वेस्ट इन्डिज विजयी क्रिस गेल चम्किँदा , अस्ट्रेलिया माथि सिरिज कब्जा

प्रकाशित:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। वेस्ट इन्डिज भ्रमणमा रहेको अस्ट्रेलियाले पाँच टी-ट्वेन्टी खेलको शृंखलामा दुई खेल अगावै पराजय भोगेको छ। ‘ग्रोस इसलेट’मा सोमवार सम्पन्न तेस्रो टी-ट्वेन्टी खेलमा घरेलु टोली वेस्ट इन्डिजले ६ विकेटले जित दर्ता गर्दै सिरिजमा ३-० को अग्रता लिएको छ। टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले फेरि खराब ब्याटिङ गरेको थियो। ***भिडियो हेर्न तल क्लिक गर्नु ***

निर्धारित २० ओभरमा अस्ट्रेलियाले ६ विकेट गुमाउँदै १४१ रनको योगफल तयार गरेको थियो। अस्ट्रेलियाका लागि ओपनर म्याथ्यु वेडले २३ रन बनाए भने कप्तान आरोन फिन्चले ३० रनको योगदान दिएका थिए। त्यस्तै अल राउन्डर मोइसेस हेनरिकेसले सर्वाधिक ३३ रनको पारी खेलेका थिए।

जवाफी ब्याटिङमा १४२ रनको सामान्य लक्ष्य बोकेर क्रिजमा उत्रेको वेस्ट इन्डिजले १४५ ओभरमा मात्र ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। वेस्ट इन्डिजका लागि भेट्रान ब्याट्सम्यान क्रिस गेलले सर्वाधिक ६७ रनको अर्धशतकिय पारी खेल्दा कप्तान निकोलस पुरणले अविजित ३२ रनको योगदान दिएका थिए।

खेलमा क्रिस गेल ‘म्यान अफ दि म्याच’ घोषित भए। यस जितसँगै वेस्ट इन्डिजले पाँच खेलको शृंखलामा ३-० को अग्रता लिएको छ। त्यस्तै दुई खेल अगावै वेस्ट इन्डिजले सिरिज पनि आफ्नो पक्षमा पारिसकेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinepatrika@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार

X