेका छन् । उनले यो गठबन्ध देशमा धर्मनीरपेक्षता र गणतन्त्रविरुद्ध बनेको समेत उल्लेख गरेका छन् ।

ताजा समाचार

के तपाईं परदेशबाट नेपालमा पैसा पठाउदै हुनुहुन्छ भने आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ हेर्नुहोस्

नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज वि.सं २०७८ मंसिर २२ बुधबारका लागि अमेरीकि डलरको खरिददर १२० रुपैया ४१ पैशा तोकेको छ ।

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको मकरु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने तयारी, प्राथमिकतामा यी हुन्

६ लाखमध्ये साढे तीन लाख आवेदक ट्रायल परीक्षा पास गरी लाइसेन्सको पर्खाइमा छन् । बाँकी तीन लाख आवेदकको परीक्षा भइरहेको छ । यस्तै, नयाँ १० लाखजनाले लाइसेन्सका लागि आवेदन दिएका छन् ।

अब स्कुलमै पाइने कक्षा १२ को प्रमाण पत्र

बोर्डले आफ्ना क्षेत्रीय कार्यालयबाट यसअघि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाण पत्र वितरण गर्दै आएको थियो।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search